Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार जिल्ला प्रहरी कार्यालय पर्सा वीरगंज महानगरपालिका जिल्ला प्रशासन कार्यालय नेशनल मेडिकल कलेज वीरगंज भन्सार कार्यालय नेकपा एमाले
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

तीन महिनादेखि वडा सेवा ठप्पः पर्सागढी–६ का स्थानीयद्वारा नगरपालिकालाई ७ दिने अल्टिमेटम

वडा नं. ६ कार्यालयबाट विगत तीन महिनाभन्दा बढी समयदेखि सामाजिक सुरक्षा भत्ता वितरण, जन्म, मृत्यु, विवाह तथा बसाइँसराइ दर्ता, नागरिकता तथा व्यवसाय सिफारिस, विभिन्न प्रमाणपत्रलगायतका अत्यावश्यक प्रशासनिक सेवा प्रभावकारी रूपमा सञ्चालन हुन नसक्दा स्थानीयवासीले गम्भीर सास्ती व्यहोर्नुपरेको गुनासो गरिएको छ ।

वीरगंज टाइम्स
वीरगंज टाइम्स
साउन ११, २०८३
तीन महिनादेखि वडा सेवा ठप्पः पर्सागढी–६ का स्थानीयद्वारा नगरपालिकालाई ७ दिने अल्टिमेटम

वीरगंज (पर्सा), ११ साउन । पर्सागढी नगरपालिका–६ को वडा कार्यालयबाट करिब तीन महिनादेखि अत्यावश्यक सार्वजनिक सेवा नियमित रूपमा सञ्चालन हुन नसकेको भन्दै सर्वपक्षीय प्रतिनिधि, बुद्धिजीवी, समाजसेवी तथा स्थानीय नागरिकहरूले नगरपालिकालाई सात दिने अल्टिमेटम दिएका छन् । सेवा तत्काल सुचारु नगरे कानुनी उपचारसहित चरणबद्ध आन्दोलनमा उत्रिने चेतावनी पनि उनीहरूले दिएका छन् ।

श्रावण ६ गते चैनपुरमा सम्पन्न सर्वपक्षीय, बुद्धिजीवी तथा स्थानीय नागरिकहरूको वडा भेलाले सर्वसम्मत रूपमा गरेको निर्णयअनुसार सोमबार नगर प्रमुख गोकर्ण पाठकलाई ज्ञापनपत्र बुझाइएको हो । ज्ञापनपत्रमा नेपालको संविधानले सुनिश्चित गरेको सम्मानपूर्वक बाँच्न पाउने अधिकार, समानताको हक, स्वास्थ्य तथा आधारभूत सेवामा पहुँचको अधिकार र स्थानीय सरकार सञ्चालन ऐन, २०७४ तथा सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन, २०६४ ले स्थानीय तहलाई नागरिकलाई सहज, नियमित र प्रभावकारी सेवा उपलब्ध गराउने स्पष्ट जिम्मेवारी दिएको उल्लेख गरिएको छ ।

तर वडा नं. ६ कार्यालयबाट विगत तीन महिनाभन्दा बढी समयदेखि सामाजिक सुरक्षा भत्ता वितरण, जन्म, मृत्यु, विवाह तथा बसाइँसराइ दर्ता, नागरिकता तथा व्यवसाय सिफारिस, विभिन्न प्रमाणपत्रलगायतका अत्यावश्यक प्रशासनिक सेवा प्रभावकारी रूपमा सञ्चालन हुन नसक्दा स्थानीयवासीले गम्भीर सास्ती व्यहोर्नुपरेको गुनासो गरिएको छ । सामान्य सेवा लिनसमेत पटक–पटक कार्यालय धाउनुपरेको, जसका कारण नागरिकले आर्थिक, सामाजिक तथा मानसिक रूपमा अनावश्यक भार बेहोर्नुपरेको ज्ञापनपत्रमा उल्लेख छ ।

स्थानीयवासीले वडा कार्यालयबाट प्रवाह हुने सम्पूर्ण सेवा तत्काल नियमित गर्न, आवश्यक कर्मचारी तथा प्रशासनिक व्यवस्थापन मिलाउन, सेवा अवरुद्ध हुनुको कारणबारे निष्पक्ष छानबिन गरी जिम्मेवार व्यक्ति वा निकायमाथि कानुनअनुसार कारबाही गर्न तथा जनप्रतिनिधि र कर्मचारीबीच प्रभावकारी समन्वय कायम गरी नागरिक बडापत्रअनुसार समयमै सेवा सुनिश्चित गर्न माग गरेका छन् । ज्ञापनपत्रमा सात दिनभित्र सेवा नियमित गर्ने निर्णय र त्यसको कार्यान्वयन प्रक्रिया सुरु गर्न नगरपालिकासँग आग्रह गरिएको छ ।

तोकिएको अवधिभित्र माग सम्बोधन नभए नागरिकको संवैधानिक अधिकारको संरक्षणका लागि सम्बन्धित निकाय र अदालतसम्म पुग्ने तथा चरणबद्ध आन्दोलनका कार्यक्रम घोषणा गर्न बाध्य हुने चेतावनीसमेत दिइएको छ । नगर प्रमुख गोकर्ण पाठकलाई ज्ञापनपत्र बुझाउने कार्यक्रममा पर्सागढी नगरपालिकाका पूर्वमेयर लोकनारायण यादव, प्रमुख प्रशासकीय अधिकृत राजु साह, सर्वपक्षीय प्रतिनिधि, बुद्धिजीवी, समाजसेवी तथा स्थानीय नागरिकहरूको उल्लेखनीय सहभागिता रहेको थियो ।

Tags: पर्सागढी नगरपालिका
वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

वीरगंजमा बहस र वक्तृत्व प्रतिभाको खोजी, २० विद्यार्थी दोस्रो चरणका लागि छनोट

वीरगंजमा बहस र वक्तृत्व प्रतिभाको खोजी, २० विद्यार्थी दोस्रो चरणका लागि छनोट

साउन ११, २०८३
नारायणी अस्पताल घटनामा दोषीमाथि कारबाही गर्न स्वास्थ्य मन्त्रालयको निर्देशन

नारायणी अस्पताल घटनामा दोषीमाथि कारबाही गर्न स्वास्थ्य मन्त्रालयको निर्देशन

साउन ११, २०८३
तीन महिनादेखि वडा सेवा ठप्पः पर्सागढी–६ का स्थानीयद्वारा नगरपालिकालाई ७ दिने अल्टिमेटम

तीन महिनादेखि वडा सेवा ठप्पः पर्सागढी–६ का स्थानीयद्वारा नगरपालिकालाई ७ दिने अल्टिमेटम

साउन ११, २०८३
लक्ष्मी सिलवाल मृत्यु प्रकरणः निष्पक्ष छानबिनको माग गर्दै विरोध प्रदर्शन, परिवारद्वारा हत्याको आरोप

लक्ष्मी सिलवाल मृत्यु प्रकरणः निष्पक्ष छानबिनको माग गर्दै विरोध प्रदर्शन, परिवारद्वारा हत्याको आरोप

साउन ११, २०८३

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि