Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार जिल्ला प्रहरी कार्यालय पर्सा वीरगंज महानगरपालिका जिल्ला प्रशासन कार्यालय नेशनल मेडिकल कलेज वीरगंज भन्सार कार्यालय राष्ट्रिय स्वतन्त्र पार्टी
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

परवानीपुर गाउँपालिका मधेशमै सबैभन्दा कम बेरुजु हुने पालिका

प्रतिवेदनअनुसार गाउँपालिकाको बेरुजु दर केवल ०.२९ प्रतिशत रहेको छ। मधेश प्रदेशका १३६ स्थानीय तहमध्ये सबैभन्दा न्यून बेरुजु कायम गर्दै परवानीपुर गाउँपालिकाले प्रथम स्थान हासिल गरेको हो ।

वीरगंज टाइम्स
वीरगंज टाइम्स
जेष्ठ २८, २०८३
परवानीपुर गाउँपालिका मधेशमै सबैभन्दा कम बेरुजु हुने पालिका

वीरगंज (पर्सा), २८ जेठ । महालेखापरीक्षकको कार्यालयद्वारा सार्वजनिक गरिएको ६३औँ वार्षिक प्रतिवेदन २०८३ अनुसार पर्साको परवानीपुर गाउँपालिका मधेश प्रदेशकै सबैभन्दा कम बेरुजु हुने स्थानीय तह बनेको छ । प्रतिवेदनअनुसार गाउँपालिकाको बेरुजु दर केवल ०.२९ प्रतिशत रहेको छ। मधेश प्रदेशका १३६ स्थानीय तहमध्ये सबैभन्दा न्यून बेरुजु कायम गर्दै परवानीपुर गाउँपालिकाले प्रथम स्थान हासिल गरेको हो । साथै, देशभरका ७५३ स्थानीय तहमध्ये गाउँपालिकाले ५९औँ स्थान प्राप्त गरेको छ ।

गाउँपालिकाले वित्तीय अनुशासन, सुशासन, पारदर्शिता तथा सार्वजनिक स्रोत–साधनको प्रभावकारी व्यवस्थापनमा उत्कृष्ट प्रदर्शन गर्दै उक्त उपलब्धि हासिल गरेको जनाएको छ । योजना कार्यान्वयन, लेखा प्रणालीको सुदृढीकरण तथा आर्थिक व्यवस्थापनमा अपनाइएको पारदर्शी अभ्यासले सकारात्मक परिणाम दिएको गाउँपालिकाको भनाइ छ । यस उपलब्धिप्रति गाउँपालिकाका जनप्रतिनिधि, कर्मचारी तथा स्थानीय सरोकारवालाहरूले खुसी व्यक्त गरेका छन् ।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत मुन्ना साह रौनियारले यो सफलता जनप्रतिनिधि, कर्मचारी तथा स्थानीयवासीको सामूहिक प्रयासको प्रतिफल भएको बताए । उनले आगामी दिनमा शून्य बेरुजुको लक्ष्यसहित गाउँपालिका अघि बढिरहेको जानकारी दिए ।“यो उपलब्धिले हामीलाई थप जिम्मेवार बनाएको छ । आगामी वर्षहरूमा शून्य बेरुजुको लक्ष्य हासिल गर्दै सुशासन, पारदर्शिता र जवाफदेहिताको क्षेत्रमा नमुना स्थानीय तहका रूपमा स्थापित हुने हाम्रो संकल्प छ,” रौनियारले भने ।

स्थानीय तहको आर्थिक अनुशासन, वित्तीय व्यवस्थापन र कार्यसम्पादन मूल्याङ्कनका दृष्टिले महालेखापरीक्षकको प्रतिवेदनलाई महत्वपूर्ण सूचक मानिन्छ । यस्तो अवस्थामा परवानीपुर गाउँपालिकाले हासिल गरेको यो उपलब्धिलाई स्थानीय तहमा सुशासन र प्रभावकारी वित्तीय व्यवस्थापनको उदाहरणीय नमुनाका रूपमा हेरिएको छ ।

Tags: परवानीपुर गाउँपालिका
वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

एउटै महसुलमा दोहोरो जरिवानाः विद्युत् प्राधिकरण वीरगंज वितरण केन्द्रको बिलिङमा गम्भीर खेल !

एउटै महसुलमा दोहोरो जरिवानाः विद्युत् प्राधिकरण वीरगंज वितरण केन्द्रको बिलिङमा गम्भीर खेल !

अशोज २०, २०८३
समावेशी विद्यालय सुधार योजनामा तीन विद्यालयको प्रतिबद्धता

समावेशी विद्यालय सुधार योजनामा तीन विद्यालयको प्रतिबद्धता

अशोज १९, २०८३
१० वर्षअघि हराएका बालक दिल्लीबाट परिवारको सम्पर्कमा

१० वर्षअघि हराएका बालक दिल्लीबाट परिवारको सम्पर्कमा

अशोज १९, २०८३
मोटरसाइकल दुर्घटनामा परेका युवकको साथबाट पेस्तोल बरामद

मोटरसाइकल दुर्घटनामा परेका युवकको साथबाट पेस्तोल बरामद

अशोज १९, २०८३

एल.एस. हस्पिटल एण्ड मेडिकल कलेज…..

जनहितमा जारी सन्देश…

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि