Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार जिल्ला प्रहरी कार्यालय पर्सा वीरगंज महानगरपालिका जिल्ला प्रशासन कार्यालय नेशनल मेडिकल कलेज वीरगंज भन्सार कार्यालय राष्ट्रिय स्वतन्त्र पार्टी
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

वीरगंज मेनरोड विवाद उत्कर्षमाः शहरी मार्ग घोषणा गर्न माग गर्दै वीरगंजमा थाल बजाएर प्रदर्शन !

प्रदर्शनका क्रममा सहभागीहरूले शहरी मार्ग घोषणाले वीरगंजको यातायात व्यवस्थापन, व्यापारिक गतिविधि र शहरको सौन्दर्यीकरणमा सकारात्मक प्रभाव पार्ने बताएका थिए । संघर्ष समितिले मन्त्रिपरिषद्को निर्णयअनुसार त्रिभुवन राजपथलाई मेनरोड क्षेत्रबाट हटाइसकिएको दाबी गरेको छ ।

वीरगंज टाइम्स
वीरगंज टाइम्स
जेष्ठ १०, २०८३
वीरगंज मेनरोड विवाद उत्कर्षमाः शहरी मार्ग घोषणा गर्न माग गर्दै वीरगंजमा थाल बजाएर प्रदर्शन !

वीरगंज (पर्सा), १० जेठ । वीरगंजको मुख्य व्यापारिक क्षेत्र मेनरोडलाई शहरी मार्ग कायम गर्न माग गर्दै स्थानीय घरधनी तथा व्यवसायीहरूले आइतबार प्रदर्शन गरेका छन् । वीरगंज संघर्ष समितिको नेतृत्वमा भएको विरोध कार्यक्रममा सहभागीहरूले थाल बजाएर सरकारको ध्यानाकर्षण गराएका थिए । प्रदर्शनमा सहभागीहरू मेनरोड क्षेत्र परिक्रमा गर्दै घण्टाघरसम्म पुगेका थिए । उनीहरूले मेनरोडलाई तत्काल औपचारिक रूपमा शहरी मार्ग घोषणा गर्न सरकारसँग माग गरेका छन् ।

प्रदर्शनका क्रममा सहभागीहरूले शहरी मार्ग घोषणाले वीरगंजको यातायात व्यवस्थापन, व्यापारिक गतिविधि र शहरको सौन्दर्यीकरणमा सकारात्मक प्रभाव पार्ने बताएका थिए । संघर्ष समितिले मन्त्रिपरिषद्को निर्णयअनुसार त्रिभुवन राजपथलाई मेनरोड क्षेत्रबाट हटाइसकिएको दाबी गरेको छ । समितिका अनुसार नेपाल सरकारको आधिकारिक वेबसाइट तथा सरकारले प्रकाशन गर्ने ‘रोड डायरी’ मा समेत आवश्यक संशोधन भइसकेको छ । यस्तो अवस्थामा अब मेनरोडलाई शहरी मार्गको रूपमा औपचारिक मान्यता दिनुपर्ने उनीहरूको मुख्य माग रहेको छ ।

विरोध कार्यक्रममा स्थानीय व्यापारी, घरधनी, सर्वसाधारण, महिला तथा बालबालिकाको समेत उल्लेखनीय उपस्थिति रहेको थियो । प्रदर्शनकारीहरूले मेनरोडलाई शहरी मार्ग कायम गरिए वीरगंजको बजार व्यवस्थापन थप व्यवस्थित हुने र व्यापारिक वातावरणलाई सहज बनाउन मद्दत पुग्ने विश्वास व्यक्त गरेका छन् । प्रदर्शनका क्रममा सहभागीहरूले माग सम्बोधनमा ढिलाइ भए थप कडा आन्दोलनका कार्यक्रम घोषणा गरिने चेतावनी समेत दिएका छन् । वीरगंज युवा तथा व्यापारी सडक पीडित संघर्ष समितिका अध्यक्ष कुन्दन रौनियार ले सरकारलाई जनचासोसँग जोडिएको विषय भएकाले शीघ्र निर्णय लिन आग्रह गरेका छन् ।

स्थानीयवासीका अनुसार मेनरोड वीरगंजको व्यापारिक तथा सामाजिक गतिविधिको प्रमुख केन्द्र भएकाले यसलाई शहरी मार्गका रूपमा विकास गर्न सके शहर व्यवस्थापनमा दीर्घकालीन सकारात्मक प्रभाव पर्ने अपेक्षा गरिएको छ ।

Tags: थाल बजाउँदै सरकारलाई दबाब: मेनरोडलाई शहरी मार्ग बनाउन माग
वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

एउटै महसुलमा दोहोरो जरिवानाः विद्युत् प्राधिकरण वीरगंज वितरण केन्द्रको बिलिङमा गम्भीर खेल !

एउटै महसुलमा दोहोरो जरिवानाः विद्युत् प्राधिकरण वीरगंज वितरण केन्द्रको बिलिङमा गम्भीर खेल !

अशोज २०, २०८३
समावेशी विद्यालय सुधार योजनामा तीन विद्यालयको प्रतिबद्धता

समावेशी विद्यालय सुधार योजनामा तीन विद्यालयको प्रतिबद्धता

अशोज १९, २०८३
१० वर्षअघि हराएका बालक दिल्लीबाट परिवारको सम्पर्कमा

१० वर्षअघि हराएका बालक दिल्लीबाट परिवारको सम्पर्कमा

अशोज १९, २०८३
मोटरसाइकल दुर्घटनामा परेका युवकको साथबाट पेस्तोल बरामद

मोटरसाइकल दुर्घटनामा परेका युवकको साथबाट पेस्तोल बरामद

अशोज १९, २०८३

एल.एस. हस्पिटल एण्ड मेडिकल कलेज…..

जनहितमा जारी सन्देश…

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि