Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार जिल्ला प्रहरी कार्यालय पर्सा वीरगंज महानगरपालिका जिल्ला प्रशासन कार्यालय नेशनल मेडिकल कलेज वीरगंज भन्सार कार्यालय राष्ट्रिय स्वतन्त्र पार्टी
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

सीमा तस्करी र भ्रष्टाचारविरुद्ध कडा बन्न मधेश प्रदेश प्रहरी प्रमुखको निर्देशन

कानुनको प्रभावकारी कार्यान्वयनमा कुनै सम्झौता नहुने उल्लेख गर्दै भ्रष्टाचारमा संलग्न जोसुकैलाई पनि कानुनी दायरामा ल्याइने स्पष्ट पारे । साथै नागरिकका कामकारबाहीलाई छिटो, सहज र प्रभावकारी रूपमा गर्न कुनै ढिलासुस्ती नगर्न निर्देशन दिए ।

वीरगंज टाइम्स
वीरगंज टाइम्स
असार १६, २०८३
सीमा तस्करी र भ्रष्टाचारविरुद्ध कडा बन्न मधेश प्रदेश प्रहरी प्रमुखको निर्देशन

कलैया (बारा), १६ असार । मधेश प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक (डीआईजी) ओमप्रसाद अधिकारीले सीमा क्षेत्रमा हुने भन्सार चोरी निकासी, तस्करी तथा अन्य गैरकानुनी गतिविधिविरुद्ध प्रभावकारी रूपमा परिचालित हुन मातहतका प्रहरीलाई निर्देशन दिएका छन् । जिल्ला प्रहरी कार्यालय बारा, कलैयाको निरीक्षण तथा अनुगमनपछि प्रहरी उपरीक्षक नरेन्द्र कुँवरमार्फत निर्देशन दिँदै डीआईजी अधिकारीले अपराध नियन्त्रण र अनुसन्धानलाई अझ प्रभावकारी बनाउन, सेवाग्राहीप्रति जिम्मेवार, पारदर्शी तथा उत्तरदायी भएर काम गर्न आग्रह गरे ।

उनले संगठनको गरिमा कायम राख्दै उच्च मनोबलका साथ त्रुटिरहित कार्यसम्पादन गर्न प्रहरी कर्मचारीलाई सचेत गराए । उनले जनविश्वास कायम राख्न प्रत्येक प्रहरी कर्मचारीले अनुशासन, इमान्दारिता, व्यावसायिक दक्षता र सेवाभावलाई व्यवहारमा उतार्नुपर्नेमा जोड दिए । कानुनको प्रभावकारी कार्यान्वयनमा कुनै सम्झौता नहुने उल्लेख गर्दै भ्रष्टाचारमा संलग्न जोसुकैलाई पनि कानुनी दायरामा ल्याइने स्पष्ट पारे । साथै नागरिकका कामकारबाहीलाई छिटो, सहज र प्रभावकारी रूपमा गर्न कुनै ढिलासुस्ती नगर्न निर्देशन दिए ।

डीआईजी अधिकारीले जिल्लाको शान्ति–सुरक्षा व्यवस्थापनलाई थप सुदृढ बनाउन, बदलिँदो परिस्थितिअनुसार छिटो, निष्पक्ष तथा नागरिकमैत्री प्रहरी सेवा प्रवाह गर्न र प्रहरी कर्मचारीको आचरण, व्यवहार, अनुशासन तथा व्यावसायिक क्षमता अभिवृद्धिमा विशेष ध्यान दिनुपर्ने बताए । उनले सबै प्रहरी कर्मचारीलाई इमान्दारिता र समर्पणका साथ जिम्मेवारी निर्वाह गर्न आग्रह गरे ।

निरीक्षणका क्रममा उनले नागरिक सहायता कक्ष, कन्ट्रोल रुम, दर्ता–चलानी कक्ष, अपराध नियन्त्रण तथा अनुसन्धान शाखा, उजुरी छानबिन शाखा, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक सेवा केन्द्र, कर्मचारी प्रशासन, सूचना संकलन तथा विश्लेषण शाखा, अनुसन्धान योजना शाखा, प्रबन्ध तथा आर्थिक प्रशासन शाखा, सामुदायिक प्रहरी शाखा, अनुचित लेनदेन अनुसन्धान शाखा, सञ्चार शाखा, कार्यालय परिसर, ब्यारेक, मेस, क्यान्टिन तथा हिरासत व्यवस्थापन कक्षलगायतका शाखाको स्थलगत निरीक्षण गरेका थिए ।

यसैबीच, केही दिनअघि गृहमन्त्रीले बारा र पर्साका सीमावर्ती नाकाको स्थलगत निरीक्षण गरेको विषय सार्वजनिक भएपछि सुरक्षा निकायभित्र सीमा क्षेत्रमा हुने अवैध गतिविधि नियन्त्रणमा थप सक्रिय र संवेदनशील बन्नुपर्ने सन्देश प्रवाह भएको प्रहरी स्रोतको भनाइ छ । त्यसपछि सीमा सुरक्षा, तस्करी नियन्त्रण र प्रहरीको कार्यसम्पादनलाई अझ प्रभावकारी बनाउने विषयमा विशेष जोड दिइएको बताइएको छ ।

Tags: जिल्ला प्रहरी कार्यालय बारा
वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

जीर्ण सडकविरुद्ध बहुअरीवासीको आक्रोश, आधा घण्टा सडक जाम

जीर्ण सडकविरुद्ध बहुअरीवासीको आक्रोश, आधा घण्टा सडक जाम

अशोज १८, २०८३
रास्वपा बारामा अधिवेशनको दबाबः ‘तत्काल जिल्ला नेतृत्व चयन गर’

रास्वपा बारामा अधिवेशनको दबाबः ‘तत्काल जिल्ला नेतृत्व चयन गर’

अशोज १८, २०८३
मितेरी पुलमै बरामद भयो ११ किलो चरेस, भारतीय भूमिमा पुगेर मात्रै रोकियो तस्करी

मितेरी पुलमै बरामद भयो ११ किलो चरेस, भारतीय भूमिमा पुगेर मात्रै रोकियो तस्करी

अशोज १८, २०८३
प्याब्सन राइम्स फेस्टिबलमा विद्या सदन स्कुल प्रथम

प्याब्सन राइम्स फेस्टिबलमा विद्या सदन स्कुल प्रथम

अशोज १८, २०८३

एल.एस. हस्पिटल एण्ड मेडिकल कलेज…..

जनहितमा जारी सन्देश…

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि