Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार जिल्ला प्रहरी कार्यालय पर्सा वीरगंज महानगरपालिका जिल्ला प्रशासन कार्यालय नेशनल मेडिकल कलेज वीरगंज भन्सार कार्यालय भोटेकोशीको कहर: सयौं सम्पर्कविहीन ११४ को हवाई उद्धार
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

वीरगंज महानगरमा प्रमुख प्रशासकीय अधिकृत विवादः सङ्घीय निर्णय कार्यान्वयनमै अवरोध

वीरगंज टाइम्स
वीरगंज टाइम्स
जेष्ठ ६, २०८३
वैशाख ७ गतेदेखि विद्यार्थी भर्ना तथा १६ गतेदेखि कक्षा संचालन गर्न निर्देशन

वीरगंज (पर्सा), ६ जेठ । नेपाल सरकार मन्त्रिपरिषद्को २०८२ फागुन १२ गतेको निर्णयअनुसार वीरगंज महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा सरुवा गरिएका रेशमलाल कँडेललाई महानगरपालिकाले अझै हाजिर हुन नदिएको विषयले प्रशासनिक अन्योल बढाएको छ । प्रमुख प्रशासकीय अधिकृत कँडेल विगत १० दिनदेखि वीरगंजमै रहे पनि महानगरपालिकाले औपचारिक रूपमा हाजिरी गराउने वातावरण नबनाएको हो । यसले महानगरको प्रशासनिक तथा आर्थिक गतिविधि प्रभावित भएको बताइएको छ ।

वीरगंज महानगरका प्रमुख राजेशमान सिंहले भने कँडेल सरुवा भएपछि तत्काल कार्यस्थलमा नआएको आरोप लगाउँदै अहिले मात्रै मन्त्रालयको दबाबपछि आउन खोजेकाले हाजिरी गराउने पक्षमा नरहेको प्रतिक्रिया दिए । उनका अनुसार महानगरले सुरुदेखि नै नयाँ प्रमुख प्रशासकीय अधिकृत पठाउन माग गर्दै आएको थियो । यता प्रमुख प्रशासकीय अधिकृत कँडेलले आफू वीरगंजमै उपस्थित भए पनि कार्यालयमा प्रवेश गरी नियमित रूपमा जिम्मेवारी सम्हाल्ने वातावरण नबनेको बताए । उनले हाल जिल्ला प्रशासन कार्यालयमै बसेर हाजिर हुने प्रतीक्षामा रहेको जानकारी दिए ।

भूमि व्यवस्था, सहकारी तथा सङ्घीय मामिला एवं सामान्य प्रशासन मन्त्रालयका प्रवक्ता एकदेव अधिकारीले भने मन्त्रालय र वीरगंज महानगरबीच यस विषयमा निरन्तर समन्वय भइरहेको बताएका छन् । उनका अनुसार केही दिनभित्रै देखिएको विवाद समाधान हुने अपेक्षा गरिएको छ । यसअघि महानगरमा प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी सम्हालिरहेका अरविन्दलाल कर्णबाट मन्त्रालयले गत वैशाख ४ गते आर्थिक तथा प्रशासनिक अधिकार फिर्ता लिएको थियो । कर्ण महानगरको शिक्षा महाशाखामा कार्यरत १०औँ तहका कर्मचारी हुन् ।

महानगर प्रमुख सिंहले हाल प्रमुख प्रशासकीय अधिकृतको अभावका कारण आर्थिक तथा प्रशासनिक निर्णय प्रभावित भइरहेको दाबी गरेका छन् ।

Tags: वीरगंज महानगरपालिका
वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको काम अघि बढाउन सरकारसँग माग

निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको काम अघि बढाउन सरकारसँग माग

अशोज ५, २०८३
बाढीमा बेपत्ता परिवारको घरमै पुगे सांसद अन्सारी

बाढीमा बेपत्ता परिवारको घरमै पुगे सांसद अन्सारी

अशोज ५, २०८३
घरभित्रै महिला मृत फेला, गरगहना चोरीको आशंका

घरभित्रै महिला मृत फेला, गरगहना चोरीको आशंका

अशोज ५, २०८३
चिकित्सकमाथि हातपात गरेको आरोपमा दुईजना पक्राउ

चिकित्सकमाथि हातपात गरेको आरोपमा दुईजना पक्राउ

अशोज ५, २०८३

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि