Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार जिल्ला प्रहरी कार्यालय पर्सा वीरगंज महानगरपालिका जिल्ला प्रशासन कार्यालय नेशनल मेडिकल कलेज वीरगंज भन्सार कार्यालय राष्ट्रिय स्वतन्त्र पार्टी
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

२० वर्षपछि विवाह गर्ने बर्दिबासका छोरीलाई ५१ हजार रुपैयाँ प्रोत्साहन

आगामी आर्थिक वर्ष २०८३/८४ देखि २० वर्ष उमेर पूरा भएपछि विवाह गर्ने नगरभित्रका प्रत्येक युवतीलाई ५१ हजार रुपैयाँ नगद प्रोत्साहन उपलब्ध गराइने भएको छ । नगरपालिकाको १८औँ नगरसभामा प्रस्तुत नीति तथा कार्यक्रम तथा बजेटमार्फत उक्त व्यवस्था सार्वजनिक गरिएको हो ।

वीरगंज टाइम्स
वीरगंज टाइम्स
असार ५, २०८३
२० वर्षपछि विवाह गर्ने बर्दिबासका छोरीलाई ५१ हजार रुपैयाँ प्रोत्साहन

बर्दिवास (महोत्तरी), ५ असार । बालविवाह नियन्त्रण र कानुनी उमेरमा विवाह गर्ने संस्कृतिलाई प्रोत्साहन गर्न महोत्तरीको बर्दिबास नगरपालिकाले नयाँ योजना अघि सारेको छ । आगामी आर्थिक वर्ष २०८३/८४ देखि २० वर्ष उमेर पूरा भएपछि विवाह गर्ने नगरभित्रका प्रत्येक युवतीलाई ५१ हजार रुपैयाँ नगद प्रोत्साहन उपलब्ध गराइने भएको छ । नगरपालिकाको १८औँ नगरसभामा प्रस्तुत नीति तथा कार्यक्रम तथा बजेटमार्फत उक्त व्यवस्था सार्वजनिक गरिएको हो ।

नगरप्रमुख प्रल्हादकुमार क्षेत्रीका अनुसार बालविवाह न्यूनीकरण गर्दै कानुनअनुसार विवाह गर्ने बानीको विकास गराउने उद्देश्यले यो कार्यक्रम ल्याइएको हो । उनले यस व्यवस्थाले किशोरी तथा अभिभावकमा सचेतना वृद्धि हुनुका साथै बालविवाह अन्त्य अभियानलाई थप प्रभावकारी बनाउने विश्वास व्यक्त गरे । नगरसभामा घोषणा गरिएको यो कार्यक्रमप्रति विभिन्न क्षेत्रबाट सकारात्मक प्रतिक्रिया प्राप्त भएको नगरप्रमुख क्षेत्रीले बताए ।

यसअघि पनि बर्दिबास नगरपालिकाले मुसहर समुदायलाई लक्षित गर्दै २०८० चैत ५ गते उमेर पुगेपछि विवाह गर्ने जोडीलाई ५० हजार रुपैयाँ प्रोत्साहन दिने योजना लागू गरेको थियो । तर नगरपालिकाको अभिलेखअनुसार हालसम्म बर्दिबास–१२ का एक जोडीले मात्र उक्त सुविधा प्राप्त गरेका छन् । स्थानीय सामाजिक तथा राजनीतिक कार्यकर्ता देवनारायण महतोका अनुसार मुसहर समुदायका लागि ल्याइएको योजनाबाट अत्यन्तै कम लाभग्राही देखिनुले उक्त समुदायमा बालविवाह अझै चुनौतीकै रूपमा रहेको संकेत गर्छ ।

करिब एक लाख जनसंख्या रहेको बर्दिबास नगरपालिकाका १४ वडामध्ये १३ वडा पछिल्ला दुई वर्षभित्र बालविवाहमुक्त घोषणा भइसकेका छन् । अब वडा नम्बर १२ मात्र बालविवाहमुक्त घोषणा हुन बाँकी रहेको छ । नगरपालिकाले अब लागू गर्न लागेको नयाँ व्यवस्थाले नगरका सबै समुदायका छोरीहरूलाई समेट्नेछ । यद्यपि मुसहर समुदायका हकमा भने यसअघि लागू गरिएको विशेष प्रोत्साहन कार्यक्रम यथावत् रहने नगरप्रमुख क्षेत्रीले स्पष्ट पारेका छन् । उनका अनुसार उक्त समुदायमा बालविवाहको समस्या तुलनात्मक रूपमा बढी देखिएकाले पुरुष र महिला दुवैलाई प्रोत्साहन रकम उपलब्ध गराउने व्यवस्था निरन्तर कायम रहनेछ ।

नगरपालिकाको विश्वास छ, आर्थिक प्रोत्साहनसँगै बढ्ने सामाजिक चेतनाले बालविवाह नियन्त्रणमा थप सहयोग पुग्नेछ र कानुनी उमेरपछि विवाह गर्ने अभ्यासलाई संस्थागत बनाउन मद्दत गर्नेछ ।

Tags: बर्दिबास नगरपालिका
वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

कानुन र जनप्रशासन सङ्काय पढाउने तयारीमा मधेस विश्वविद्यालय

मधेश विश्वविद्यालयः चार वर्षमै शैक्षिक फड्को, एमबीए, एलएलबी तथा बीबीएको पठनपाठन सुरु

अशोज २१, २०८३
मलङ्गवा नगरपालिकाका इन्जिनियर १ लाख रुपैयाँ घुससहित पक्राउ

मलङ्गवा नगरपालिकाका इन्जिनियर १ लाख रुपैयाँ घुससहित पक्राउ

अशोज २१, २०८३
वर्षौँको प्रतीक्षा, अब ड्राइपोर्ट गेटमै संघर्षः मुआब्जाको सुनिश्चितता खोज्दै श्रीसियावासी आन्दोलनमा

मुअब्जा विवाद समाधान गर्न सिफारिस गर्ने निर्णय

अशोज २१, २०८३
सरुवा भएको १४ दिनसम्म पनि पर्सा प्रशासनमैः मन्त्रालयको सरुवा आदेशलाई लत्याउँदै नासु गुप्ता

सरुवा भएको १४ दिनसम्म पनि पर्सा प्रशासनमैः मन्त्रालयको सरुवा आदेशलाई लत्याउँदै नासु गुप्ता

अशोज २१, २०८३

एल.एस. हस्पिटल एण्ड मेडिकल कलेज…..

जनहितमा जारी सन्देश…

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि