Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार जिल्ला प्रहरी कार्यालय पर्सा वीरगंज महानगरपालिका जिल्ला प्रशासन कार्यालय नेशनल मेडिकल कलेज वीरगंज भन्सार कार्यालय नेकपा एमाले
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

वीरगंज भन्सारमा ‘सेटिङ’को साम्राज्यः महिनाको ५ हजारमा गाडी बिना इन्ट्री काट्ने गरिएको खुलासा

अधिकृत रौनियार तथ्याँक कार्यालयबाट वीरगंज भन्सार कार्यालयको यात्रु शाखामा सरुवा भएर आएयता भारतीय सवारीसाधनको भन्सार प्रक्रियालाई व्यवस्थित बनाउनुको सट्टा केही विचौलियामार्फत ‘महिनावारी सेटिङ’ सञ्चालन गर्न दबाब दिएको आरोप छ । स्रोतका अनुसार, सेटिङ नमिल्ने सेवाग्राहीका सवारीसाधनको भन्सार प्रक्रिया जानाजानी ढिलाइ गरिने, अनावश्यक झन्झट सिर्जना गरिने तथा लामो समयसम्म लाइनमा राखेर मानसिक तथा आर्थिक सास्ती दिने गरिएको बताइएको छ ।

वीरगंज टाइम्स
वीरगंज टाइम्स
असार ३१, २०८३
वीरगंज भन्सारमा ‘सेटिङ’को साम्राज्यः महिनाको ५ हजारमा गाडी बिना इन्ट्री काट्ने गरिएको खुलासा

वीरगंज (पर्सा), ३१ असार । पर्साको प्रमुख नाका वीरगंज भन्सार कार्यालयको यात्रु शाखामा भारतीय नम्बर प्लेटका सवारीसाधनको भन्सार तथा निःशुल्क सुविधा पास (इन्ट्री) प्रक्रियामा गम्भीर अनियमितता, आर्थिक चलखेल र सेटिङको आरोप सार्वजनिक भएको छ । कार्यालयको यात्रु शाखामा कार्यरत भन्सार अधिकृत भागिरथ साह रौनियारमाथि केही विचौलियासँग मिलेमतो गरी आर्थिक असुली गर्ने, सेवाग्राहीलाई दुःख दिने तथा नियमविपरीत गाडी नै उपस्थित नभई इन्ट्री जारी गर्ने कार्य भइरहेको आरोप लागेपछि यस विषयले व्यापक चर्चा पाएको छ ।

प्राप्त विवरणअनुसार, अधिकृत रौनियार तथ्याँक कार्यालयबाट वीरगंज भन्सार कार्यालयको यात्रु शाखामा सरुवा भएर आएयता भारतीय सवारीसाधनको भन्सार प्रक्रियालाई व्यवस्थित बनाउनुको सट्टा केही विचौलियामार्फत ‘महिनावारी सेटिङ’ सञ्चालन गर्न दबाब दिएको आरोप छ । स्रोतका अनुसार, सेटिङ नमिल्ने सेवाग्राहीका सवारीसाधनको भन्सार प्रक्रिया जानाजानी ढिलाइ गरिने, अनावश्यक झन्झट सिर्जना गरिने तथा लामो समयसम्म लाइनमा राखेर मानसिक तथा आर्थिक सास्ती दिने गरिएको बताइएको छ ।

यसको प्रत्यक्ष असर सीमावर्ती क्षेत्र हुँदै नेपाल आउने भारतीय पर्यटक तथा यात्रुमा परेको दाबी गरिएको छ । केही दिनअघि मात्रै एक भारतीय पर्यटकले करिब दुई घण्टासम्म लाइनमा बसेर पनि सवारीसाधनको भन्सार प्रक्रिया सम्पन्न हुन नसकेपछि निराश हुँदै पुनः भारत फर्कनुपरेको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको थियो । उनले भिडियोमै भन्सार कार्यालयका कर्मचारीहरुको उदासिनता र विचौलियाहरुको हाबीको कारण सर्वसाधारणले गाडीको भन्सार गराउन सास्ती खेपि रहेको सार्वजनिक गरेका थिए । उनले उक्त भिडियोमा भारतीय पर्यटकहरुले नेपाल नआउन आग्रह पनि गरेका थिए । उक्त घटनापछि भन्सार कार्यालयको सेवा प्रवाहप्रति समेत गम्भीर प्रश्न उठेको थियो ।

यति मात्र होइन, भारतीय गाडीको भन्सारमा मात्र नभई निःशुल्क सुविधा पास (इन्ट्री) मा समेत आर्थिक चलखेल हुने गरेको आरोप लागेको छ । स्रोतका अनुसार, केही व्यक्तिसँग मासिक ३ हजारदेखि ५ हजार रुपैयाँसम्मको रकम लिएर भन्सार कार्यालयमा गाडी नै उपस्थित नगराई इन्ट्री काट्ने गरिएको दाबी गरिएको छ । यही सोमबार वीरगंज भन्सार कार्यालयको इन्ट्री शाखाबाट बी.आर. ०६ डब्लू ८९९६, बी.आर. ०१ एच.एन. ८२६७, बी.आर. ०६ बी.क्यू. ४९०९, बी.आर. ०१ बी.जी. ००२५, बी.आर. ०६ डी.ई. ६५६०, ए.एस. ०२ ए.जे. ८६२३, बी.आर. ०७ ए.ए. २१७८, बी.आर. ०५ ए.यू. ४९०८ तथा बी.आर. ३२ ए.क्यू. २०३६ नम्बरका सवारीसाधनको इन्ट्री गरिएको अभिलेख रहेको दाबी गरिएको छ । तर, ती सवारीसाधन भन्सार कार्यालयको परिसरमा नै नल्याइएको आरोप स्रोतले लगाएको छ ।

स्रोतहरूका अनुसार, केही निश्चित विचौलियामार्फत मात्रै यस्ता इन्ट्री हुने गरेको र त्यसबापत नियमित आर्थिक लेनदेन हुने गरेको आरोप छ । यसले इमान्दार सेवाग्राहीलाई अनावश्यक दुःख दिँदै सीमित समूहलाई गैरकानुनी लाभ पुर्‍याउने अवस्था सिर्जना भएको बताइएको छ ।

यस विषयमा प्रतिक्रिया दिँदै वीरगंज भन्सार कार्यालयका सूचना अधिकारी तथा भन्सार अधिकृत उदय सिंह विष्टले घटनाबारे आफूलाई जानकारी आएको र आवश्यक आन्तरिक छानबिन गरिने बताएका छन् । उनले ‘यदि सवारीसाधन उपस्थित नभई नियमविपरीत इन्ट्री गरिएको पुष्टि भयो भने संलग्न कर्मचारीमाथि आवश्यक कानुनी तथा विभागीय कारबाही गरिनेछ,’ भने । भन्सार कार्यालयको यात्रु शाखा अगाडि सिसिटिभी क्यामरा जडान रहेकाले वास्तविकता पत्ता लगाउन फुटेज नै महत्वपूर्ण प्रमाण बन्न सक्ने देखिएको छ । तर आरोपअनुसार क्यामराको निगरानीलाई समेत छल्ने गरी अनियमितता भइरहेको भनिएकाले छानबिनको दायरा अझ व्यापक बनाउनुपर्ने माग उठ्न थालेको छ ।

सीमावर्ती क्षेत्रको प्रमुख प्रवेशद्वारका रूपमा रहेको वीरगंज भन्सार कार्यालयले मुलुकको राजस्व संकलनसँगै नेपाल आउने विदेशी पर्यटक र यात्रुको पहिलो सरकारी सेवा प्रदान गर्ने जिम्मेवारी वहन गर्दछ । यस्तो संवेदनशील कार्यालयमै आर्थिक चलखेल, विचौलियाको प्रभाव र नियमविपरीत सेवा प्रवाहका आरोप सार्वजनिक हुँदा यसले सरकारको सुशासन र सार्वजनिक सेवा प्रणालीमाथि समेत गम्भीर प्रश्न उठाएको छ ।

वीरगंजमै राखिएको भारतीय नम्बर प्लेटको कार भन्सार कार्यालय नपुग्दै इन्ट्री काटिएको छ । यो गाडीको दैनिक इन्ट्री कट्ने गरिएको छ तर भन्सार कार्यालयमा कहिलेपनि जाने गरेको छैन ।
Tags: वीरगंज भन्सारमा रौनियारको असुली धन्दाः यात्रु शाखा अस्तव्यस्त
वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

वीरगंज भन्सारमा ‘सेटिङ’को साम्राज्यः महिनाको ५ हजारमा गाडी बिना इन्ट्री काट्ने गरिएको खुलासा

वीरगंज भन्सारमा ‘सेटिङ’को साम्राज्यः महिनाको ५ हजारमा गाडी बिना इन्ट्री काट्ने गरिएको खुलासा

असार ३१, २०८३
वीरगंज स्थित यातायात कार्यालयमा लाइसेन्स लिने सेवाग्राहीको भीड

यातायात कार्यालयको सिस्टम सुचारु

असार ३०, २०८३
राष्ट्रिय हितका लागि सबै दल एकजुट हुन रास्वपा सांसद सिंहको आग्रह

राष्ट्रिय हितका लागि सबै दल एकजुट हुन रास्वपा सांसद सिंहको आग्रह

असार ३०, २०८३
‘सामान्य ज्वरोका बिरामीसँग एक लाख असुली’ नीलकण्ठ अस्पतालमाथि चर्को शुल्क असुलेको आरोप

‘सामान्य ज्वरोका बिरामीसँग एक लाख असुली’ नीलकण्ठ अस्पतालमाथि चर्को शुल्क असुलेको आरोप

असार ३०, २०८३

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि