Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार जिल्ला प्रहरी कार्यालय पर्सा वीरगंज महानगरपालिका जिल्ला प्रशासन कार्यालय नेशनल मेडिकल कलेज वीरगंज भन्सार कार्यालय नेकपा एमाले
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

लक्ष्मी सिलवाल मृत्यु प्रकरणः निष्पक्ष छानबिनको माग गर्दै विरोध प्रदर्शन, परिवारद्वारा हत्याको आरोप

ठोरी गाउँपालिका–३, रामनगर माइती भएकी दुई सन्तानकी आमा लक्ष्मी गत शुक्रबार आफ्नै घरछेउको गोठमा झुण्डिएको अवस्थामा मृत फेला परेकी थिइन् । तर उनको शव झुण्ड्याएर आत्महत्याको रूप दिन खोजिएको भन्दै परिवारजनले घटनाप्रति गम्भीर आशंका व्यक्त गरेका छन् ।

वीरगंज टाइम्स
वीरगंज टाइम्स
साउन ११, २०८३
लक्ष्मी सिलवाल मृत्यु प्रकरणः निष्पक्ष छानबिनको माग गर्दै विरोध प्रदर्शन, परिवारद्वारा हत्याको आरोप

वीरगंज (पर्सा), ११ साउन । पर्साको सखुवा प्रसौनी गाउँपालिका–१, सिद्धपुरमा मृत अवस्थामा फेला परेकी ३७ वर्षीया लक्ष्मी खड्का सिलवालको मृत्यु शंकास्पद रहेको भन्दै उनका माइती पक्षले निष्पक्ष छानबिन र दोषीमाथि कडा कानुनी कारबाहीको माग गर्दै सोमबार वीरगंजमा प्रदर्शन गरेका छन् । माइती पक्षले घटनालाई आत्महत्या नभई योजनाबद्ध हत्या भएको दाबी गरेको छ ।

पर्साकै ठोरी गाउँपालिका–३, रामनगर माइती भएकी दुई सन्तानकी आमा लक्ष्मी गत शुक्रबार आफ्नै घरछेउको गोठमा झुण्डिएको अवस्थामा मृत फेला परेकी थिइन् । तर उनको शव झुण्ड्याएर आत्महत्याको रूप दिन खोजिएको भन्दै परिवारजनले घटनाप्रति गम्भीर आशंका व्यक्त गरेका छन् । पोस्टमार्टमपछि मृतकको शव चार दिनदेखि नारायणी अस्पतालको शवगृहमै राखिएको छ । माइती पक्षले पोस्टमार्टम प्रतिवेदन नआएसम्म शव नबुझ्ने अडान लिएपछि अन्त्येष्टि प्रक्रिया रोकिएको हो ।

घटनाको सत्यतथ्य सार्वजनिक गर्न र दोषीलाई कानुनअनुसार कडा सजाय दिलाउन माग गर्दै ठोरी गाउँपालिकाबाट आएका महिला, आफन्त तथा स्थानीयवासीले नयाँ बसपार्क चोकदेखि घण्टाघरसम्म नाराबाजीसहित प्रदर्शन गरेका थिए । त्यसपछि उनीहरूले जिल्ला प्रशासन कार्यालय पर्सा पुगेर प्रमुख जिल्ला अधिकारी भोला दाहाललाई ज्ञापनपत्र बुझाएका छन् । ज्ञापनपत्र बुझाउने क्रममा ठोरी गाउँपालिकाकी उपाध्यक्ष गोकुली रेग्मीले लक्ष्मीले आत्महत्या नगरेको दाबी गर्दै उनका पति, सासु र ससुराले कुटपिटपछि हत्या गरेर शव गोठमा झुण्ड्याएको आरोप लगाइन् । घटनामा संलग्न सबैलाई कानुनबमोजिम हदैसम्मको कारबाही गर्न उनले प्रशासनसँग माग गरिन् ।

माइती पक्षले मृतकका पति सुधिर सिलवाल, सासु–ससुरा तथा उनका दिदी र भिनाजुसमेत घटनामा संलग्न रहेको आरोप लगाएको छ । प्रमुख जिल्ला अधिकारीलाई बुझाइएको ज्ञापनपत्रमा अस्पतालबाट तयार गरिएको पोस्टमार्टम प्रतिवेदनप्रति समेत शंका व्यक्त गरिएको छ । उनीहरूले पुनः पोस्टमार्टम गराउन, निष्पक्ष अनुसन्धानका लागि स्वतन्त्र छानबिन समिति गठन गर्न, मृतकको मोबाइल फोन र ब्याग सार्वजनिक गर्न तथा आरोपित सबै व्यक्तिलाई तत्काल पक्राउ गरी अनुसन्धानको दायरामा ल्याउन माग गरेका छन् ।

जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक चक्रबहादुर मल्लका अनुसार घटनाकै दिन मृतकका पति सुधिर सिलवाललाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाइएको छ । सासु र ससुरालाई पनि प्रारम्भिक रूपमा नियन्त्रणमा लिइएको भएपनि वृद्ध अवस्थालाई ध्यानमा राख्दै आफन्तको सहमतिमा तारिखमा छाडिएको उनले जानकारी दिए । डीएसपी मल्लले अस्पतालबाट पोस्टमार्टम प्रतिवेदन हालसम्म प्रहरीलाई प्राप्त नभएको र प्रतिवेदन प्राप्त भएपछि मात्रै मृत्युको वास्तविक कारणबारे स्पष्ट हुन सक्ने बताए । उनका अनुसार घटनाको सबै पक्षलाई समेटेर अनुसन्धान जारी रहेको छ ।

माइती पक्षले हत्या भएको दाबी गर्दै आन्दोलनलाई निरन्तरता दिने चेतावनी दिएको छ भने प्रहरीले पोस्टमार्टम प्रतिवेदन र अनुसन्धानको निष्कर्षपछि मात्रै घटनाको वास्तविकता सार्वजनिक हुने जनाएको छ । यसबीच लक्ष्मी सिलवालको मृत्यु प्रकरणले पर्सामा गम्भीर चासो र बहस सिर्जना गरेको छ ।

Tags: शंकास्पद मृत्युले पर्सा तात्यो: दोषीलाई कारबाही माग्दै वीरगंजमा प्रदर्शन
वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

वीरगंजमा बहस र वक्तृत्व प्रतिभाको खोजी, २० विद्यार्थी दोस्रो चरणका लागि छनोट

वीरगंजमा बहस र वक्तृत्व प्रतिभाको खोजी, २० विद्यार्थी दोस्रो चरणका लागि छनोट

साउन ११, २०८३
नारायणी अस्पताल घटनामा दोषीमाथि कारबाही गर्न स्वास्थ्य मन्त्रालयको निर्देशन

नारायणी अस्पताल घटनामा दोषीमाथि कारबाही गर्न स्वास्थ्य मन्त्रालयको निर्देशन

साउन ११, २०८३
तीन महिनादेखि वडा सेवा ठप्पः पर्सागढी–६ का स्थानीयद्वारा नगरपालिकालाई ७ दिने अल्टिमेटम

तीन महिनादेखि वडा सेवा ठप्पः पर्सागढी–६ का स्थानीयद्वारा नगरपालिकालाई ७ दिने अल्टिमेटम

साउन ११, २०८३
लक्ष्मी सिलवाल मृत्यु प्रकरणः निष्पक्ष छानबिनको माग गर्दै विरोध प्रदर्शन, परिवारद्वारा हत्याको आरोप

लक्ष्मी सिलवाल मृत्यु प्रकरणः निष्पक्ष छानबिनको माग गर्दै विरोध प्रदर्शन, परिवारद्वारा हत्याको आरोप

साउन ११, २०८३

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि