Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार जिल्ला प्रहरी कार्यालय पर्सा वीरगंज महानगरपालिका जिल्ला प्रशासन कार्यालय नेशनल मेडिकल कलेज वीरगंज भन्सार कार्यालय राष्ट्रिय स्वतन्त्र पार्टी
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

एक करोड बढी अवैध सम्पत्ति आर्जन गरेको ठहर, तत्कालीन यातायात अधिकृत भ्रष्टाचारमा दोषी

विशेष अदालतका अध्यक्ष सुदर्शनदेव भट्ट तथा सदस्यहरू डिल्लीरत्न श्रेष्ठ र विदुर कोइरालाको इजलासले गौतमविरुद्धको भ्रष्टाचार मुद्दामा कसुर कायम गर्दै सजाय निर्धारण गरेको हो । अदालतले उनलाई पीडित राहत कोषमा ४ लाख ३२ हजार रुपैयाँभन्दा बढी क्षतिपूर्ति शुल्कसमेत बुझाउनुपर्ने फैसला गरेको छ ।

वीरगंज टाइम्स
वीरगंज टाइम्स
असार ५, २०८३
एक करोड बढी अवैध सम्पत्ति आर्जन गरेको ठहर, तत्कालीन यातायात अधिकृत भ्रष्टाचारमा दोषी

वीरगंज (पर्सा), ५ असार । यातायात व्यवस्था कार्यालय, सवारी चालक अनुमतिपत्र पर्साका तत्कालीन अधिकृत कमलराज गौतम गैरकानूनी सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको अभियोगमा दोषी ठहर भएका छन् । विशेष अदालतले शुक्रबार फैसला सुनाउँदै उनलाई एक वर्ष कैद, एक करोड आठ लाख रुपैयाँभन्दा बढी जरिवाना तथा सोही बराबरको सम्पत्ति जफत गर्ने आदेश दिएको छ ।

विशेष अदालतका अध्यक्ष सुदर्शनदेव भट्ट तथा सदस्यहरू डिल्लीरत्न श्रेष्ठ र विदुर कोइरालाको इजलासले गौतमविरुद्धको भ्रष्टाचार मुद्दामा कसुर कायम गर्दै सजाय निर्धारण गरेको हो । अदालतले उनलाई पीडित राहत कोषमा ४ लाख ३२ हजार रुपैयाँभन्दा बढी क्षतिपूर्ति शुल्कसमेत बुझाउनुपर्ने फैसला गरेको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २०८२ असार ३ गते गौतम र उनकी पत्नी सरला नेपाललाई प्रतिवादी बनाएर मुद्दा दायर गरेको थियो । पत्नीको नाममा रहेको सम्पत्ति जफत प्रयोजनका लागि उनलाई पनि प्रतिवादी बनाइएको थियो ।

अख्तियारले पेश गरेको विवरणअनुसार गौतमको वैध आय करिब २ करोड ९० लाख रुपैयाँ रहेको देखिएपनि उनको खर्च तथा सम्पत्ति ५ करोड ४० लाख रुपैयाँभन्दा बढी भेटिएको थियो । आयोगले साढे दुई करोड रुपैयाँभन्दा बढी रकमको स्रोत नखुलेको दाबी गरेपनि अदालतले अन्तिम रूपमा एक करोड रुपैयाँ बराबरको सम्पत्ति अवैध रूपमा आर्जन भएको निष्कर्ष निकालेको छ ।

२०५५ साल वैशाखदेखि सार्वजनिक पदमा रहेका गौतमको २०७९ चैतसम्मको आय–व्यय विश्लेषण गर्दा पारिश्रमिक, भत्ता, सञ्चय कोष, बैंक मौज्दात, घरजग्गा बिक्री, कृषि तथा घरभाडाबाट प्राप्त आम्दानीलाई वैध स्रोतका रूपमा स्वीकार गरिएको थियो । तर त्यसबाहेकको सम्पत्तिको स्रोत पुष्टि गर्न नसकेपछि अदालतले भ्रष्टाचारबाट आर्जित सम्पत्ति ठहर गरेको हो ।

छलफलका क्रममा गौतमले रुपन्देहीमा घरजग्गा खरिद गर्दा पुरानो घरको कवाडी बिक्रीबाट प्राप्त रकमलाई पनि आयमा समावेश गर्नुपर्ने जिकिर गरेका थिए । तर जग्गा खरिदकै स्रोत पुष्टि हुन नसकेको अवस्थामा कवाडी बिक्रीको रकमलाई वैध आय मान्न नसकिने अदालतको ठहर छ ।

त्यसैगरी चाडपर्व, टीकाटालो तथा सामाजिक परम्पराबाट प्राप्त रकमलाई पनि आयमा गणना गर्नुपर्ने माग गरिएको थियो । अदालतले भने पत्नी र छोराछोरीलाई प्राप्त दानदक्षिणा तथा उपहारस्वरूप प्राप्त रकमलाई स्वाभाविक मान्दै कुल पाँच लाख रुपैयाँ मात्र आयतर्फ समावेश गरेको छ ।

अध्ययन खर्चमा दोहोरो गणना भएको निष्कर्ष निकाल्दै केही व्यय रकम घटाएपनि समग्र विश्लेषणपछि एक करोड रुपैयाँको स्रोत खुल्न नसकेको अदालतले जनाएको छ । गौतमको जिम्मेवारीपूर्ण पद, भूमिका र गैरकानूनी रूपमा आर्जित सम्पत्तिको परिमाणलाई आधार मान्दै विशेष अदालतले उक्त सजाय निर्धारण गरेको हो । यसअघि उनले वार्षिक सम्पत्ति विवरणमा सम्पत्ति लुकाएको तथा झुठा विवरण पेश गरेको तथ्यसमेत अनुसन्धानका क्रममा खुलेको थियो ।

Tags: यातायात कार्यालय वीरगंजका तत्कालीन प्रमुखको अवैध सम्पत्ति आर्जन
वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

एउटै महसुलमा दोहोरो जरिवानाः विद्युत् प्राधिकरण वीरगंज वितरण केन्द्रको बिलिङमा गम्भीर खेल !

एउटै महसुलमा दोहोरो जरिवानाः विद्युत् प्राधिकरण वीरगंज वितरण केन्द्रको बिलिङमा गम्भीर खेल !

अशोज २०, २०८३
समावेशी विद्यालय सुधार योजनामा तीन विद्यालयको प्रतिबद्धता

समावेशी विद्यालय सुधार योजनामा तीन विद्यालयको प्रतिबद्धता

अशोज १९, २०८३
१० वर्षअघि हराएका बालक दिल्लीबाट परिवारको सम्पर्कमा

१० वर्षअघि हराएका बालक दिल्लीबाट परिवारको सम्पर्कमा

अशोज १९, २०८३
मोटरसाइकल दुर्घटनामा परेका युवकको साथबाट पेस्तोल बरामद

मोटरसाइकल दुर्घटनामा परेका युवकको साथबाट पेस्तोल बरामद

अशोज १९, २०८३

एल.एस. हस्पिटल एण्ड मेडिकल कलेज…..

जनहितमा जारी सन्देश…

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि