Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार जिल्ला प्रहरी कार्यालय पर्सा वीरगंज महानगरपालिका जिल्ला प्रशासन कार्यालय नेशनल मेडिकल कलेज वीरगंज भन्सार कार्यालय नेकपा एमाले
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

एल.एस. न्युरो एण्ड जनरल अस्पतालमा ५७ जनाद्वारा रक्तदान, १७ महिला सहभागी

संकलित रगत आकस्मिक शल्यक्रिया, दुर्घटनामा परेका बिरामी, सुत्केरी महिला, थालासेमिया, क्यान्सर तथा अन्य जटिल रोगबाट पीडित बिरामीहरूको उपचारमा उपयोग गरिनेछ ।

वीरगंज टाइम्स
वीरगंज टाइम्स
असार २०, २०८३
एल.एस. न्युरो एण्ड जनरल अस्पतालमा ५७ जनाद्वारा रक्तदान, १७ महिला सहभागी

परवानीपुर (बारा), २० असार । बारा जिल्ला परवानीपुर गाउँपालिका वडा नं. ५ स्थित एल.एस. न्युरो एण्ड जनरल अस्पतालले आफ्नो सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत शुक्रबार अस्पताल परिसरमा आयोजना गरेको वृहत् स्वेच्छिक रक्तदान कार्यक्रममा १७ महिलासहित ५७ जनाले रक्तदान गरेका छन् । अस्पतालका निर्देशक डा. अर्जुन पटेलले रक्तदान गरेर उद्घाटन गरेको सो कार्यक्रममा समाजसेवी, युवा, स्वास्थ्यकर्मी तथा सर्वसाधारणको उल्लेखनीय सहभागिता रहेको थियो ।

रक्तदान कार्यक्रमको उद्घाटन गर्दै अस्पतालका निर्देशक डा. पटेलले रगतको अभावका कारण कुनैपनि बिरामी उपचारबाट वञ्चित हुन नपरोस् भन्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको जनाएका छन् । सहभागीहरूले रक्तदानलाई मानव जीवन बचाउने सबैभन्दा ठूलो मानवीय सेवा भएको उल्लेख गर्दै स्वस्थ व्यक्तिले नियमित रूपमा रक्तदान गर्नुपर्ने धारणा व्यक्त गरेका थिए ।

अस्पताल प्रशासनका अनुसार संकलित रगत आकस्मिक शल्यक्रिया, दुर्घटनामा परेका बिरामी, सुत्केरी महिला, थालासेमिया, क्यान्सर तथा अन्य जटिल रोगबाट पीडित बिरामीहरूको उपचारमा उपयोग गरिनेछ । स्वेच्छिक रक्तदानको संस्कृतिलाई समाजमा विस्तार गर्न यस्ता कार्यक्रम प्रभावकारी हुने विश्वास लिइएको अस्पतालका प्रशासन प्रमुख विनोद पटेलले जानकारी दिए ।

कार्यक्रममा नेपाल रेडक्रस सोसाइटीको प्राविधिक टोलीसँगै अस्पतालका चिकित्सक, नर्स, कर्मचारी तथा स्वयंसेवकहरूले सक्रिय भूमिका निर्वाह गरेका थिए । रक्तदान गर्ने सबैलाई प्रशंसापत्र प्रदान गरिएको अस्पताल प्रशासनले जनाएको छ । साथै, आगामी दिनमा पनि यस्ता सामाजिक तथा मानवीय कार्यक्रमलाई निरन्तरता दिइने प्रतिबद्धता व्यक्त गरिएको छ ।

सन् २०१७ देखि सञ्चालनमा रहेको एल.एस. न्युरो एण्ड जनरल अस्पतालले उपचार सेवासँगै स्वास्थ्य सचेतना अभिवृद्धि र सामाजिक उत्तरदायित्वसम्बन्धी विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको छ ।

Tags: एल.एस. न्युरो एण्ड जनरल अस्पताल
वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

जेलरको सरुवाको माग गर्दै सप्तरी कारागारमा कैदीबन्दीको आन्दोलनः आत्मदाह प्रयासपछि तनाव

जेलरको सरुवाको माग गर्दै सप्तरी कारागारमा कैदीबन्दीको आन्दोलनः आत्मदाह प्रयासपछि तनाव

साउन २, २०८३
पहिरोको जोखिम बढेपछि अर्को सूचना नभएसम्म नारायणगढ-मुग्लिन सडकखण्ड बन्द

पहिरोको जोखिम बढेपछि अर्को सूचना नभएसम्म नारायणगढ-मुग्लिन सडकखण्ड बन्द

साउन २, २०८३
तीन दिनपछि पत्ता लाग्यो ३३ केभी अन्डरग्राउन्ड केबलको फल्टः विद्युत सुधार अन्तिम चरणमा

तीन दिनपछि पत्ता लाग्यो ३३ केभी अन्डरग्राउन्ड केबलको फल्टः विद्युत सुधार अन्तिम चरणमा

साउन २, २०८३
कर्मचारीमाथि कुटपिट प्रकरण: सत्यतथ्य सार्वजनिक गर्न राजेश कुर्मीको आग्रह

कर्मचारीमाथि कुटपिट प्रकरण: सत्यतथ्य सार्वजनिक गर्न राजेश कुर्मीको आग्रह

साउन २, २०८३

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि