Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार जिल्ला प्रहरी कार्यालय पर्सा वीरगंज महानगरपालिका नेशनल मेडिकल कलेज जिल्ला प्रशासन कार्यालय नेकपा एमाले वीरगंज भन्सार कार्यालय
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

कालिकामाई गाउँपालिका पूर्ण खोप सुनिश्चितता तथा दिगोपना पालिका घोषणा

गाउँपालिकाभर ० देखि १५ महिनासम्मका ४६० जना बालबालिकालाई नियमित खोप सेवा उपलब्ध गराएपछि एक विशेष कार्यक्रमका बीच पालिकालाई पूर्ण खोप सुनिश्चितता दिगोपना घोषणा गरिएको हो ।

वीरगंज टाइम्स
वीरगंज टाइम्स
जेष्ठ १२, २०८३
कालिकामाई गाउँपालिका पूर्ण खोप सुनिश्चितता तथा दिगोपना पालिका घोषणा

वीरगंज (पर्सा), १२ जेठ । पर्साको कालिकामाई गाउँपालिकालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना पालिकाका रूपमा घोषणा गरिएको छ । गाउँपालिकाभर ० देखि १५ महिनासम्मका ४६० जना बालबालिकालाई नियमित खोप सेवा उपलब्ध गराएपछि एक विशेष कार्यक्रमका बीच पालिकालाई पूर्ण खोप सुनिश्चितता दिगोपना घोषणा गरिएको हो । ‘स्थानीय स्वामित्व र सहभागिता, पूर्ण खोप सुनिश्चितता हाम्रो प्रतिबद्धता’ भन्ने नारासहित गाउँपालिकाको कार्यालय हरिहरपुर बिर्तास्थित सभाहलमा आयोजना गरिएको कार्यक्रममा गाउँपालिका उपाध्यक्ष राजमती देवी बरैनीले उद्घाटन गरेकी थिइन् ।

कार्यक्रमलाई सम्बोधन गर्दै उपाध्यक्ष बरैनीले पूर्ण खोप सुनिश्चितता अभियान सफल बनाउन महिला स्वास्थ्य स्वयंसेविका तथा स्वास्थ्यकर्मीहरूको भूमिका अत्यन्त महत्वपूर्ण रहेको बताइन् । उनले दिनरात खटेर जनस्वास्थ्य सेवामा योगदान पुर्‍याउने स्वास्थ्यकर्मी र स्वयंसेविकाको योगदानको उचित सम्मान हुनुपर्ने उल्लेख गरिन् । कार्यक्रमकी विशिष्ट अतिथि जनस्वास्थ्य अधिकृत खुशबु यादवले पूर्ण खोप सुनिश्चितता दिगोपना घोषणा भएसँगै अब स्वास्थ्यकर्मी तथा जनप्रतिनिधिहरूको जिम्मेवारी अझ बढेको बताइन् । उनले बालबालिकालाई समयमै नियमित १३ प्रकारका खोप लगाउन सके विभिन्न रोगबाट बचाउन सकिने जानकारी दिँदै प्रत्येक नवजात शिशुको निगरानी र नियमित खोप सुनिश्चित गर्नुपर्नेमा जोड दिइन् ।

त्यसैगरी वडा अध्यक्ष सोनालाल चौरसियाले खोप अभावका कारण पाँच वर्षमुनिका बालबालिकामा विभिन्न रोग लाग्ने जोखिम रहने भएकाले चिकित्सकको सल्लाहअनुसार प्रत्येक खोप समयमै लगाउन अभिभावकलाई आग्रह गरे । पूर्ण खोप सुनिश्चितता दिगोपना घोषणा कार्यक्रममा स्वास्थ्य क्षेत्रमा उत्कृष्ट कार्य गरेको भन्दै पालिकास्तरमा उत्कृष्ट कर्मचारीका रूपमा सिअहेब रबिता कुमारी चौधरीलाई प्रमाणपत्रसहित सम्मान गरिएको थियो । साथै, मुडली स्वास्थ्य चौकीलाई उत्कृष्ट स्वास्थ्य संस्था घोषणा गर्दै सम्मान गरिएको छ ।

कार्यक्रममा खोप अभियान सफल बनाउन योगदान पुर्‍याउने स्वास्थ्यकर्मी तथा महिला स्वास्थ्य स्वयंसेविकाहरूलाई दोसल्ला ओढाएर तथा प्रमाणपत्र प्रदान गरेर सम्मान गरिएको थियो । सो अवसरमा मध्यान्ह राष्ट्रिय दैनिकका पत्रकार लालबाबु बानियाँ पनि सम्मानित भएका थिए । गाउँपालिका स्वास्थ्य प्रमुख धिरज कुमार साह, वडा अध्यक्षहरू संजय साह गोढ, सोनालाल चौरसिया, संजय पटेल, कार्यपालिका सदस्य, कर्मचारी, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, पत्रकारलगायतको सहभागिता रहेको कार्यक्रमको सञ्चालन गाउँपालिका स्वास्थ्य सह–संयोजक निरञ्जन चौरसियाले गरेका थिए ।

Tags: कालिकामाई गाउँपालिका
वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

सांसद शाक्यद्वारा इप्रका सुपौलीको अनुगमन

सांसद शाक्यद्वारा इप्रका सुपौलीको अनुगमन

जेष्ठ १२, २०८३
कालिकामाई गाउँपालिका पूर्ण खोप सुनिश्चितता तथा दिगोपना पालिका घोषणा

कालिकामाई गाउँपालिका पूर्ण खोप सुनिश्चितता तथा दिगोपना पालिका घोषणा

जेष्ठ १२, २०८३
मनसुन र विपद् जोखिमप्रति पर्सा प्रशासनको उच्च सतर्कता

मनसुन र विपद् जोखिमप्रति पर्सा प्रशासनको उच्च सतर्कता

जेष्ठ १२, २०८३
दुर्गा प्रसाईंको आक्रोशः ‘यो व्यवस्था फेर्नुपर्छ’ सरकारदेखि दल र सुरक्षानिकायसम्म कडा प्रहार !

नागरिक बचाउ महाअभियान नेपालका संयोजक दुर्गा प्रसाईं पर्सा अदालतबाट साधारण तारेखमा रिहा

जेष्ठ १२, २०८३

Advertisement

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि