Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार जिल्ला प्रहरी कार्यालय पर्सा वीरगंज महानगरपालिका जिल्ला प्रशासन कार्यालय नेशनल मेडिकल कलेज नेकपा एमाले वीरगंज भन्सार कार्यालय
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

सिर्सिया नदी प्रदूषणमा कडाइः वातावरणीय मापदण्ड उल्लंघन गर्ने १२ उद्योगलाई १०-१० लाख जरिवाना

मन्त्रालयले यसअघि प्रदूषण नियन्त्रणका लागि आवश्यक सुधार गर्न सम्बन्धित उद्योगहरूलाई करिब एक महिनाको समय उपलब्ध गराउँदै निर्देशन दिएको थियो । तर, तोकिएको अवधिभित्र अपेक्षित सुधार नगरेपछि कानुनी कारबाही सुरु गरिएको मन्त्रालयले जनाएको छ । वातावरण विभागको प्राविधिक टोलीले बारा र पर्साका २१ उद्योगमा स्थलगत अनुगमन गरी फोहोर पानीका नमूना संकलन गरेको थियो ।

वीरगंज टाइम्स
वीरगंज टाइम्स
साउन ५, २०८३
तीन दशकदेखि प्रदूषणको शिकार ‘सिर्सिया नदी’: कहिले होला प्रदूषणमुक्त ? रोकिएन उद्योगको अटेरी

वीरगंज (पर्सा), ५ साउन । बारा–पर्साको सिर्सिया नदी आसपास सञ्चालनमा रहेका उद्योगहरूले वातावरणीय मापदण्ड पालना नगरेको पुष्टि भएपछि उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले १२ उद्योगमाथि जनही १० लाख रुपैयाँका दरले जरिवाना गर्ने निर्णय गरेको छ । लामो समयदेखि नदी प्रदूषणबारे उठ्दै आएको जनगुनासोपछि गरिएको प्राविधिक परीक्षणले मापदण्ड उल्लंघन भएको देखिएसँगै मन्त्रालय कारबाही प्रक्रियामा अघि बढेको हो ।

मन्त्रालयले यसअघि प्रदूषण नियन्त्रणका लागि आवश्यक सुधार गर्न सम्बन्धित उद्योगहरूलाई करिब एक महिनाको समय उपलब्ध गराउँदै निर्देशन दिएको थियो । तर, तोकिएको अवधिभित्र अपेक्षित सुधार नगरेपछि कानुनी कारबाही सुरु गरिएको मन्त्रालयले जनाएको छ । वातावरण विभागको प्राविधिक टोलीले बारा र पर्साका २१ उद्योगमा स्थलगत अनुगमन गरी फोहोर पानीका नमूना संकलन गरेको थियो ।

प्रयोगशाला परीक्षणको प्रतिवेदनले १२ उद्योगले तोकिएको वातावरणीय मापदण्ड उल्लंघन गरेको पुष्टि गरेपछि प्रत्येक उद्योगलाई १० लाख रुपैयाँ जरिवाना गर्ने निर्णय गरिएको हो । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवको निर्देशनमा वातावरण विभागले उक्त अनुगमन तथा निरीक्षण प्रक्रिया अघि बढाएको मन्त्रालयले स्पष्ट पारेको छ ।

मन्त्रालयका अनुसार सिर्सिया नदी वरपर रहेका अन्य उद्योगहरूको निरीक्षण अझै जारी छ । त्यसका लागि वातावरण विभाग, उद्योग विभाग, प्रदेश सरकारअन्तर्गत उद्योगसम्बन्धी निकाय तथा स्थानीय तहका प्रतिनिधि सम्मिलित संयुक्त प्राविधिक टोलीमार्फत थप अनुगमन गरिनेछ । मापदण्ड उल्लंघन गर्ने थप उद्योग फेला परे आवश्यक कानुनी कारबाही पनि गरिने मन्त्रालयको भनाइ छ । साथै, तोकिएको अवधिभित्र जरिवाना नतिर्ने उद्योगलाई वातावरण संरक्षण ऐन, २०७६ को दफा ३५ अनुसार तेब्बरसम्म जरिवाना गरिने चेतावनी मन्त्रालयले दिएको छ ।

वीरगंज–पथलैया औद्योगिक करिडोरका उद्योगबाट प्रशोधन नगरी रसायनयुक्त फोहोर पानी वर्षौंदेखि सिर्सिया नदीमा मिसाइँदै आएको भन्दै स्थानीयवासीले निरन्तर विरोध गर्दै आएका छन् । यसका कारण नदीको पानी अत्यधिक प्रदूषित हुनुका साथै आसपासका बस्तीमा दुर्गन्ध फैलिने, विभिन्न स्वास्थ्य समस्या बढ्ने, खेतीपातीमा क्षति पुग्ने तथा पशुचौपायामा समेत नकारात्मक असर परेको स्थानीयको गुनासो छ ।

यस्तै, मन्त्री यादवले सिर्सिया नदीमा मात्र सीमित नरही देशभरका औद्योगिक क्षेत्रको वातावरणीय अवस्था नियमित अनुगमन गर्न तथा मापदण्ड उल्लंघन गर्ने उद्योगमाथि कडा कानुनी कारबाही सुनिश्चित गर्न सम्बन्धित निकायलाई निर्देशन दिएकी छन् ।

Tags: वातावरणीय मापदण्ड उल्लंघन: बारा-पर्साका १२ उद्योग कारबाहीमा
वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

‘एउटा रुख काट्दा कम्तीमा १० वटा रुख रोपौँ’ : वनमन्त्री चौधरी

‘एउटा रुख काट्दा कम्तीमा १० वटा रुख रोपौँ’ : वनमन्त्री चौधरी

साउन २४, २०८३
पर्सा-बारामा एलपी ग्यासको हाहाकार, घण्टौँ लाइनमा बस्न बाध्य उपभोक्ता

पर्सा-बारामा एलपी ग्यासको हाहाकार, घण्टौँ लाइनमा बस्न बाध्य उपभोक्ता

साउन २४, २०८३
राजकुमार हत्या प्रकरण : बीरगंजमा हत्या गरिएको राजकुमारको शव भारतको भागलपुर स्टेशनमा फेला

चोरीको सुन खरिद गरेको आरोपमा मुना भाई ज्वेलर्सका संचालक सर्राफ पक्राउ

साउन २४, २०८३
यस वर्षको सुबोध स्मृति पत्रकारिता पुरस्कार महेशचन्द्र गौतमलाई प्रदान गरिने

यस वर्षको सुबोध स्मृति पत्रकारिता पुरस्कार महेशचन्द्र गौतमलाई प्रदान गरिने

साउन २४, २०८३

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि