Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार जिल्ला प्रहरी कार्यालय पर्सा वीरगंज महानगरपालिका नेशनल मेडिकल कलेज जिल्ला प्रशासन कार्यालय वीरगंज भन्सार कार्यालय नेकपा एमाले
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

भुक्तानी रोकिएपछि सरकारी कार्यालयमा तालाबन्दी, १४ करोड रुपैयाँ रोकिएको दाबी

निर्माण व्यवसायी संघ धनुषाका पूर्व महासचिव विनोद कर्णले ३१११२ शीर्षक अन्तर्गत विभिन्न जातीय मठमन्दिर तथा आवासीय निर्माणसम्बन्धी योजनाको भुक्तानी रोकिएको जानकारी दिए । कर्णका अनुसार धनुषामा मात्रै यस्ता ४८ वटा योजनाको करिब १४ करोड रुपैयाँ भुक्तानी रोकिएको छ ।

वीरगंज टाइम्स
वीरगंज टाइम्स
असार १७, २०८३
भुक्तानी रोकिएपछि सरकारी कार्यालयमा तालाबन्दी, १४ करोड रुपैयाँ रोकिएको दाबी

जनकपुरधाम (धनुषा), १७ असार । सम्पन्न तथा अन्तिम चरणमा पुगेका विकास आयोजनाको भुक्तानी रोकिएको विरोधमा धनुषाका निर्माण व्यवसायीहरूले भौतिक पूर्वाधार विकास कार्यालय धनुषा र कोष तथा लेखा नियन्त्रकको कार्यालयमा तालाबन्दी गरेका छन् । निर्माण व्यवसायी संघ धनुषाको नेतृत्वमा भएको आन्दोलनमा सहभागी व्यवसायीहरूले आर्थिक वर्षको अन्तिम दिनसम्म पनि सम्पन्न योजनाको भुक्तानी हुन नसक्दा आफूहरू गम्भीर आर्थिक संकटमा परेको बताएका छन् । उनीहरूका अनुसार मधेश प्रदेश सरकारको अर्थ मन्त्रालयबाट आवश्यक स्वीकृति नआएको भन्दै भुक्तानी प्रक्रिया रोकिएको हो ।

निर्माण व्यवसायी संघ धनुषाका पूर्व महासचिव विनोद कर्णले ३१११२ शीर्षक अन्तर्गत विभिन्न जातीय मठमन्दिर तथा आवासीय निर्माणसम्बन्धी योजनाको भुक्तानी रोकिएको जानकारी दिए । उनका अनुसार सुरुमा सोही शीर्षकका केही योजनाको भुक्तानी गरिएको भए पनि असार मसान्त आउन करिब दुई साताअघि स्वीकृति नलिएको भन्दै बाँकी फाइलको भुक्तानी रोकिएको हो ।

कर्णका अनुसार धनुषामा मात्रै यस्ता ४८ वटा योजनाको करिब १४ करोड रुपैयाँ भुक्तानी रोकिएको छ । प्रदेशभरि भने एक सयभन्दा बढी योजनाको भुक्तानी प्रभावित भएको हुन सक्ने उनको अनुमान छ । सरकारबाट समयमै भुक्तानी नहुँदा बैंक ग्यारेन्टी नवीकरण, मजदुरको पारिश्रमिक, निर्माण सामग्री आपूर्तिकर्ताको भुक्तानी तथा बैंक ऋण तिर्न कठिन भएको भन्दै व्यवसायीहरूले तत्काल भुक्तानी निकासा गर्न माग गरेका छन् ।

यता, भौतिक पूर्वाधार विकास कार्यालय, जनकपुरधामका प्रमुख सञ्जीवकुमार साहले निर्माण व्यवसायी तथा उपभोक्ता समितिले तालाबन्दी गरेपछि कार्यालयको नियमित काम प्रभावित भएको बताए । उनका अनुसार गैरआवासीय भवन निर्माण शीर्षकअन्तर्गत पूर्वस्वीकृति नलिइएको भन्दै कोष तथा लेखा नियन्त्रकको कार्यालयले भुक्तानी रोक्न पत्राचार गरेको हो । त्यसपछि अर्थ मन्त्रालयबाट ’बाधा अड्काउ फुकाउ’ सम्बन्धी आदेश प्राप्त भएपछि मात्रै भुक्तानी गर्न निर्देशन आएकाले हाल भुक्तानी प्रक्रिया रोकिएको उनले स्पष्ट पारे । निर्माण व्यवसायीहरूले तत्काल भुक्तानी प्रक्रिया अघि नबढाइए आन्दोलन थप सशक्त बनाउने चेतावनी दिएका छन् ।

Tags: भौतिक पूर्वाधार विकास कार्यालय
वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

कालोपत्रे सडक रातारात पुनः कालोपत्रे, रहस्यमय सडक निर्माणले उठायो बजेट दुरुपयोगको आशंका

कालोपत्रे सडक रातारात पुनः कालोपत्रे, रहस्यमय सडक निर्माणले उठायो बजेट दुरुपयोगको आशंका

असार १७, २०८३
पेट्रोलियम पदार्थको मूल्य घटेसँगै निजी पम्पहरुको मनोमानीः जिल्ला प्रशासनद्वारा छडके अनुगमन

पेट्रोलियम पदार्थको मूल्य घटेसँगै निजी पम्पहरुको मनोमानीः जिल्ला प्रशासनद्वारा छडके अनुगमन

असार १७, २०८३
चितवन राष्ट्रिय निकुञ्जमा बुधबारदेखि जङ्गल सफारी सेवा बन्द

चितवन राष्ट्रिय निकुञ्जमा बुधबारदेखि जङ्गल सफारी सेवा बन्द

असार १७, २०८३
ज्यान मुद्दामा निलम्बित सांसद अभिराम शर्माको जन्मकैदको फैसला घटाएर ५ वर्ष कैद सजाय

ज्यान मुद्दामा निलम्बित सांसद अभिराम शर्माको जन्मकैदको फैसला घटाएर ५ वर्ष कैद सजाय

असार १७, २०८३

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि