Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार जिल्ला प्रहरी कार्यालय पर्सा वीरगंज महानगरपालिका जिल्ला प्रशासन कार्यालय नेशनल मेडिकल कलेज वीरगंज भन्सार कार्यालय राष्ट्रिय स्वतन्त्र पार्टी
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

आन्तरिक विवादले रास्वपा पर्सा जिल्ला अधिवेशन अनिश्चित

वीरगंज टाइम्स
वीरगंज टाइम्स
जेष्ठ २४, २०८३
आन्तरिक विवादले रास्वपा पर्सा जिल्ला अधिवेशन अनिश्चित

वीरगंज (पर्सा), २४ जेठ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पर्साको प्रथम जिल्ला अधिवेशन आन्तरिक विवादका कारण अन्योलमा परेको छ । मतदाता (जिल्ला प्रतिनिधि) नामावलीलाई लिएर देखिएको विवादले शनिबारदेखि स्थगित निर्वाचन प्रक्रिया आइतबार साँझसम्म पनि सुचारु हुन नसकेको हो । शनिबार होटल गेटवे वीरगंजमा अधिवेशनअन्तर्गत निर्वाचन प्रक्रिया चलिरहेका बेला मतदाता नामावलीको विषयमा दुई पक्षबीच विवाद चर्किएर हातपातको अवस्था सिर्जना भएपछि निर्वाचन समितिले प्रक्रिया आइतबार बिहान ८ बजेसम्मका लागि स्थगित गरेको थियो ।

त्यसपछि निर्वाचन समितिका संयोजक डा. नन्दन यादवले अर्को सूचना जारी गर्दै आइतबार अपराह्न ३ बजेदेखि निर्वाचन प्रक्रिया पुनः सञ्चालन गरिने जानकारी दिएका थिए । तर साँझ ५ः३० बजेसम्म पनि अधिवेशन तथा निर्वाचन प्रक्रिया सुरु हुन सकेन । अधिवेशनस्थल क्लासिक बैंक्वेटमा कार्यकर्ताहरू नेतृत्वको निर्णयको प्रतीक्षामा बसी रहे । विवाद समाधानका लागि काठमाडौंबाट आएका रास्वपाका संगठन विभाग सचिव शंकर श्रेष्ठको पहलमा होटल भिस्वामा दुवै पक्षका नेताबीच निरन्तर छलफल भएको थियो । पर्सा जिल्ला सभापति तथा पर्सा–१ का सांसद हरि पन्तले पनि सहमति जुटाउने प्रयास जारी रहेको बताएका छन् ।

यसैबीच, आइतबार बिहान वीरगंज महानगर सभापति दीपराज श्रेष्ठले महानगर समितिअन्तर्गतका सबै विभाग खारेज गरिएको घोषणा गरेपछि विवाद थप गहिरिएको बताइएको छ । पर्सामा पालिका अधिवेशनदेखि नै देखिएको गुटगत असहमति जिल्ला अधिवेशनको पूर्वसन्ध्यामा थप सतहमा आएको छ । जिल्लामा एक पक्षको नेतृत्व संस्थापक जिल्ला सभापति तथा सांसद हरि पन्तले गर्दै आएका छन् भने अर्कोतर्फ पर्सा–२ का सांसद सुशील साह कानु, पर्सा–३ का सांसद रमाकान्त चौरसिया र पर्सा–४ का सांसद टेकबहादुर शाक्य एकजुट भएर समानान्तर धार निर्माण गरेका छन् ।

पर्सा–२ का सांसद सुशील साह कानुले जिल्ला नेतृत्वमाथि १४ स्थानीय तहमध्ये ८ वटामा अधिवेशन नै सम्पन्न नगराएको आरोप लगाएका छन् । उनले जिल्ला प्रतिनिधि चयन प्रक्रियामा एकपक्षीय निर्णय गरिएको तथा विभिन्न विभाग गठन गरेर थप प्रतिनिधि समावेश गरिएको दाबी गरे । ‘यो गुट–उपगुटको मात्र विषय होइन, सही र गलत प्रक्रियाको प्रश्न हो,’ उनले भने, ‘पार्टी कुनै एक व्यक्तिको होइन । अधिवेशन र निर्वाचन प्रक्रिया पार्टीको विधान, विधि र निर्देशनअनुसार सञ्चालन हुनुपर्छ भन्ने हाम्रो अडान हो ।’ पक्ष–विपक्षबीच सहमति नजुटेसम्म जिल्ला अधिवेशन र निर्वाचन प्रक्रिया कहिले सुरु हुने भन्ने अझै स्पष्ट हुन सकेको छैन ।

Tags: राष्ट्रिय स्वतन्त्र पार्टी
वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

एउटै महसुलमा दोहोरो जरिवानाः विद्युत् प्राधिकरण वीरगंज वितरण केन्द्रको बिलिङमा गम्भीर खेल !

एउटै महसुलमा दोहोरो जरिवानाः विद्युत् प्राधिकरण वीरगंज वितरण केन्द्रको बिलिङमा गम्भीर खेल !

अशोज २०, २०८३
समावेशी विद्यालय सुधार योजनामा तीन विद्यालयको प्रतिबद्धता

समावेशी विद्यालय सुधार योजनामा तीन विद्यालयको प्रतिबद्धता

अशोज १९, २०८३
१० वर्षअघि हराएका बालक दिल्लीबाट परिवारको सम्पर्कमा

१० वर्षअघि हराएका बालक दिल्लीबाट परिवारको सम्पर्कमा

अशोज १९, २०८३
मोटरसाइकल दुर्घटनामा परेका युवकको साथबाट पेस्तोल बरामद

मोटरसाइकल दुर्घटनामा परेका युवकको साथबाट पेस्तोल बरामद

अशोज १९, २०८३

एल.एस. हस्पिटल एण्ड मेडिकल कलेज…..

जनहितमा जारी सन्देश…

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि