Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार जिल्ला प्रहरी कार्यालय पर्सा वीरगंज महानगरपालिका जिल्ला प्रशासन कार्यालय नेशनल मेडिकल कलेज वीरगंज भन्सार कार्यालय राष्ट्रिय स्वतन्त्र पार्टी
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

मधेशको अर्थतन्त्र सबैभन्दा सुस्त, आर्थिक वृद्धिदर १.३१ प्रतिशतमा सीमित

वीरगंज टाइम्स
वीरगंज टाइम्स
जेष्ठ ११, २०८३
मधेशको अर्थतन्त्र सबैभन्दा सुस्त, आर्थिक वृद्धिदर १.३१ प्रतिशतमा सीमित

जनकपुरधाम, ११ जेठ । चालु आर्थिक वर्ष २०८२/०८३ मा देशभरमध्ये सबैभन्दा कमजोर आर्थिक वृद्धिदर मधेश प्रदेशको रहने प्रारम्भिक अनुमान गरिएको छ । राष्ट्रिय तथ्याङ्क कार्यालयले सार्वजनिक गरेको प्रादेशिक आर्थिक विवरणअनुसार मधेशको आर्थिक वृद्धिदर केवल १.३१ प्रतिशत रहने देखिएको हो, जुन राष्ट्रिय औसत ३.८५ प्रतिशतभन्दा निकै कम हो । तथ्याङ्कले बागमती प्रदेशलाई सबैभन्दा तीव्र आर्थिक विस्तार भएको प्रदेशका रूपमा देखाएको छ । बागमतीको वृद्धिदर ५.४० प्रतिशत रहने अनुमान गरिएको छ भने गण्डकी प्रदेश ५.०१ प्रतिशतसहित दोस्रो स्थानमा रहेको छ । कोशी प्रदेशको वृद्धिदर ३.३१ प्रतिशत, लुम्बिनी २.८७ प्रतिशत, कर्णाली २.९४ प्रतिशत र सुदूरपश्चिम ३.३८ प्रतिशत रहने अनुमान छ ।

गत आर्थिक वर्षको तुलनामा मधेश प्रदेशको अवस्था उल्लेख्य रूपमा कमजोर बनेको देखिन्छ । अघिल्लो वर्ष ४.४३ प्रतिशत आर्थिक वृद्धि रहेको मधेस अहिले १.३१ प्रतिशतमा झरेको छ । यसले प्रदेशको उत्पादन, लगानी र आर्थिक गतिविधिमा सुस्ती आएको संकेत गरेको अर्थविद्हरूको बुझाइ छ । राष्ट्रिय तथ्याङ्क कार्यालय जनकपुरधामका प्रमुख तथ्यांक अधिकारी शिवनारायण महतोका अनुसार स्थिर मूल्यमा मापन गरिएको कुल गार्हस्थ्य उत्पादनको आधारमा प्रदेशहरूको आर्थिक अवस्था मूल्याङ्कन गरिएको हो । उनका अनुसार बागमती र गण्डकी मात्र राष्ट्रिय औसतभन्दा माथि रहेका छन् भने बाँकी सबै प्रदेशको वृद्धिदर राष्ट्रिय स्तरभन्दा कम देखिएको छ ।

अर्थतन्त्रको आकारका हिसाबले पनि बागमती प्रदेश अग्रस्थानमै छ । चालु आर्थिक वर्षमा राष्ट्रिय कुल गार्हस्थ्य उत्पादन करिब ६६ खर्ब रुपैयाँ पुग्ने अनुमान गरिएको छ, जसमा बागमतीको मात्रै २४ खर्ब २३ अर्ब रुपैयाँ अर्थात् ३६.७ प्रतिशत हिस्सा रहनेछ । मधेस प्रदेशको योगदान ८ खर्ब ६३ अर्ब रुपैयाँ अर्थात् १३.१ प्रतिशत रहने अनुमान गरिएको छ । तथ्याङ्कले अधिकांश प्रदेशको अर्थतन्त्र कृषिमा आधारित रहेको देखाएको छ । बागमतीबाहेक सबै प्रदेशमा कृषिको योगदान सबैभन्दा बढी रहेको उल्लेख गरिएको छ । मधेसमा पनि कृषि मुख्य आर्थिक आधार भए पनि चालु वर्ष कृषिक्षेत्रकै वृद्धिदर ऋणात्मक रहने अनुमान गरिएको छ, जसले समग्र आर्थिक वृद्धिलाई कमजोर बनाएको देखिन्छ ।

प्रदेशगत औद्योगिक गतिविधि विश्लेषण गर्दा मधेसमा व्यापार क्षेत्र दोस्रो ठूलो योगदानकर्ता बनेको छ भने खानी तथा उत्खनन क्षेत्रको योगदान सबैभन्दा कम देखिएको छ । यद्यपि विद्युत तथा ग्यास क्षेत्रको वृद्धिदर भने मधेससहित अधिकांश प्रदेशमा उच्च रहने अनुमान गरिएको छ । प्रतिव्यक्ति आयतर्फ पनि मधेस राष्ट्रिय औसतभन्दा तल देखिएको छ । चालु आर्थिक वर्षमा नेपालको प्रतिव्यक्ति कुल गार्हस्थ्य उत्पादन १ हजार ५ सय १३ अमेरिकी डलर पुग्ने अनुमान गरिँदा मधेसको प्रतिव्यक्ति आम्दानी भने ९३४ अमेरिकी डलरमा सीमित रहने प्रक्षेपण गरिएको छ । गत वर्ष मधेसको प्रतिव्यक्ति आय ९४७ डलर रहेको थियो ।

Tags: मधेशको अर्थतन्त्र सुस्त
वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

एउटै महसुलमा दोहोरो जरिवानाः विद्युत् प्राधिकरण वीरगंज वितरण केन्द्रको बिलिङमा गम्भीर खेल !

एउटै महसुलमा दोहोरो जरिवानाः विद्युत् प्राधिकरण वीरगंज वितरण केन्द्रको बिलिङमा गम्भीर खेल !

अशोज २०, २०८३
समावेशी विद्यालय सुधार योजनामा तीन विद्यालयको प्रतिबद्धता

समावेशी विद्यालय सुधार योजनामा तीन विद्यालयको प्रतिबद्धता

अशोज १९, २०८३
१० वर्षअघि हराएका बालक दिल्लीबाट परिवारको सम्पर्कमा

१० वर्षअघि हराएका बालक दिल्लीबाट परिवारको सम्पर्कमा

अशोज १९, २०८३
मोटरसाइकल दुर्घटनामा परेका युवकको साथबाट पेस्तोल बरामद

मोटरसाइकल दुर्घटनामा परेका युवकको साथबाट पेस्तोल बरामद

अशोज १९, २०८३

एल.एस. हस्पिटल एण्ड मेडिकल कलेज…..

जनहितमा जारी सन्देश…

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि