वीरगंज (पर्सा), १५ असार । जेष्ठ नागरिक संघ पर्साको आयोजनामा वीरगंजमा २३ औँ राष्ट्रिय धान दिवस मनाइएको छ । कार्यक्रममा प्रमुख अतिथिका रूपमा सहभागी भएका वीरगंज महानगरपालिकाका कार्यवाहक प्रमुख इम्तियाज आलमले कृषि क्षेत्रको विकास र धान उत्पादनमा आधुनिक एवं जलवायु मैत्री प्रविधिको प्रयोग अपरिहार्य रहेको बताए ।
उनले महानगरपालिका नगरका किसानहरूलाई प्रोत्साहन गर्न र कृषि उत्पादकत्व बढाउन सधैं तत्पर रहेको धारणा राखे । त्यसैगरी, महानगरका प्रमुख प्रशासकीय अधिकृत बसन्त बहादुर बोहराले जलवायु परिवर्तनको वर्तमान चुनौतीलाई चिर्न अनुकूलित प्रविधिको प्रवद्र्धन गर्नुपर्नेमा जोड दिए ।
कृषि र समाजको अन्तरसम्बन्धमाथि प्रकाश ज्येष्ठ नागरिक संघका अध्यक्ष जगदीश प्रसाद शर्माले हाम्रा परम्परागत चाडपर्व र कृषिको महत्वलाई नयाँ पुस्तासम्म पुर्याउन यस्ता कार्यक्रमले ऊर्जा दिने उल्लेख गरे । वीरगंज उद्योग वाणिज्य संघका अध्यक्ष हरि प्रसाद गौतमले कृषि क्षेत्रको व्यावसायिकरण र स्वदेशी उत्पादनको प्रवद्र्धनले मात्र आर्थिक समृद्धि सम्भव हुने विचार व्यक्त गरे ।







प्रतिक्रिया दिनुहोस् !