Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार जिल्ला प्रहरी कार्यालय पर्सा वीरगंज महानगरपालिका जिल्ला प्रशासन कार्यालय नेशनल मेडिकल कलेज वीरगंज भन्सार कार्यालय राष्ट्रिय स्वतन्त्र पार्टी
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

ठोरीबाट भारतीय चारपांग्रे सवारीको प्रवेश पुनः खुल्यो, पर्यटन र व्यापारमा उत्साह

गत असार १९ गतेदेखि ठोरी बजारमा भारतीय नम्बर प्लेटका चारपांग्रे सवारीसाधनको आवागमन रोकिएपछि स्थानीय व्यवसायी तथा पर्यटनसँग आबद्ध सरोकारवालाले निरन्तर विरोध जनाउँदै आएका थिए । सोही विषयलाई लिएर प्रतिनिधिसभामा पर्सा निर्वाचन क्षेत्र नं. ४ का सांसद टेकबहादुर शाक्यले सरकारको ध्यानाकर्षण गराउँदै ठोरी र भिस्वा–जानकीटोलाबाट भारतीय सवारी प्रवेशमा लगाइएको प्रतिबन्ध तत्काल हटाउन माग गरेका थिए ।

वीरगंज टाइम्स
वीरगंज टाइम्स
असार २३, २०८३
ठोरीबाट भारतीय चारपांग्रे सवारीको प्रवेश पुनः खुल्यो, पर्यटन र व्यापारमा उत्साह

वीरगंज (पर्सा), २३ असार । ठोरी नाकाबाट भारतीय नम्बर प्लेटका चारपांग्रे सवारीसाधनको प्रवेश मंगलबारदेखि पुनः सञ्चालनमा आएको छ । प्रवेशमा लगाइएको रोक हटाइएपछि स्थानीय पर्यटन व्यवसायी, व्यापारी तथा सर्वसाधारणमा उत्साह छाएको छ ।

गत असार १९ गतेदेखि ठोरी बजारमा भारतीय नम्बर प्लेटका चारपांग्रे सवारीसाधनको आवागमन रोकिएपछि स्थानीय व्यवसायी तथा पर्यटनसँग आबद्ध सरोकारवालाले निरन्तर विरोध जनाउँदै आएका थिए । सोही विषयलाई लिएर प्रतिनिधिसभामा पर्सा निर्वाचन क्षेत्र नं. ४ का सांसद टेकबहादुर शाक्यले सरकारको ध्यानाकर्षण गराउँदै ठोरी र भिस्वा–जानकीटोलाबाट भारतीय सवारी प्रवेशमा लगाइएको प्रतिबन्ध तत्काल हटाउन माग गरेका थिए ।

यसैबीच, ठोरीका पर्यटन व्यवसायीहरूको प्रतिनिधिमण्डलले जिल्ला प्रशासन कार्यालयमा पुगेर ज्ञापनपत्र बुझाउँदै समस्या समाधानका लागि पहल गर्न आग्रह गरेको थियो । यी पहल र छलफलपछि भारतीय नम्बर प्लेटका चारपांग्रे सवारीसाधनको प्रवेशलाई सहजीकरण गर्ने विषयमा सम्बन्धित निकायबीच सकारात्मक सहमति बनेको हो ।

भन्सार कार्यालयका अनुसार अब भारतीय नम्बर प्लेटका चारपांग्रे सवारीसाधनले ठोरी छोटी भन्सारबाट ‘निःशुल्क सुविधा पास’ लिएपछि ठोरी बजार तथा आसपासका पर्यटकीय गन्तव्यहरूको भ्रमण गर्न पाउने व्यवस्था गरिएको छ । नयाँ व्यवस्थाअनुसार मंगलबार ‘बीआर २२ पीए ०३९२’ नम्बरको भारतीय चारपांग्रे सवारीले ठोरी छोटी भन्सारबाट निःशुल्क सुविधा पास प्राप्त गरी सबैभन्दा पहिलो पटक ठोरी बजारमा प्रवेश गरेको छ । यससँगै भारतीय सवारीसाधनको प्रवेश व्यवस्था औपचारिक रूपमा पुनः लागू भएको छ ।

स्थानीय सरोकारवालाले भारतीय पर्यटकको आगमन पुनः सुरु भएसँगै ठोरीको पर्यटन क्षेत्रले नयाँ गति लिने, सीमावर्ती व्यापार–व्यवसाय चलायमान हुने तथा स्थानीय आर्थिक गतिविधिमा सकारात्मक प्रभाव पर्ने विश्वास व्यक्त गरेका छन् ।

Tags: ठोरी नाकाबाट सवारीसाधन प्रवेश
वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

जीर्ण सडकविरुद्ध बहुअरीवासीको आक्रोश, आधा घण्टा सडक जाम

जीर्ण सडकविरुद्ध बहुअरीवासीको आक्रोश, आधा घण्टा सडक जाम

अशोज १८, २०८३
रास्वपा बारामा अधिवेशनको दबाबः ‘तत्काल जिल्ला नेतृत्व चयन गर’

रास्वपा बारामा अधिवेशनको दबाबः ‘तत्काल जिल्ला नेतृत्व चयन गर’

अशोज १८, २०८३
मितेरी पुलमै बरामद भयो ११ किलो चरेस, भारतीय भूमिमा पुगेर मात्रै रोकियो तस्करी

मितेरी पुलमै बरामद भयो ११ किलो चरेस, भारतीय भूमिमा पुगेर मात्रै रोकियो तस्करी

अशोज १८, २०८३
प्याब्सन राइम्स फेस्टिबलमा विद्या सदन स्कुल प्रथम

प्याब्सन राइम्स फेस्टिबलमा विद्या सदन स्कुल प्रथम

अशोज १८, २०८३

एल.एस. हस्पिटल एण्ड मेडिकल कलेज…..

जनहितमा जारी सन्देश…

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि