Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार जिल्ला प्रहरी कार्यालय पर्सा वीरगंज महानगरपालिका नेशनल मेडिकल कलेज जिल्ला प्रशासन कार्यालय नेकपा एमाले वीरगंज भन्सार कार्यालय
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

रोहिणी नक्षत्रसँगै पर्सामा धान खेतीको चटारो, किसान अझै भारतीय बीउमै निर्भर

धान खेतीको तयारी तीव्र बने पनि पर्साका अधिकांश किसान अझै उन्नत तथा हाइब्रिड बीउका लागि भारतीय बजारमै निर्भर छन् । नरकटियागञ्ज, भंगहा, इनरवा, मैनाटाँड, भेलाही, सिकटा र बेतिया लगायतका सीमावर्ती भारतीय बजारबाट किसानहरूले बीउ खरिद गरिरहेका छन् ।

वीरगंज टाइम्स
वीरगंज टाइम्स
जेष्ठ २३, २०८३
रोहिणी नक्षत्रसँगै पर्सामा धान खेतीको चटारो, किसान अझै भारतीय बीउमै निर्भर

वीरगंज (पर्सा), २३ जेठ । रोहिणी नक्षत्र सुरु भएसँगै पर्साका ग्रामीण क्षेत्रका किसानहरू वर्षे धानबालीको तयारीमा जुटेका छन् । समयमै वर्षा भएपछि किसानहरूले भदई तथा अगहनी धानका लागि सोना सारो, सोना मन्सुली, मनी मन्सुलीलगायत विभिन्न हाइब्रिड जातका धानको बीउ ब्याडमा राख्न थालेका हुन् । किसानहरूका अनुसार यस वर्ष सुरुमै पर्याप्त वर्षा भएकाले बीउ उम्राउन र ब्याड व्यवस्थापन गर्न सहज भएको छ ।

जिराभवानी गाउँपालिका–३ नौकाटोलाका किसान हरिशंकर रायले गत वर्षको तुलनामा यसपटक सिँचाइको आवश्यकता कम परेको बताउँदै अहिले राखिएको बीउ करिब २०–२५ दिनपछि रोपाइँका लागि तयार हुने जानकारी दिए । उनका अनुसार असारको दोस्रो सातादेखि जिल्लामा धान रोपाइँले गति लिनेछ । धान खेतीको तयारी तीव्र बने पनि पर्साका अधिकांश किसान अझै उन्नत तथा हाइब्रिड बीउका लागि भारतीय बजारमै निर्भर छन् । नरकटियागञ्ज, भंगहा, इनरवा, मैनाटाँड, भेलाही, सिकटा र बेतिया लगायतका सीमावर्ती भारतीय बजारबाट किसानहरूले बीउ खरिद गरिरहेका छन् ।

नेपाली बजारमा गुणस्तरीय बीउ सहज रूपमा उपलब्ध नहुनु र मूल्य पनि तुलनात्मक रूपमा महँगो पर्नु यसको मुख्य कारण रहेको किसानहरूको भनाइ छ । भारतीय बजारबाट बीउ खरिद गर्दा किसानहरूले मुद्रा सटहीको समस्यासमेत झेलिरहेका छन् । एक सय भारतीय रुपैयाँ बराबर करिब १६० नेपाली रुपैयाँ हुनुपर्ने भए पनि केही व्यापारीले १६५ रुपैयाँसम्म असुल्ने गरेको गुनासो किसानहरूको छ ।

बीउबिजन गुणस्तर नियन्त्रण केन्द्रले वर्षे धानका १६८ जात सिफारिस गरेको भए पनि पर्सामा सोना मन्सुली, भदई मन्सुली, मनी मन्सुलीलगायतका गैरसिफारिस हाइब्रिड जातप्रति किसानहरूको आकर्षण बढी देखिएको छ । स्थानीय कृषकहरूका अनुसार यस्ता जातको खेती जिल्लाको धानयोग्य जमिनको ९० प्रतिशतभन्दा बढी क्षेत्रमा भइरहेको छ ।

यता सरकारले औपचारिक स्वीकृति नदिएका भारतीय कम्पनीका धानका बीउहरू नेपाली बजारमा खुला रूपमा बिक्री–वितरण भइरहेका छन् । केही स्थानीय तहले समेत यस्ता बीउमा ५० प्रतिशतसम्म अनुदान उपलब्ध गराउँदै आएको स्रोतको दाबी छ । यसले बीउबिजनको गुणस्तर नियन्त्रण, सरकारी नियमन तथा कृषि नीतिको प्रभावकारी कार्यान्वयनमाथि प्रश्न उठाएको सरोकारवालाहरूको भनाइ छ ।

Tags: किसान अझै भारतीय बीउमै निर्भर
वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

घरदैलोमै विशेषज्ञ स्वास्थ्य सेवाः निःशुल्क शिविरबाट २०० जना लाभान्वित

घरदैलोमै विशेषज्ञ स्वास्थ्य सेवाः निःशुल्क शिविरबाट २०० जना लाभान्वित

जेष्ठ २३, २०८३
आगामी एक महिनाभित्रै कमला पुल सञ्चालन गर्ने गरी काम गर्न मन्त्रीको निर्देशन

आगामी एक महिनाभित्रै कमला पुल सञ्चालन गर्ने गरी काम गर्न मन्त्रीको निर्देशन

जेष्ठ २३, २०८३
जिराभवानी गाउँपालिकाको आ.व. २०८३/०८४ को नीति तथा कार्यक्रम सार्वजनिक

जिराभवानी गाउँपालिकाको आ.व. २०८३/०८४ को नीति तथा कार्यक्रम सार्वजनिक

जेष्ठ २३, २०८३
क्रियाशील युवा पत्रकारद्वारा रक्तदान कार्यक्रम

क्रियाशील युवा पत्रकारद्वारा रक्तदान कार्यक्रम

जेष्ठ २३, २०८३

Advertisement

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि