Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार जिल्ला प्रहरी कार्यालय पर्सा वीरगंज महानगरपालिका जिल्ला प्रशासन कार्यालय नेशनल मेडिकल कलेज वीरगंज भन्सार कार्यालय राष्ट्रिय स्वतन्त्र पार्टी
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

धनुषामा होटल र किराना पसलमा अनुगमन, मापदण्ड उल्लङ्घन गर्ने होटललाई २५ हजार जरिवाना

मधेश प्रदेश सरकारको गृह, कानुन तथा सञ्चार मन्त्रालयको नेतृत्वमा खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय, जनकपुर तथा जिल्ला प्रशासन कार्यालय धनुषाको संयुक्त टोलीले लालगढ र ढल्केबर क्षेत्रमा सञ्चालित होटल तथा किराना पसलमा अनुगमन गरेको हो ।

वीरगंज टाइम्स
वीरगंज टाइम्स
असार १७, २०८३
धनुषामा होटल र किराना पसलमा अनुगमन, मापदण्ड उल्लङ्घन गर्ने होटललाई २५ हजार जरिवाना

जनकपुरधाम (धनुषा), १७ असार । होटल तथा रेस्टुरेन्टमा अस्वच्छ तथा गुणस्तरहीन खाना बिक्री भइरहेको भन्दै सर्वसाधारणबाट गुनासो बढेपछि धनुषाको पूर्व–पश्चिम राजमार्ग क्षेत्रका होटल तथा किराना पसलमा संयुक्त अनुगमन गरिएको छ । मधेश प्रदेश सरकारको गृह, कानुन तथा सञ्चार मन्त्रालयको नेतृत्वमा खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय, जनकपुर तथा जिल्ला प्रशासन कार्यालय धनुषाको संयुक्त टोलीले लालगढ र ढल्केबर क्षेत्रमा सञ्चालित होटल तथा किराना पसलमा अनुगमन गरेको हो ।

अनुगमनका क्रममा अधिकांश होटलले खाद्य स्वच्छतासम्बन्धी मापदण्ड पालना नगरेको, म्याद गुज्रिएका खाद्य सामग्री भण्डारण गरेको तथा अखाद्य र पुनःप्रयोग गरिएको तेल प्रयोग गरेर खाना पकाएको पाइएको टोलीले जनाएको छ । लालगढस्थित बौवा होटलमा मापदण्डविपरीत प्रयोग गरिएको तेलमा पकाइएको करिब १५ किलो माछा र मासु नष्ट गरिएको छ । खाद्य ऐन उल्लङ्घन गरेको ठहर गर्दै उक्त होटललाई २५ हजार रुपैयाँ जरिवाना गरिएको अनुगमन टोलीले जनाएको छ ।

यसैगरी, लालगढ र ढल्केबर क्षेत्रमा सञ्चालित गौतम, पुकार, थापा, कोमललगायत नौ वटा होटल तथा केही किराना पसलमा पनि अनुगमन गरिएको थियो । अनुगमनका क्रममा भेटिएका म्याद गुज्रिएका खाद्य सामग्री तत्काल नष्ट गरिएको छ । अनुगमन टोलीले होटल व्यवसायीलाई स्वच्छ, सफा र ताजा खाद्य सामग्री मात्र प्रयोग गर्न, मूल्यसूचीअनुसार सेवा उपलब्ध गराउन, उपभोक्तासँग तोकिएकोभन्दा बढी मूल्य नलिन तथा प्रचलित खाद्य मापदण्डको पूर्ण पालना गरेर व्यवसाय सञ्चालन गर्न निर्देशन दिएको छ ।

खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयले उपभोक्ताको स्वास्थ्य सुरक्षालाई प्राथमिकतामा राख्दै यस्ता बजार अनुगमनलाई आगामी दिनमा पनि निरन्तरता दिइने जनाएको छ ।

Tags: होटल र किराना पसलमा अनुगमन
वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

जीर्ण सडकविरुद्ध बहुअरीवासीको आक्रोश, आधा घण्टा सडक जाम

जीर्ण सडकविरुद्ध बहुअरीवासीको आक्रोश, आधा घण्टा सडक जाम

अशोज १८, २०८३
रास्वपा बारामा अधिवेशनको दबाबः ‘तत्काल जिल्ला नेतृत्व चयन गर’

रास्वपा बारामा अधिवेशनको दबाबः ‘तत्काल जिल्ला नेतृत्व चयन गर’

अशोज १८, २०८३
मितेरी पुलमै बरामद भयो ११ किलो चरेस, भारतीय भूमिमा पुगेर मात्रै रोकियो तस्करी

मितेरी पुलमै बरामद भयो ११ किलो चरेस, भारतीय भूमिमा पुगेर मात्रै रोकियो तस्करी

अशोज १८, २०८३
प्याब्सन राइम्स फेस्टिबलमा विद्या सदन स्कुल प्रथम

प्याब्सन राइम्स फेस्टिबलमा विद्या सदन स्कुल प्रथम

अशोज १८, २०८३

एल.एस. हस्पिटल एण्ड मेडिकल कलेज…..

जनहितमा जारी सन्देश…

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि