Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार जिल्ला प्रहरी कार्यालय पर्सा वीरगंज महानगरपालिका जिल्ला प्रशासन कार्यालय नेशनल मेडिकल कलेज वीरगंज भन्सार कार्यालय राष्ट्रिय स्वतन्त्र पार्टी
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

त्रिभुवन राजपथ क्षेत्रका अवैध संरचना हटाउन पाँच दिनको अन्तिम चेतावनी

तोकिएको अवधिभित्र संरचना नहटाइए कानुनी प्रक्रिया अनुसार कार्यालय आफैँले हटाउने तयारी गरेको जनाएको छ । डिभिजन प्रमुख किरण कार्कीका अनुसार सडक ऐन, २०३१ को व्यवस्था बमोजिम सडक अतिक्रमण गरेर बनाइएका संरचनाहरू हटाउने कार्यलाई अब थप कडाइका साथ अघि बढाइनेछ ।

वीरगंज टाइम्स
वीरगंज टाइम्स
असार ३, २०८३
त्रिभुवन राजपथ क्षेत्रका अवैध संरचना हटाउन पाँच दिनको अन्तिम चेतावनी

वीरगंज (पर्सा), ३ असार । सडक डिभिजन कार्यालय हेटौँडाले त्रिभुवन राजपथको सडक सीमाभित्र अझै बाँकी रहेका अवैध संरचनाहरू पाँच दिनभित्र स्वेच्छाले हटाउन सम्बन्धित पक्षलाई अन्तिम चेतावनी दिएको छ । तोकिएको अवधिभित्र संरचना नहटाइए कानुनी प्रक्रिया अनुसार कार्यालय आफैँले हटाउने तयारी गरेको जनाएको छ । डिभिजन प्रमुख किरण कार्कीका अनुसार सडक ऐन, २०३१ को व्यवस्था बमोजिम सडक अतिक्रमण गरेर बनाइएका संरचनाहरू हटाउने कार्यलाई अब थप कडाइका साथ अघि बढाइनेछ ।

समयसीमा समाप्त भएपछि सडक सीमा खाली गराउन डोजर प्रयोग गरी संरचना भत्काइने उनले स्पष्ट पारे । यस सम्बन्धमा सडक डिभिजन कार्यालयले सार्वजनिक सूचना जारी गर्दै त्रिभुवन राजपथअन्तर्गत वीरगंजको सिरसिया मितेरी पुलदेखि बहुअरी गण्डक चोकसम्मको सडक खण्डमा सडकको केन्द्र रेखाबाट दायाँ–बायाँ २५–२५ मिटर क्षेत्र संरक्षण गर्ने अभियान गत वैशाख ६ गतेदेखि नै सञ्चालन भइरहेको जानकारी गराएको छ ।

सडक विस्तार तथा सीमा संरक्षण अभियानका क्रममा धेरै संरचनाहरू आंशिक रूपमा हटाइएका छन् । तर केही भवनहरू अझै पूर्ण रूपमा नहटाइएको र क्षतिग्रस्त अवस्थामै प्रयोग भइरहेको पाइएको कार्यालयको भनाइ छ । कतिपय घरधनी तथा व्यवसायीहरूले जोखिमयुक्त भवनमै बसोबास तथा व्यापार सञ्चालन गरिरहेको अवस्था देखिएपछि कार्यालयले थप सतर्कता अपनाएको हो ।

डिभिजन प्रमुख कार्कीले आंशिक रूपमा भत्किएका वा क्षति पुगेका भवनहरूमा बसोबास तथा व्यवसाय सञ्चालन नगर्न आग्रह गरेका छन् । त्यस्ता संरचनाहरू कुनै पनि बेला दुर्घटनाको कारण बन्न सक्ने भएकाले तत्काल सुरक्षित स्थानमा सर्न सम्बन्धित पक्षलाई अनुरोध गरिएको छ । साथै कार्यालयले सार्वजनिक सूचनाको बेवास्ता गर्दै जोखिमयुक्त भवनमा बसोबास वा व्यापारिक गतिविधि सञ्चालन गरेमा त्यसबाट उत्पन्न हुन सक्ने सम्भावित दुर्घटनाको जिम्मेवारी सम्बन्धित व्यक्ति स्वयंले वहन गर्नुपर्ने चेतावनी दिएको छ ।

सडक सीमा संरक्षण तथा अतिक्रमण हटाउने अभियानलाई प्रभावकारी बनाउन प्रशासनले अन्तिम चरणको कदम चालेसँगै अब पाँच दिनभित्र सम्बन्धित पक्षले संरचना हटाउने वा सरकारी कारबाही सामना गर्ने अवस्था सिर्जना भएको छ ।

Tags: वीरगंज मुख्य सडक विस्तार
वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

एउटै महसुलमा दोहोरो जरिवानाः विद्युत् प्राधिकरण वीरगंज वितरण केन्द्रको बिलिङमा गम्भीर खेल !

एउटै महसुलमा दोहोरो जरिवानाः विद्युत् प्राधिकरण वीरगंज वितरण केन्द्रको बिलिङमा गम्भीर खेल !

अशोज २०, २०८३
समावेशी विद्यालय सुधार योजनामा तीन विद्यालयको प्रतिबद्धता

समावेशी विद्यालय सुधार योजनामा तीन विद्यालयको प्रतिबद्धता

अशोज १९, २०८३
१० वर्षअघि हराएका बालक दिल्लीबाट परिवारको सम्पर्कमा

१० वर्षअघि हराएका बालक दिल्लीबाट परिवारको सम्पर्कमा

अशोज १९, २०८३
मोटरसाइकल दुर्घटनामा परेका युवकको साथबाट पेस्तोल बरामद

मोटरसाइकल दुर्घटनामा परेका युवकको साथबाट पेस्तोल बरामद

अशोज १९, २०८३

एल.एस. हस्पिटल एण्ड मेडिकल कलेज…..

जनहितमा जारी सन्देश…

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि