Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार जिल्ला प्रहरी कार्यालय पर्सा वीरगंज महानगरपालिका नेशनल मेडिकल कलेज जिल्ला प्रशासन कार्यालय नेकपा एमाले वीरगंज भन्सार कार्यालय
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

बालेन सरकार जनताको अपेक्षाअनुसार काम गर्न सकेन : प्रभु साह

वीरगंज टाइम्स
वीरगंज टाइम्स
जेष्ठ ३०, २०८३
बालेन सरकार जनताको अपेक्षाअनुसार काम गर्न सकेन : प्रभु साह

वीरगंज (पर्सा), ३० जेठ । आम जनता पार्टी (आजपा)का अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको वर्तमान सरकार सुशासन, राष्ट्रियता, लोकतन्त्र र सामाजिक न्यायका सवालमा पूर्ण रूपमा असफल भएको आरोप लगाएका छन् । शनिबार वीरगंजमा आयोजित आम जनता पार्टीको मधेस प्रदेशस्तरीय विस्तारित बैठकलाई सम्बोधन गर्दै साहले दुई तिहाइ जनमतको समर्थनसहित सरकार सञ्चालन गर्ने अवसर पाएको रास्वपा नेतृत्वको सरकारप्रति जनताले ठूलो आशा र अपेक्षा राखेको भए पनि छोटो समयमै निराशा बढेको बताए ।

उनले सरकारको सुशासनको नारामाथि प्रश्न उठाउँदै सुरुवातमा ठूलो प्रचार गरिए पनि व्यवहारमा कुनै उल्लेखनीय सुधार नदेखिएको दाबी गरे । “हाम्रोतिर एउटा उखान छ, गर्जिने बादलले वर्षात् गर्दैन । अहिलेको सरकार पनि सुशासन र सदाचारको नाममा धेरै बोल्यो तर परिणाम दिन सकेन,” उनले भने । साहले सार्वजनिक पदमा बसेकाहरूको सम्पत्ति छानबिन गर्ने घोषणा गरिए पनि त्यसमा निष्पक्षता नदेखिएको आरोप लगाए । सरकारी कार्यालयमा सेवाग्राहीको भीड र झन्झट कम गर्ने प्रतिबद्धता पूरा नभएको, करार कर्मचारी हटाउने घोषणा गरेर उल्टै नयाँ भर्ती प्रक्रिया बढाइएको तथा राजनीतिक कार्यकर्ताहरूलाई विभिन्न निकायमा अवसर बाँडिएको उनको आरोप थियो ।

प्रधानमन्त्री शाहले सरकारी तथा सार्वजनिक क्षेत्रका उत्पादनको प्रवर्द्धन गर्नु सकारात्मक भए पनि निजी क्षेत्रका निश्चित ब्रान्डको प्रचारमा संलग्न देखिनु उपयुक्त नभएको साहले बताए । उनले वर्तमान सरकारले आर्थिक नीतिमा समेत स्पष्ट दिशा दिन नसकेको टिप्पणी गरे । सरकारले ल्याएको बजेटप्रति असन्तुष्टि व्यक्त गर्दै उनले बजेटले गरिब, किसान, बेरोजगार र मध्यम वर्गका नागरिकलाई कुनै आशा नदिएको बताए । बजेटमा विकास निर्माणका नयाँ योजनाको अभाव रहेको, विकास खर्च घटाइएको तथा कर र ऋणको भार बढाइएको उनको भनाइ थियो ।

मधेसप्रति सरकारले विभेदपूर्ण व्यवहार गरेको आरोप लगाउँदै साहले विकास पूर्वाधार, खेलकुद तथा अन्य क्षेत्रमा मधेसलाई उपेक्षा गरिएको बताए । मुलुकको आर्थिक राजधानीका रूपमा चिनिने वीरगञ्जलाई समेत योजनाबद्ध रूपमा बेवास्ता गरिएको उनको आरोप थियो । राष्ट्रियताको विषयमा पनि सरकार चुकेको भन्दै उनले विदेशी नागरिकलाई विभिन्न क्षेत्रमा सहज पहुँच दिने प्रयास, नेपाली भूमि सम्बन्धी विषयमा कमजोर कूटनीतिक अडान तथा राष्ट्रिय हित विपरीतका निर्णयले गम्भीर प्रश्न उठाएको बताए ।

लोकतन्त्रका आधारभूत मूल्य र मान्यतालाई कमजोर बनाउने गरी सरकार अघि बढेको आरोप लगाउँदै साहले संसद् र निर्वाचित जनप्रतिनिधिको भूमिकालाई कमजोर पार्ने काम भइरहेको बताए । उनले अध्यादेशमार्फत शासन सञ्चालन गर्ने प्रवृत्तिले लोकतान्त्रिक प्रणालीमाथि नै प्रश्न खडा गरेको उल्लेख गरे । आजपाका मधेस प्रदेशका अध्यक्ष उमेश कुशवाहाकाे अध्यक्षतामा भएकाे कार्यक्रममा पार्टीका नेता तथा कार्यकर्ताहरूको उल्लेखनीय सहभागिता रहेको थियो ।

Tags: आम जनता पार्टी
वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

राजकुमार हत्या प्रकरण : बीरगंजमा हत्या गरिएको राजकुमारको शव भारतको भागलपुर स्टेशनमा फेला

पर्सा क्राईमका ईन्चार्ज बरिष्ठ सई लोकेन्द्रको कोहलपुर सरुवा

जेष्ठ ३०, २०८३
बालेन सरकार जनताको अपेक्षाअनुसार काम गर्न सकेन : प्रभु साह

बालेन सरकार जनताको अपेक्षाअनुसार काम गर्न सकेन : प्रभु साह

जेष्ठ ३०, २०८३
प्रधान न्यायाधीश डा. शर्मा गृह नगर वीरगंजमा, उच्च र जिल्ला अदालतको गरे अवलोकन

प्रधान न्यायाधीश डा. शर्मा गृह नगर वीरगंजमा, उच्च र जिल्ला अदालतको गरे अवलोकन

जेष्ठ ३०, २०८३
स्मार्ट जी प्ले स्कुलमा अभिभावक भेटघाट सम्पन्न, सहभागीलाई विरुवा वितरण

स्मार्ट जी प्ले स्कुलमा अभिभावक भेटघाट सम्पन्न, सहभागीलाई विरुवा वितरण

जेष्ठ ३०, २०८३

Advertisement

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि