Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार जिल्ला प्रहरी कार्यालय पर्सा वीरगंज महानगरपालिका जिल्ला प्रशासन कार्यालय नेशनल मेडिकल कलेज वीरगंज भन्सार कार्यालय नेकपा एमाले
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

पेट्रोलियम पदार्थको मूल्य घटेसँगै निजी पम्पहरुको मनोमानीः जिल्ला प्रशासनद्वारा छडके अनुगमन

मूल्य घटेपछि वीरगंजका अधिकांश पेट्रोल पम्पले बुधवार विहानै देखि ‘पेट्रोल र डिजेल उपलब्ध छैन’ भन्ने सूचना राखेर बिक्री–वितरण बन्द गरेका थिए । प्रशासनको प्रारम्भिक निष्कर्षअनुसार केही पम्प सञ्चालकले मूल्य घट्नुअघि खरिद गरिएको इन्धन बढी मूल्यमा बिक्री गर्ने उद्देश्यले नयाँ मौज्दात नउठाई कृत्रिम अभाव सिर्जना गरेको देखिएको छ ।

वीरगंज टाइम्स
वीरगंज टाइम्स
असार १७, २०८३
पेट्रोलियम पदार्थको मूल्य घटेसँगै निजी पम्पहरुको मनोमानीः जिल्ला प्रशासनद्वारा छडके अनुगमन

वीरगंज (पर्सा), १७ असार । नेपाल आयल निगम लिमिटेडले पेट्रोलियम पदार्थको मूल्य घटाएलगत्तै वीरगंजका अधिकांश निजी पेट्रोल पम्पमा कृत्रिम अभाव देखिएपछि जिल्ला प्रशासन कार्यालय पर्सा र नेपाल प्रहरीको संयुक्त टोलीले छडके अनुगमण गरेको छ । निगमले मङ्गलबार रातिदेखि लागू हुने गरी पेट्रोलमा प्रतिलिटर २० रुपैयाँ तथा डिजेल र मट्टीतेलमा प्रतिलिटर ३० रुपैयाँ मूल्य घटाएको थियो ।

मूल्य घटेपछि वीरगंजका अधिकांश पेट्रोल पम्पले बुधवार विहानै देखि ‘पेट्रोल र डिजेल उपलब्ध छैन’ भन्ने सूचना राखेर बिक्री–वितरण बन्द गरेका थिए । प्रशासनको प्रारम्भिक निष्कर्षअनुसार केही पम्प सञ्चालकले मूल्य घट्नुअघि खरिद गरिएको इन्धन बढी मूल्यमा बिक्री गर्ने उद्देश्यले नयाँ मौज्दात नउठाई कृत्रिम अभाव सिर्जना गरेको देखिएको छ । वीरगंज, काठमण्डौ लगायत मुलुकका अधिकाँश स्थानमा पेट्रोल पम्पवलाहरूले यसै गरेको भन्दै कडा अनुगमन र कारवाही गर्न सरकारले जिल्ला प्रशासनलाई निर्देशन दिएको थियो ।

यस्तै भएको बुधवार मध्यान्ह देखि जिल्ला प्रशासन कार्यालय र प्रहरीको टोलीले विभिन्न पेट्रोल पम्पमा पुगेर मौज्दात, बिक्री–वितरण तथा आपूर्तिको अवस्थाबारे अनुगमन गरेको थियो । नेपाल आयल निगमले भने बजारमा इन्धनको वास्तविक अभाव नरहेको स्पष्ट गर्दै पर्याप्त मौज्दात रहेको जनाएको छ । सहज रूपमा इन्धन उपलब्ध हुँदाहुँदै पनि जानाजानी बिक्री बन्द गर्ने तथा कृत्रिम अभाव सिर्जना गर्ने पम्प सञ्चालकमाथि कानुनबमोजिम कारबाही गरिने निगमले जनाएको छ ।

नयाँ मूल्यअनुसार पेट्रोलको मूल्य प्रतिलिटर १९७ रुपैयाँ, डिजेल तथा मट्टीतेलको १९५ रुपैयाँ र आन्तरिक हवाई इन्धनको २२९ रुपैयाँ कायम गरिएको छ । खाना पकाउने एलपी ग्यासको मूल्य प्रतिसिलिन्डर दुई हजार ६० रुपैयाँ यथावत् रहेको निगमले जनाएको छ । मध्यपूर्वमा युद्धविरामको सहमतिपछि अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य घटेकाले सोहीअनुसार निगमले स्वचालित मूल्य प्रणालीअनुसार मूल्य समायोजन गरेको हो ।

Tags: पेट्रोलियम पदार्थको कृत्तिम अभाव भएपछि प्रशासनको छडके अनुगमन
वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

जेलरको सरुवाको माग गर्दै सप्तरी कारागारमा कैदीबन्दीको आन्दोलनः आत्मदाह प्रयासपछि तनाव

जेलरको सरुवाको माग गर्दै सप्तरी कारागारमा कैदीबन्दीको आन्दोलनः आत्मदाह प्रयासपछि तनाव

साउन २, २०८३
पहिरोको जोखिम बढेपछि अर्को सूचना नभएसम्म नारायणगढ-मुग्लिन सडकखण्ड बन्द

पहिरोको जोखिम बढेपछि अर्को सूचना नभएसम्म नारायणगढ-मुग्लिन सडकखण्ड बन्द

साउन २, २०८३
तीन दिनपछि पत्ता लाग्यो ३३ केभी अन्डरग्राउन्ड केबलको फल्टः विद्युत सुधार अन्तिम चरणमा

तीन दिनपछि पत्ता लाग्यो ३३ केभी अन्डरग्राउन्ड केबलको फल्टः विद्युत सुधार अन्तिम चरणमा

साउन २, २०८३
कर्मचारीमाथि कुटपिट प्रकरण: सत्यतथ्य सार्वजनिक गर्न राजेश कुर्मीको आग्रह

कर्मचारीमाथि कुटपिट प्रकरण: सत्यतथ्य सार्वजनिक गर्न राजेश कुर्मीको आग्रह

साउन २, २०८३

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि