Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार जिल्ला प्रहरी कार्यालय पर्सा वीरगंज महानगरपालिका जिल्ला प्रशासन कार्यालय नेशनल मेडिकल कलेज नेकपा एमाले वीरगंज भन्सार कार्यालय
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

दुर्गा प्रसाईंको नेतृत्वमा सरकारविरुद्ध प्रदर्शन

र्‍यालीलाई सम्बोधन गर्दै दुर्गा प्रसाईंले वर्तमान सरकारले जनताको अपेक्षाअनुसार काम गर्न नसकेको आरोप लगाए । सिंहदरबारको प्रशासनिक प्रणाली राजनीतिक नेतृत्वकै कारण कमजोर बन्दै गएको दाबी गर्दै उनले सरकारका गतिविधिमाथि नागरिकस्तरबाट निरन्तर खबरदारी आवश्यक रहेको बताए ।

वीरगंज टाइम्स
वीरगंज टाइम्स
असार २३, २०८३
दुर्गा प्रसाईंको नेतृत्वमा सरकारविरुद्ध प्रदर्शन

जनकपुरधाम (धनुषा), २३ असार । नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईंको नेतृत्वमा मंगलबार जनकपुरधाममा सरकारविरुद्ध प्रदर्शन तथा र्‍याली निकालिएको छ । विभिन्न जिल्लाबाट आएका समर्थकहरूले वर्तमान सरकारको कार्यशैली, सुशासन र प्रशासनिक अवस्थाप्रति असन्तुष्टि जनाउँदै विरोध प्रदर्शन गरेका हुन् ।

जानकी मन्दिर परिसरबाट सुरु भएको र्‍याली जनकचोक, शिवचोक, भानुचोक हुँदै नगरका विभिन्न स्थानको परिक्रमा गरेको थियो । प्रदर्शनमा सहभागीहरूले भ्रष्टाचार नियन्त्रण, सुशासनको प्रत्याभूति, जनउत्तरदायी शासन व्यवस्था र प्रशासनिक सुधारको माग गर्दै नाराबाजी गरेका थिए । र्‍यालीलाई सम्बोधन गर्दै दुर्गा प्रसाईंले वर्तमान सरकारले जनताको अपेक्षाअनुसार काम गर्न नसकेको आरोप लगाए । सिंहदरबारको प्रशासनिक प्रणाली राजनीतिक नेतृत्वकै कारण कमजोर बन्दै गएको दाबी गर्दै उनले सरकारका गतिविधिमाथि नागरिकस्तरबाट निरन्तर खबरदारी आवश्यक रहेको बताए ।

सरकारको सय दिने कार्यकालको समीक्षा गर्दै आफ्नो अभियानले उपलब्धि र कमजोरी समेटिएको विस्तृत मूल्याङ्कन प्रतिवेदन सार्वजनिक गर्ने तयारी गरिरहेको पनि उनले जानकारी दिए । प्रसाईंले प्रशासनिक अवस्था, आर्थिक चुनौती, सुशासन र विदेश नीतिलगायतका विषयमा सरकारमाथि प्रश्न उठाउँदै राष्ट्रिय हितलाई केन्द्रमा राखेर निर्णय लिनुपर्ने धारणा व्यक्त गरे । शासन प्रणालीप्रति जनविश्वास घट्दै गएको उल्लेख गर्दै त्यसको सुधारका लागि राजनीतिक उत्तरदायित्व आवश्यक रहेको उनले बताए ।

र्‍यालीअघि प्रसाईंले जानकी मन्दिरमा पूजा–अर्चना गरेका थिए । साँझ जानकी मन्दिर परिसरमा दीप प्रज्वलन कार्यक्रमसमेत आयोजना गरिएको नागरिक बचाउ महाअभियानले जनाएको छ । प्रदर्शनलाई लक्षित गर्दै नेपाल प्रहरीले र्‍याली मार्गमा आवश्यक सुरक्षा व्यवस्था मिलाएको थियो ।

Tags: सरकारविरुद्ध प्रदर्शन
वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

लक्षित वर्गका विरामीहरुलाई सहुलियत दिन जिल्ला प्रशासन कार्यालयको निर्देशन

लक्षित वर्गका विरामीहरुलाई सहुलियत दिन जिल्ला प्रशासन कार्यालयको निर्देशन

असार २३, २०८३
लागूऔषधसहित तीनजना पक्राउ

लागूऔषधसहित तीनजना पक्राउ

असार २३, २०८३
पर्याप्त मनसुनी वर्षा नहुँदा धान रोपाइँ प्रभावित

पर्याप्त मनसुनी वर्षा नहुँदा धान रोपाइँ प्रभावित

असार २३, २०८३
ठोरीबाट भारतीय चारपांग्रे सवारीको प्रवेश पुनः खुल्यो, पर्यटन र व्यापारमा उत्साह

ठोरीबाट भारतीय चारपांग्रे सवारीको प्रवेश पुनः खुल्यो, पर्यटन र व्यापारमा उत्साह

असार २३, २०८३

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि