Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार जिल्ला प्रहरी कार्यालय पर्सा वीरगंज महानगरपालिका जिल्ला प्रशासन कार्यालय नेशनल मेडिकल कलेज नेकपा एमाले वीरगंज भन्सार कार्यालय
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

‘रासायनिक फोहोरले सिर्सिया नदी मरेको अवस्थामा’ सांसद पन्तको सरकारलाई तत्काल हस्तक्षेपको आग्रह

सांसद पन्तले औद्योगिक प्रदूषणका कारण ऐतिहासिक सिर्सिया नदी अहिले दुर्गन्धित नालामा परिणत भएको बताए । उद्योगहरूले वातावरणीय मापदण्डको बेवास्ता गर्दै प्रशोधन नगरेको फोहोर पानी सिधै नदीमा बगाइरहेको आरोप लगाउँदै उनले यसले नदीको प्राकृतिक स्वरूप र पर्यावरण दुवैलाई गम्भीर क्षति पुर्‍याएको उल्लेख गरे ।

वीरगंज टाइम्स
वीरगंज टाइम्स
असार ३०, २०८३
‘रासायनिक फोहोरले सिर्सिया नदी मरेको अवस्थामा’ सांसद पन्तको सरकारलाई तत्काल हस्तक्षेपको आग्रह

वीरगंज (पर्सा), ३० असार । पर्सा क्षेत्र नं. १ का प्रतिनिधिसभा सदस्य हरि पन्तले पथलैया–वीरगंज औद्योगिक करिडोरका उद्योगबाट प्रशोधनबिनै रासायनिकयुक्त फोहोर पानी सिर्सिया नदीमा मिसाइँदा नदीको अस्तित्व नै संकटमा परेको भन्दै सरकारलाई तत्काल प्रभावकारी कदम चाल्न आग्रह गरेका छन् ।

मंगलबार प्रतिनिधिसभाको बैठकमा विशेष ध्यानाकर्षण गराउँदै सांसद पन्तले औद्योगिक प्रदूषणका कारण ऐतिहासिक सिर्सिया नदी अहिले दुर्गन्धित नालामा परिणत भएको बताए । उद्योगहरूले वातावरणीय मापदण्डको बेवास्ता गर्दै प्रशोधन नगरेको फोहोर पानी सिधै नदीमा बगाइरहेको आरोप लगाउँदै उनले यसले नदीको प्राकृतिक स्वरूप र पर्यावरण दुवैलाई गम्भीर क्षति पुर्‍याएको उल्लेख गरे ।

उनले सिर्सिया नदी केवल पानीको स्रोत मात्र नभई वीरगंजको धार्मिक, सांस्कृतिक र सामाजिक जीवनसँग गहिरो रूपमा जोडिएको नदी भएको स्मरण गराए । विगतमा लोकआस्थाको महान् पर्व छठका अवसरमा यही नदीमा उभिएर श्रद्धालुले अर्घ्य दिने परम्परा रहेको उल्लेख गर्दै अहिले भने नदीको पानी यति प्रदूषित र दुर्गन्धित बनेको छ कि छठका बेला समेत नदीमा प्रवेश गर्न सकिने अवस्था नरहेको बताए ।

सांसद पन्तका अनुसार सिर्सिया नदी अहिले लामखुट्टेको प्रमुख प्रजननस्थल बनेको छ । नदी किनार आसपास बसोबास गर्ने स्थानीयवासी दुर्गन्ध र लामखुट्टेको अत्यधिक प्रकोपका कारण रातको समयमा समेत सहज रूपमा बस्न नसक्ने अवस्था रहेको उनले बताए । उनले सिर्सिया नदीको प्रदूषण नयाँ समस्या नभए पनि वर्षौंदेखि समाधानविहीन बनेको भन्दै संघीय, प्रदेश र स्थानीय तहका सरकारले चुनावी घोषणापत्रमा मात्रै नदी संरक्षणको विषय उठाउने तर कार्यान्वयनमा उदासीन रहने प्रवृत्तिको आलोचना गरे ।

सांसद पन्तले यसपटक राष्ट्रिय स्वतन्त्र पार्टीप्रति विश्वास व्यक्त गरेका वीरगंजवासीले सिर्सिया नदीको सफाइ र पुनर्जीवनका लागि ठोस पहल हुने अपेक्षा गरेको उल्लेख गर्दै सम्माननीय सभामुखमार्फत सरकारसँग तत्काल दीर्घकालीन योजना ल्याई नदी संरक्षण र पुनर्जीवन अभियान सुरु गर्न माग गरे ।

उनले सिर्सिया नदीको संरक्षणलाई केवल वातावरणीय सरोकारका रूपमा सीमित गर्न नहुने धारणा राख्दै यो जनस्वास्थ्य, धार्मिक आस्था, वातावरणीय सन्तुलन तथा वीरगंजको समग्र जीवनसँग प्रत्यक्ष रूपमा जोडिएको संवेदनशील विषय भएकाले सरकारले उच्च प्राथमिकताका साथ प्रभावकारी हस्तक्षेप गर्नुपर्नेमा जोड दिए ।

Tags: औद्योगिक फोहरमा डुबेको ‘सिर्सिया नदी’ : विष बगाउने उद्योग र मौन राज्य !सिर्सिया नदी र क्यासिनोबारे ध्यानाकर्षणसिर्सिया नदी संकटमा: प्रधानमन्त्रीलाई वीरगंजबाट खुला पत्रसिर्सिया नदीको १० बोत्तल फोहर पानी
वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

‘एउटा रुख काट्दा कम्तीमा १० वटा रुख रोपौँ’ : वनमन्त्री चौधरी

‘एउटा रुख काट्दा कम्तीमा १० वटा रुख रोपौँ’ : वनमन्त्री चौधरी

साउन २४, २०८३
पर्सा-बारामा एलपी ग्यासको हाहाकार, घण्टौँ लाइनमा बस्न बाध्य उपभोक्ता

पर्सा-बारामा एलपी ग्यासको हाहाकार, घण्टौँ लाइनमा बस्न बाध्य उपभोक्ता

साउन २४, २०८३
राजकुमार हत्या प्रकरण : बीरगंजमा हत्या गरिएको राजकुमारको शव भारतको भागलपुर स्टेशनमा फेला

चोरीको सुन खरिद गरेको आरोपमा मुना भाई ज्वेलर्सका संचालक सर्राफ पक्राउ

साउन २४, २०८३
यस वर्षको सुबोध स्मृति पत्रकारिता पुरस्कार महेशचन्द्र गौतमलाई प्रदान गरिने

यस वर्षको सुबोध स्मृति पत्रकारिता पुरस्कार महेशचन्द्र गौतमलाई प्रदान गरिने

साउन २४, २०८३

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि