Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार जिल्ला प्रहरी कार्यालय पर्सा वीरगंज महानगरपालिका जिल्ला प्रशासन कार्यालय नेशनल मेडिकल कलेज वीरगंज भन्सार कार्यालय नेकपा एमाले
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

इन्टर्याक्ट क्लबका नवनिर्वाचित पदाधिकारीलाई नेतृत्व प्रशिक्षण

युवा नेतृत्वलाई सक्षम, जिम्मेवार र सेवामुखी बनाउने लक्ष्यसहित आयोजित प्रशिक्षणमा क्लबका अध्यक्ष, उपाध्यक्ष, सचिव, कोषाध्यक्ष, क्लब सेवा निर्देशक, सामुदायिक सेवा निर्देशकलगायत पदाधिकारीहरूलाई प्रभावकारी नेतृत्व, क्लब सञ्चालन, टोली व्यवस्थापन, परियोजना योजना, सार्वजनिक बोलाइ, सेवा गतिविधि सञ्चालन तथा रोटरी–इन्टर्याक्टका मूल्यमान्यताबारे प्रशिक्षण प्रदान गरिएको थियो ।

वीरगंज टाइम्स
वीरगंज टाइम्स
असार २५, २०८३
इन्टर्याक्ट क्लबका नवनिर्वाचित पदाधिकारीलाई नेतृत्व प्रशिक्षण

वीरगंज (पर्सा), २५ असार । इन्टर्याक्ट क्लब अफ मिनिल्याण्ड स्कुलले शैक्षिक सत्र २०२६–२७ का लागि नवनिर्वाचित पदाधिकारीहरूको नेतृत्व क्षमता, व्यवस्थापन सीप तथा सेवामूलक कार्यप्रतिको प्रतिबद्धता अभिवृद्धि गर्ने उद्देश्यले ‘Club COTS–2026 (Club Officers Training Seminar)’ भव्य रूपमा सम्पन्न गरेको छ ।

युवा नेतृत्वलाई सक्षम, जिम्मेवार र सेवामुखी बनाउने लक्ष्यसहित आयोजित प्रशिक्षणमा क्लबका अध्यक्ष, उपाध्यक्ष, सचिव, कोषाध्यक्ष, क्लब सेवा निर्देशक, सामुदायिक सेवा निर्देशकलगायत पदाधिकारीहरूलाई प्रभावकारी नेतृत्व, क्लब सञ्चालन, टोली व्यवस्थापन, परियोजना योजना, सार्वजनिक बोलाइ, सेवा गतिविधि सञ्चालन तथा रोटरी–इन्टर्याक्टका मूल्यमान्यताबारे प्रशिक्षण प्रदान गरिएको थियो ।

कार्यक्रमका मुख्य प्रशिक्षक तथा डिस्ट्रिक्ट इन्टर्याक्ट प्रतिनिधि (DIR) सक्षम बनियाँले नेतृत्व भनेको पद प्राप्त गर्नु मात्र नभई जिम्मेवारी बहन गर्ने कला भएको बताए। उनले स्पष्ट लक्ष्य, प्रभावकारी सञ्चार, टोलीसँग समन्वय, समय व्यवस्थापन र सेवाप्रतिको समर्पण सफल नेतृत्वका आधार भएको उल्लेख गर्दै विद्यार्थीहरूलाई समाजमा सकारात्मक परिवर्तन ल्याउने परियोजना सञ्चालन गर्न प्रेरित गरे ।

कार्यक्रमका प्रमुख अतिथि तथा रोटरी क्लब अफ वीरगञ्ज मेट्रोपोलिसका अध्यक्ष राजकिशोर प्रसादले युवामा नेतृत्व विकास, सामाजिक उत्तरदायित्व र स्वयंसेवाको भावना अभिवृद्धि गर्न इन्टर्याक्ट क्लबले महत्वपूर्ण भूमिका निर्वाह गरिरहेको बताए । विद्यालय तहबाटै नेतृत्व सिकेका विद्यार्थी भविष्यमा समाज र राष्ट्रका जिम्मेवार नागरिक बन्न सक्ने उनको विश्वास थियो ।

त्यसैगरी रोटार्याक्ट नेपाल डिस्ट्रिक्ट ३२९२ का एडीआरआर अमित शर्माले नेतृत्वको अवसरलाई सिकाइ र व्यक्तित्व विकासको माध्यमका रूपमा उपयोग गर्न विद्यार्थीहरूलाई आग्रह गरे। इन्टर्याक्ट क्लब भविष्यका नेतृत्वकर्ताहरू तयार गर्ने प्रभावकारी मञ्च भएको उनको भनाइ थियो ।

मिनिल्याण्ड स्कुलका प्रिन्सिपल सूरज बाबु पटेलले विद्यालयले शैक्षिक उपलब्धिसँगै नेतृत्व क्षमता, सामाजिक उत्तरदायित्व र नैतिक मूल्य विकासलाई पनि समान प्राथमिकता दिँदै आएको बताए । यस्ता प्रशिक्षणले विद्यार्थीहरूमा आत्मविश्वास, निर्णय क्षमता र समाजप्रतिको जिम्मेवारीबोध बढाउने विश्वास उनले व्यक्त गरे ।

प्रशिक्षणका क्रममा सहभागीहरूले क्लबको वार्षिक कार्ययोजना निर्माण, प्रभावकारी बैठक सञ्चालन, सेवा परियोजना व्यवस्थापन, सदस्य परिचालन, टोली निर्माण तथा समस्या समाधानसम्बन्धी अन्तरक्रियात्मक अभ्याससमेत गरेका थिए ।

कार्यक्रममा क्लबका सदस्य, शिक्षक तथा रोटरी परिवारका सदस्यहरूको उल्लेखनीय सहभागिता रहेको थियो । सहभागीहरूले आगामी कार्यकालमा शिक्षा, स्वास्थ्य, वातावरण संरक्षण, सामाजिक सेवा तथा समुदाय केन्द्रित विभिन्न परियोजना सञ्चालन गर्दै इन्टर्याक्ट क्लब अफ मिनिल्याण्ड स्कुललाई अझ प्रभावकारी बनाउने प्रतिबद्धता व्यक्त गरेका थिए ।

कार्यक्रमको समापनमा आयोजकले रोटरी क्लब अफ वीरगंज मेट्रोपोलिस, मुख्य प्रशिक्षक सक्षम बनियाँ, प्रमुख तथा विशेष अतिथिहरू, शिक्षक, रोटरी परिवारका सदस्य तथा सम्पूर्ण सहभागीप्रति आभार व्यक्त गरेको थियो । आयोजकका अनुसार ‘Club COTS–2026’ ले नवनिर्वाचित पदाधिकारीहरूलाई आगामी कार्यकाल सफलतापूर्वक सञ्चालन गर्न आवश्यक ज्ञान, सीप र आत्मविश्वास प्रदान गरेको छ ।

Tags: इन्टर्याक्ट क्लबका पदाधिकारीलाई प्रशिक्षण
वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

वीरगंजमा पहिलोपटक ‘प्याब्सन राइम्स फेस्ट’ हुँदै, २० विद्यालयका बालबालिका सहभागी

वीरगंजमा पहिलोपटक ‘प्याब्सन राइम्स फेस्ट’ हुँदै, २० विद्यालयका बालबालिका सहभागी

अशोज १७, २०८३
नेपालबाट भारततर्फ लैजाँदै गरेको ११० किलो गाँजासहित तीनजना पक्राउ

नेपालबाट भारततर्फ लैजाँदै गरेको ११० किलो गाँजासहित तीनजना पक्राउ

अशोज १७, २०८३
सन्तानको दीर्घायुको कामना गर्दै मनाइने जितिया पर्व

सन्तानको दीर्घायुको कामना गर्दै मनाइने जितिया पर्व

अशोज १७, २०८३
मधेशमा दुई महिनामै विपद्को कहरः ९२ जनाको मृत्यु, ५१० परिवार प्रभावित

मधेशमा दुई महिनामै विपद्को कहरः ९२ जनाको मृत्यु, ५१० परिवार प्रभावित

अशोज १७, २०८३

एल.एस. हस्पिटल एण्ड मेडिकल कलेज…..

जनहितमा जारी सन्देश…

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि