Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार जिल्ला प्रहरी कार्यालय पर्सा वीरगंज महानगरपालिका जिल्ला प्रशासन कार्यालय नेशनल मेडिकल कलेज वीरगंज भन्सार कार्यालय राष्ट्रिय स्वतन्त्र पार्टी
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

कर्मचारी कुटिएको विरोधमा कालिकामाई गा.पा. तीन दिनदेखि ठप्पः जाहेरी दर्ता नभएको भन्दै धर्ना

गत मंगलबार कार्यालय समयमै गाउँ कार्यपालिकाको कार्यालयभित्र चौरसियामाथि कुटपिट तथा दुर्व्यवहार भएको भन्दै कर्मचारीहरूले सोही दिनदेखि गाउँपालिकाको सम्पूर्ण प्रशासनिक कामकाज ठप्प पारेका हुन् । आन्दोलनका कारण बुधबारदेखि गाउँपालिका अन्तर्गतका विद्यालय तथा स्वास्थ्य चौकीसमेत बन्द रहेका छन् ।

वीरगंज टाइम्स
वीरगंज टाइम्स
असार २५, २०८३
कर्मचारी कुटिएको विरोधमा कालिकामाई गा.पा. तीन दिनदेखि ठप्पः जाहेरी दर्ता नभएको भन्दै धर्ना

वीरगंज (पर्सा), २५ असार । पर्साको कालिकामाई गाउँपालिकामा कम्प्युटर अपरेटर चन्दन कुमार चौरसियामाथि कार्यालयभित्रै भएको कुटपिट घटनाको विरोधमा गाउँपालिकाका कर्मचारीहरू तीन दिनदेखि आन्दोलनमा उत्रिएका छन् । दोषीमाथि कडा कानुनी कारबाहीको माग गर्दै कर्मचारीहरूले पेनडाउन आन्दोलन जारी राखेका छन् ।

गत मंगलबार कार्यालय समयमै गाउँ कार्यपालिकाको कार्यालयभित्र चौरसियामाथि कुटपिट तथा दुर्व्यवहार भएको भन्दै कर्मचारीहरूले सोही दिनदेखि गाउँपालिकाको सम्पूर्ण प्रशासनिक कामकाज ठप्प पारेका हुन् । आन्दोलनका कारण बुधबारदेखि गाउँपालिका अन्तर्गतका विद्यालय तथा स्वास्थ्य चौकीसमेत बन्द रहेका छन् । घटनाको तीन दिन बितिसक्दा पनि प्रहरीले किटानी जाहेरी दर्ता नगरेको र मुख्य आरोपितहरूलाई पक्राउ नगरेको भन्दै आन्दोलनरत कर्मचारीहरूले बिहीबार जिल्ला प्रहरी कार्यालय पर्सा अगाडि धर्ना दिएका छन् ।

कर्मचारीहरूका अनुसार कालिकामाई गाउँपालिका–३ का वडाध्यक्ष सञ्जय कुमार पटेल, गाउँपालिका–२ निवासी आफूलाई जेनजी अगुवा बताउने राजनिश कुशवाहा तथा हिरालाल राउत कुर्मीविरुद्ध आपराधिक उपद्रव मुद्दामा किटानी जाहेरी दिइएको भए पनि प्रहरीले दर्ता गरेको छैन् । घटनाको सीसीटीभी फुटेजमा समेत कुटपिट स्पष्ट देखिएको दाबी गर्दै कर्मचारीहरूले प्रहरीले निष्पक्ष रूपमा अनुसन्धान नगरेको आरोप लगाएका छन् ।

कर्मचारीहरूले सरकारी कार्यालयमा कार्यरत कर्मचारीमाथि कार्यालय समयमै योजनाबद्ध रूपमा भएको आक्रमण सम्पूर्ण कर्मचारी समुदायमाथिको आक्रमण भएको बताएका छन् । उनीहरूले दोषीलाई संघीय कानुनबमोजिम कडा कारबाही गर्न, सरकारी कर्मचारीको सुरक्षा सुनिश्चित गर्न तथा घटनामा संलग्न सबैलाई कानुनी दायरामा ल्याउन माग गरेका छन् । प्रमुख प्रशासकीय अधिकृत केशव कुमार अधिकारीले उक्त घटनाले कर्मचारीहरूको मनोबल कमजोर बनाएको, प्रशासनिक कामकाज प्रभावित भएको र सुशासनमा समेत नकारात्मक असर परेको बताए ।

गाउँपालिका अध्यक्ष बशिष्ट कुमार गुप्ताले कर्मचारीमाथि जुनसुकै बहानामा गरिएको कुटपिटको घटना निन्दनीय भएको भन्दै घटनामा संलग्न जो–कोही भए पनि कानुनअनुसार कारबाही हुनुपर्ने बताए । यता जिल्ला प्रहरी कार्यालय पर्साले घटनामा संलग्न रहेको आरोपमा कालिकामाई गाउँपालिका–२ निवासी रामबालक साह कानु र अरविन्द चौरसियालाई नियन्त्रणमा लिएर अभद्र व्यवहार मुद्दा दर्ता गरी अनुसन्धान अघि बढाएको जनाएको छ । घटनामा संलग्न अन्य व्यक्तिहरूको खोजी तथा अनुसन्धान जारी रहेको प्रहरीले भनाई छ ।

Tags: कालिकामाई गाउँपालिकाः कर्मचारी कुटिएको विरोधमा कामकाज ठप्प
वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

जीर्ण सडकविरुद्ध बहुअरीवासीको आक्रोश, आधा घण्टा सडक जाम

जीर्ण सडकविरुद्ध बहुअरीवासीको आक्रोश, आधा घण्टा सडक जाम

अशोज १८, २०८३
रास्वपा बारामा अधिवेशनको दबाबः ‘तत्काल जिल्ला नेतृत्व चयन गर’

रास्वपा बारामा अधिवेशनको दबाबः ‘तत्काल जिल्ला नेतृत्व चयन गर’

अशोज १८, २०८३
मितेरी पुलमै बरामद भयो ११ किलो चरेस, भारतीय भूमिमा पुगेर मात्रै रोकियो तस्करी

मितेरी पुलमै बरामद भयो ११ किलो चरेस, भारतीय भूमिमा पुगेर मात्रै रोकियो तस्करी

अशोज १८, २०८३
प्याब्सन राइम्स फेस्टिबलमा विद्या सदन स्कुल प्रथम

प्याब्सन राइम्स फेस्टिबलमा विद्या सदन स्कुल प्रथम

अशोज १८, २०८३

एल.एस. हस्पिटल एण्ड मेडिकल कलेज…..

जनहितमा जारी सन्देश…

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि