Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार जिल्ला प्रहरी कार्यालय पर्सा वीरगंज महानगरपालिका जिल्ला प्रशासन कार्यालय नेशनल मेडिकल कलेज वीरगंज भन्सार कार्यालय नेकपा एमाले
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

कलैयाको उपनिर्वाचन खारेजीको माग गर्दै रास्वपा बाराका कार्यकर्ता केन्द्रिय कार्यालयमा धर्नामा

वीरगंज टाइम्स
वीरगंज टाइम्स
जेष्ठ २४, २०८३
कलैयाको उपनिर्वाचन खारेजीको माग गर्दै रास्वपा बाराका कार्यकर्ता केन्द्रिय कार्यालयमा धर्नामा

कलैया (बारा), २४ जेठ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाराका कार्यकर्ताहरूले कलैया उपमहानगरपालिका अधिवेशनपछि गरिएको उपनिर्वाचन खारेज गर्न माग गर्दै काठमाडौंस्थित पार्टीको केन्द्रीय कार्यालयमा धर्ना दिएका छन् । उनीहरूले अधिवेशनबाट निर्वाचित नेतृत्वलाई बेवास्ता गर्दै पुनः निर्वाचन गराइनु पार्टीको विधान तथा लोकतान्त्रिक अभ्यासविपरीत भएको बताएका छन् ।

कार्यकर्ताहरूका अनुसार २०८३ जेठ १७ गते सम्पन्न कलैया उपमहानगरपालिका अधिवेशनबाट उमाशंकर रौनियार १२४ मतसहित सभापतिमा निर्वाचित भएका थिए । निर्वाचन परिणाम सार्वजनिक भएसँगै उनको शपथग्रहणसमेत सम्पन्न भइसकेको थियो । तर त्यसको दुई दिनपछि ह्वाट्सएप समूहमार्फत पुनः उपनिर्वाचन हुने सूचना जारी गरिएपछि विवाद उत्पन्न भएको हो ।

रास्वपा कार्यकर्ता धिराज पटेलले पुनः निर्वाचनसम्बन्धी सूचना कुनै आधिकारिक पत्र, हस्ताक्षर वा जिम्मेवार पदाधिकारीको नामबिनै सार्वजनिक गरिएको दाबी गरे । उनका अनुसार निर्वाचन सम्पन्न भइसकेपछि ‘५० प्रतिशतभन्दा बढी मत प्राप्त नभएको’ कारण देखाउँदै पुनः निर्वाचन गराउने निर्णय गरिएको भनिएपनि उक्त विषय निर्वाचनकै दिन किन नउठाइएको भन्ने प्रश्न उठेको छ ।

पटेलले पार्टीका निर्वाचन प्रतिनिधि तथा नेतृत्वले विधानको सही व्याख्या गर्न नसकेको आरोप लगाउँदै विजयी घोषणा, माला र अबिर लगाएर औपचारिक रूपमा परिणाम स्वीकार गरिसकेपछि पुनः निर्वाचन गराउनु अनुचित भएको बताए । उनले उपनिर्वाचन सीमित प्रतिनिधिहरूबीच मात्र गराइएको तथा अधिकांश वडा प्रतिनिधिलाई सहभागिताबाट वञ्चित गरिएको आरोपसमेत लगाए ।

धर्नामा सहभागी कार्यकर्ताहरूले उपनिर्वाचन गराउनुपर्ने आधार र निर्णय प्रक्रिया सार्वजनिक गर्न, आन्तरिक पारदर्शिता कायम गर्न तथा निष्पक्ष ढंगले विवाद समाधान गर्न पार्टी नेतृत्वसँग माग गरेका छन् । उनीहरूले परिवर्तनको आशासहित पार्टीमा आबद्ध भएका समर्थकहरू पछिल्लो घटनाक्रमबाट निराश बनेको समेत बताएका छन् ।

Tags: राष्ट्रिय स्वतन्त्र पार्टी
वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

जेलरको सरुवाको माग गर्दै सप्तरी कारागारमा कैदीबन्दीको आन्दोलनः आत्मदाह प्रयासपछि तनाव

जेलरको सरुवाको माग गर्दै सप्तरी कारागारमा कैदीबन्दीको आन्दोलनः आत्मदाह प्रयासपछि तनाव

साउन २, २०८३
पहिरोको जोखिम बढेपछि अर्को सूचना नभएसम्म नारायणगढ-मुग्लिन सडकखण्ड बन्द

पहिरोको जोखिम बढेपछि अर्को सूचना नभएसम्म नारायणगढ-मुग्लिन सडकखण्ड बन्द

साउन २, २०८३
तीन दिनपछि पत्ता लाग्यो ३३ केभी अन्डरग्राउन्ड केबलको फल्टः विद्युत सुधार अन्तिम चरणमा

तीन दिनपछि पत्ता लाग्यो ३३ केभी अन्डरग्राउन्ड केबलको फल्टः विद्युत सुधार अन्तिम चरणमा

साउन २, २०८३
कर्मचारीमाथि कुटपिट प्रकरण: सत्यतथ्य सार्वजनिक गर्न राजेश कुर्मीको आग्रह

कर्मचारीमाथि कुटपिट प्रकरण: सत्यतथ्य सार्वजनिक गर्न राजेश कुर्मीको आग्रह

साउन २, २०८३

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि