Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार जिल्ला प्रहरी कार्यालय पर्सा वीरगंज महानगरपालिका जिल्ला प्रशासन कार्यालय नेशनल मेडिकल कलेज नेकपा एमाले वीरगंज भन्सार कार्यालय
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

एक घर, एक बिरुवा’ अभियान: हरि खेतान कलेजमा ४ सयभन्दा बढी बिरुवा वितरण तथा वृक्षारोपण

कलेजमा अध्ययनरत विद्यार्थीहरूको उल्लेखनीय सहभागितामा आयोजित कार्यक्रममा वातावरण संरक्षण, हरियाली प्रवर्द्धन तथा जलवायु परिवर्तनका चुनौती न्यूनीकरण गर्ने उद्देश्यले बिरुवा वितरणसँगै कलेज परिसरमा वृक्षारोपण गरिएको थियो ।

वीरगंज टाइम्स
वीरगंज टाइम्स
साउन ७, २०८३
एक घर, एक बिरुवा’ अभियान: हरि खेतान कलेजमा ४ सयभन्दा बढी बिरुवा वितरण तथा वृक्षारोपण

वीरगंज (पर्सा), ७ साउन । ग्रिनसिटी सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवाको संयुक्त आयोजनामा सामुदायिक प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत “एक घर, एक बिरुवा” भन्ने मूल नारासहित वीरगंजस्थित हरि खेतान बहुमुखी कलेजमा ४ सयभन्दा बढी विभिन्न प्रजातिका बिरुवा वितरण तथा वृक्षारोपण कार्यक्रम सम्पन्न भएको छ ।

कलेजमा अध्ययनरत विद्यार्थीहरूको उल्लेखनीय सहभागितामा आयोजित कार्यक्रममा वातावरण संरक्षण, हरियाली प्रवर्द्धन तथा जलवायु परिवर्तनका चुनौती न्यूनीकरण गर्ने उद्देश्यले बिरुवा वितरणसँगै कलेज परिसरमा वृक्षारोपण गरिएको थियो । कार्यक्रममा विद्यार्थीहरूलाई प्रत्येक घरमा कम्तीमा एउटा बिरुवा रोपेर त्यसको संरक्षण गर्न आग्रह गरिएको थियो ।

ग्रिन सिटी सामुदायिक सेवा केन्द्र आदर्शनगरका अध्यक्ष जयप्रकाश खेतानको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथिका रूपमा वीरगंजस्थित भारतीय महावाणिज्य दूतावासका महावाणिज्यदूत देविसहाय मीणा उपस्थित थिए । त्यसैगरी उद्योग वाणिज्य संघ वीरगंजका अध्यक्ष हरि गौतम, हरि खेतान बहुमुखी कलेजका अध्यक्ष रामवतार खेतान, समाजसेवी सुरेश रुङटा, जिल्ला प्रहरी कार्यालय पर्साका डीएसपी चक्र मल्ल, वडा प्रहरी कार्यालय बिर्ताका प्रमुख प्रहरी निरीक्षक विक्रम सुवेदी, युवा समाजसेवी दिलीप कार्की लगायत विभिन्न क्षेत्रका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो ।

कार्यक्रमलाई सम्बोधन गर्दै ग्रिन सिटी सामुदायिक सेवा केन्द्रका अध्यक्ष जयप्रकाश खेतानले वातावरण संरक्षण अहिलेको सबैभन्दा ठूलो आवश्यकता भएको बताए । उनले भने, “हरियाली संरक्षण बिना स्वच्छ वातावरणको परिकल्पना गर्न सकिँदैन । ‘एक घर, एक बिरुवा’ अभियानलाई जनस्तरसम्म पुर्‍याएर प्रत्येक नागरिकलाई वृक्षारोपण र संरक्षणमा सहभागी गराउनु हाम्रो उद्देश्य हो। बिरुवा रोप्नु मात्र होइन, त्यसको संरक्षण गर्नु पनि उत्तिकै महत्वपूर्ण जिम्मेवारी हो ।”

प्रमुख अतिथि महावाणिज्यदूत देविसहाय मीणाले यस्ता वातावरणमैत्री अभियानले समाजमा सकारात्मक सन्देश प्रवाह गर्ने बताउँदै युवा पुस्तालाई प्रकृति संरक्षणमा अग्रसर हुन आग्रह गरे । कार्यक्रममा सहभागी अन्य वक्ताहरूले पनि वातावरण संरक्षण, स्वच्छ र हरित शहर निर्माण तथा सामुदायिक प्रहरी–नागरिक सहकार्यलाई अझ प्रभावकारी बनाउने विषयमा जोड दिएका थिए । कार्यक्रमको अन्त्यमा विद्यार्थीहरूलाई विभिन्न प्रजातिका ४ सयभन्दा बढी बिरुवा वितरण गर्नुका साथै कलेज परिसरमा सामूहिक वृक्षारोपण गरिएको आयोजकले जनाएको छ ।

Tags: ग्रिनसिटी सामुदायिक सेवा केन्द्र
वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

जुनियर स्पेलिङ प्रतियोगितामार्फत विद्यार्थीको क्षमता अभिवृद्धिमा जोड

जुनियर स्पेलिङ प्रतियोगितामार्फत विद्यार्थीको क्षमता अभिवृद्धिमा जोड

साउन ७, २०८३
‘सीप र चरित्रले नै भविष्य निर्माण गर्छ’: रजिस्ट्रार यादव

‘सीप र चरित्रले नै भविष्य निर्माण गर्छ’: रजिस्ट्रार यादव

साउन ७, २०८३
एक घर, एक बिरुवा’ अभियान: हरि खेतान कलेजमा ४ सयभन्दा बढी बिरुवा वितरण तथा वृक्षारोपण

एक घर, एक बिरुवा’ अभियान: हरि खेतान कलेजमा ४ सयभन्दा बढी बिरुवा वितरण तथा वृक्षारोपण

साउन ७, २०८३
जितपुर-सिमरामा स्थानीय कर विवादः उद्योगी व्यवसायीद्वारा गैरकानुनी कर फिर्ता गर्न माग

जितपुर-सिमरामा स्थानीय कर विवादः उद्योगी व्यवसायीद्वारा गैरकानुनी कर फिर्ता गर्न माग

साउन ६, २०८३

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि