Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार जिल्ला प्रहरी कार्यालय पर्सा वीरगंज महानगरपालिका जिल्ला प्रशासन कार्यालय नेशनल मेडिकल कलेज वीरगंज भन्सार कार्यालय राष्ट्रिय स्वतन्त्र पार्टी
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

मौलापुर नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृत नपठाएको भन्दै प्रधानमन्त्रीको पुतला दहन

प्रमुख प्रशासकीय अधिकृतको अभावका कारण नगरपालिकाको बजेट कार्यान्वयन प्रभावित भएको छ भने विकास निर्माणका योजना समेत ठप्प हुने अवस्था सिर्जना भएको छ । प्रदर्शनकारीहरूले नगरपालिकालाई जानाजानी प्रशासकीय नेतृत्वविहीन बनाई बजेट फ्रिज गराउने प्रयास भइरहेको दाबी गरेका छन् ।

वीरगंज टाइम्स
वीरगंज टाइम्स
असार २५, २०८३
मौलापुर नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृत नपठाएको भन्दै प्रधानमन्त्रीको पुतला दहन

मौलापुर (रौतहट), २५ असार । रौतहटको मौलापुर नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृत नपठाएको विरोधमा स्थानीयले प्रधानमन्त्री वालेन्द्र शाहको पुतला दहन गरेका छन् । बिहीबार स्थानीयले नगरपालिकालाई लामो समयदेखि प्रमुख प्रशासकीय अधिकृतविहीन बनाएर बजेट कार्यान्वयन र प्रशासनिक सेवा प्रभावित पारेको आरोप लगाउँदै प्रदर्शनसहित प्रधानमन्त्रीको पुतला दहन गरेका हुन् ।

प्रदर्शनकारीहरूका अनुसार प्रमुख प्रशासकीय अधिकृतको अभावका कारण नगरपालिकाको बजेट कार्यान्वयन प्रभावित भएको छ भने विकास निर्माणका योजना समेत ठप्प हुने अवस्था सिर्जना भएको छ । उनीहरूले नगरपालिकालाई जानाजानी प्रशासकीय नेतृत्वविहीन बनाई बजेट फ्रिज गराउने प्रयास भइरहेको दाबी गरेका छन् । विरोध प्रदर्शनका क्रममा सहभागीहरूले ‘बिजुली–पानीको भुक्तानी गर’, ‘सम्मानित अदालतको आदेश पालन गर’, ‘मौलापुरलाई हाकिमविहीन बनाउने षड्यन्त्र बन्द गर’, ‘मौलापुरमा तत्काल प्रमुख प्रशासकीय अधिकृत पठाऊ’, ‘मौलापुरको बजेट फ्रिज गर्न पाइँदैन’ लगायतका नारा लगाएका थिए ।

स्थानीयको भनाइमा विकास निर्माणका कामले गति लिनुपर्ने बेला नगरपालिकालाई प्रमुख प्रशासकीय अधिकृतविहीन बनाइनु जनप्रतिनिधि र नागरिक दुवैका लागि चिन्ताको विषय बनेको छ । उनीहरूका अनुसार सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले यसअघि प्रमुख प्रशासकीय अधिकृतका रूपमा सुरेशबाबु घिमिरेलाई खटाएको थियो । तर उनले आफ्नो जिम्मेवारी पूरा गर्न नसकेपछि मन्त्रालयले फिर्ता बोलाएपछि त्यसयता नयाँ प्रमुख प्रशासकीय अधिकृत नपठाउँदा नगरपालिकाको प्रशासनिक तथा आर्थिक गतिविधिमा प्रत्यक्ष असर परेको स्थानीयको आरोप छ ।

प्रमुख प्रशासकीय अधिकृत नहुँदा विकास निर्माणका काम, बजेट कार्यान्वयन तथा भुक्तानी प्रक्रिया अवरुद्ध भएको भन्दै स्थानीयले आन्दोलन जारी राखेका छन् । उनीहरूले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले तत्काल प्रमुख प्रशासकीय अधिकृत खटाउनुपर्ने माग गरेका छन् । नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृतको अभावका कारण नगर शिक्षकले छ महिनादेखि तलब नपाएको भन्दै यसअघि पेन डाउन आन्दोलन गरेका थिए । बहुक्षेत्रीय पोषण कार्यक्रमका लाभग्राही तथा सरसफाइ कर्मचारीले समेत लामो समयदेखि भुक्तानी नपाएको स्थानीयले बताएका छन् ।

Tags: मौलापुर प्रधानमन्त्रीको पुतला दहन
वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

जीर्ण सडकविरुद्ध बहुअरीवासीको आक्रोश, आधा घण्टा सडक जाम

जीर्ण सडकविरुद्ध बहुअरीवासीको आक्रोश, आधा घण्टा सडक जाम

अशोज १८, २०८३
रास्वपा बारामा अधिवेशनको दबाबः ‘तत्काल जिल्ला नेतृत्व चयन गर’

रास्वपा बारामा अधिवेशनको दबाबः ‘तत्काल जिल्ला नेतृत्व चयन गर’

अशोज १८, २०८३
मितेरी पुलमै बरामद भयो ११ किलो चरेस, भारतीय भूमिमा पुगेर मात्रै रोकियो तस्करी

मितेरी पुलमै बरामद भयो ११ किलो चरेस, भारतीय भूमिमा पुगेर मात्रै रोकियो तस्करी

अशोज १८, २०८३
प्याब्सन राइम्स फेस्टिबलमा विद्या सदन स्कुल प्रथम

प्याब्सन राइम्स फेस्टिबलमा विद्या सदन स्कुल प्रथम

अशोज १८, २०८३

एल.एस. हस्पिटल एण्ड मेडिकल कलेज…..

जनहितमा जारी सन्देश…

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि