Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार जिल्ला प्रहरी कार्यालय पर्सा वीरगंज महानगरपालिका जिल्ला प्रशासन कार्यालय नेशनल मेडिकल कलेज वीरगंज भन्सार कार्यालय नेकपा एमाले
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

चिकित्सकमाथि आक्रमणको विरोधमा वीरगंजमा प्रदर्शन, स्वास्थ्यमन्त्रीको राजीनामा माग

वीरगंजको घण्टाघरमा आयोजित विरोध प्रदर्शनमा सरकारी, निजी तथा सामुदायिक अस्पतालका चिकित्सक र स्वास्थ्यकर्मीहरूको उल्लेख्य सहभागिता रहेको थियो । प्रदर्शनकारीहरूले ‘डाक्टर पिट्न पाइँदैन’, ‘दोषीलाई तत्काल कारबाही गर’, ‘स्वास्थ्यमन्त्री राजीनामा दे’ लगायतका नारा लेखिएका प्लेकार्ड बोकेर विरोध जनाएका थिए ।

वीरगंज टाइम्स
वीरगंज टाइम्स
साउन १०, २०८३
चिकित्सकमाथि आक्रमणको विरोधमा वीरगंजमा प्रदर्शन, स्वास्थ्यमन्त्रीको राजीनामा माग

वीरगंज (पर्सा), १० साउन । नारायणी अस्पतालमा चिकित्सकमाथि भएको आक्रमण तथा आकस्मिक कक्षमा गरिएको तोडफोडको विरोधमा चिकित्सक तथा स्वास्थ्यकर्मीहरू आइतबार सडकमा उत्रिएका छन् । उनीहरूले घटनामा संलग्नमाथि कडा कानुनी कारबाही गर्न र स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रीले नैतिक जिम्मेवारीसहित राजीनामा दिनुपर्ने माग गरेका छन् ।

वीरगंजको घण्टाघरमा आयोजित विरोध प्रदर्शनमा सरकारी, निजी तथा सामुदायिक अस्पतालका चिकित्सक र स्वास्थ्यकर्मीहरूको उल्लेख्य सहभागिता रहेको थियो । प्रदर्शनकारीहरूले ‘डाक्टर पिट्न पाइँदैन’, ‘दोषीलाई तत्काल कारबाही गर’, ‘स्वास्थ्यमन्त्री राजीनामा दे’ लगायतका नारा लेखिएका प्लेकार्ड बोकेर विरोध जनाएका थिए ।

शनिबार नारायणी अस्पतालमा उपचारका क्रममा वीरगंज महानगरपालिका–२५ निवासी ४५ वर्षीय राजकुमार पटेलको मृत्यु भएपछि आक्रोशित आफन्त र स्थानीयवासी आकस्मिक कक्षमा प्रवेश गरी तोडफोडमा उत्रिएका थिए । सोही क्रममा ड्युटीमा रहेका मेडिकल अफिसर डा. प्रमोद राममाथि कुटपिट भएको थियो । अस्पतालका अनुसार गम्भीर घाइते भएका डा. रामको आईसीयूमा उपचार भइरहेको छ । चिकित्सकमाथि भएको आक्रमणपछि स्वास्थ्यकर्मीहरू आक्रोशित बनेका छन् ।

घटनाको विरोधस्वरूप चिकित्सकहरूको छाता संगठनको आह्वानमा आइतबारदेखि नारायणी अस्पतालसहित वीरगंजका सरकारी, सामुदायिक, निजी अस्पताल तथा मेडिकल कलेजहरूमा आकस्मिक सेवासमेत बहिष्कार गरिएको छ । अधिकांश स्वास्थ्य सेवा प्रभावित हुँदा उपचारका लागि आएका बिरामी र सेवाग्राहीले सास्ती खेप्नुपरेको छ ।

यता मृतक राजकुमार पटेलका परिवारजनले भने अस्पताल प्रशासन र उपचारमा संलग्न चिकित्सकको लापरबाहीकै कारण मृत्यु भएको दाबी गरेका छन् । उनीहरूका अनुसार अक्सिजनको सहारामा रहेका बिरामीलाई अर्को स्थानमा सार्ने क्रममा अक्सिजन आपूर्ति अवरुद्ध भएकाले ज्यान गएको हो ।

घटनाको छानबिन गर्न अस्पताल प्रशासनले सहायक प्रमुख जिल्ला अधिकारीको उपस्थितिमा बसेको बैठकबाट समिति गठन गरेको छ । समितिको प्रतिवेदन नआएसम्म आकस्मिक कक्षमा कार्यरत पाँच स्वास्थ्यकर्मीलाई जिम्मेवारीबाट अलग राख्ने निर्णय गरिएको छ । जिम्मेवारीबाट अलग गरिएकामा डा. प्रमोद राम, डा. रामकिशोर सिंह, प्रह्लाद प्रसाद, नरेशकुमार चौधरी र आस्था यादव रहेका छन् ।

छानबिन समितिमा नारायणी अस्पतालका डा. निरजकुमार सिंह, जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत विनयकुमार गुप्ता, जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी निरीक्षक विक्रम सुवेदी, वीरगंज महानगरपालिका–२५ का वडाध्यक्ष आशुतोष चतुर्वेदी, मृतकका आफन्त विकास पटेल तथा अस्पतालका प्रतिनिधि सुनिलकुमार रौनियारलाई सदस्य राखिएको जनाइएको छ ।

यद्यपि, समितिमा सदस्यका रूपमा नाम समावेश गरिएका डा. निरज सिंहले भने आफू उक्त समितिमा नरहेको बताएका छन् । सामाजिक सञ्जाल फेसबुकमार्फत उनले आफूलाई कुनै जानकारी नै नदिई समितिमा राखिएको उल्लेख गर्दै समितिसँग सम्बन्धित कुनै निर्णय वा कागजातमा आफ्नो हस्ताक्षरसमेत नरहेको स्पष्ट पारेका छन् ।

चिकित्सकमाथिको आक्रमण, मृतक पक्षको गम्भीर आरोप, स्वास्थ्य सेवा बहिष्कार र छानबिन समितिबारे देखिएको विवादले नारायणी अस्पतालको घटनाक्रम थप जटिल बन्दै गएको छ ।

Tags: नारायणी अस्पताल प्रकरण: चिकित्सकको प्रदर्शन
वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

चिकित्सकमाथि आक्रमणको विरोधमा वीरगंजमा प्रदर्शन, स्वास्थ्यमन्त्रीको राजीनामा माग

चिकित्सकमाथि आक्रमणको विरोधमा वीरगंजमा प्रदर्शन, स्वास्थ्यमन्त्रीको राजीनामा माग

साउन १०, २०८३
बगैचामा लुकाएर राखिएको १४० किलो गाँजा बरामद

बगैचामा लुकाएर राखिएको १४० किलो गाँजा बरामद

साउन १०, २०८३
प्रहरी निरीक्षक जटाशंकर यादव ‘असार महिनाको उत्कृष्ट प्रहरी’ घोषित

प्रहरी निरीक्षक जटाशंकर यादव ‘असार महिनाको उत्कृष्ट प्रहरी’ घोषित

साउन १०, २०८३
लिटिल बडी प्रि-स्कुलमा मेहन्दी प्रतियोगिता: आकांक्षा बान्या प्रथम

लिटिल बडी प्रि-स्कुलमा मेहन्दी प्रतियोगिता: आकांक्षा बान्या प्रथम

साउन १०, २०८३

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि