Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार जिल्ला प्रहरी कार्यालय पर्सा वीरगंज महानगरपालिका जिल्ला प्रशासन कार्यालय नेशनल मेडिकल कलेज वीरगंज भन्सार कार्यालय राष्ट्रिय स्वतन्त्र पार्टी
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

क्यासिनोमा नेपाली नागरिक प्रवेश गरेको पाएपछि पर्सासहित १२ जिल्लामा निगरानी बढाउन निर्देशन

पछिल्लो समय केही क्यासिनोहरूले नेपालीलाई खुला रूपमा प्रवेश गराई जुवा खेलाउने तथा इजाजतपत्रमा उल्लेख नभएका अवैध खेल सञ्चालन गरिरहेको गुनासो आएपछि विभाग सक्रिय बनेको हो । गत शनिबार राति वीरगंज का विभिन्न क्यासिनोमा प्रहरीले छापामारी गर्दा ६ जना नियन्त्रणमा परेका थिए ।

वीरगंज टाइम्स
वीरगंज टाइम्स
बैशाख ३१, २०८३
क्यासिनोमा नेपाली नागरिक प्रवेश गरेको पाएपछि पर्सासहित १२ जिल्लामा निगरानी बढाउन निर्देशन

वीरगंज (पर्सा), ३१ वैशाख । नेपाली नागरिकलाई अवैधरूपमा क्यासिनो प्रवेश गराई जुवा खेलाइँदै आएको गुनासो बढ्न थालेपछि सरकारले पर्सासहित देशका विभिन्न जिल्लामा कडा निगरानी गर्न निर्देशन दिएको छ । पर्यटन विभागले जिल्ला प्रशासन कार्यालयहरूलाई क्यासिनोमाथि सूक्ष्म निगरानी र स्थलगत अनुगमन तीव्र बनाउन परिपत्र जारी गरेको हो ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय अन्तर्गतको विभागले बुधबार जारी गरेको निर्देशनमा प्रचलित कानुनविपरीत नेपाली नागरिकलाई क्यासिनोमा प्रवेश गराउन नदिन विशेष सतर्कता अपनाउन आग्रह गरिएको छ । पछिल्लो समय केही क्यासिनोहरूले नेपालीलाई खुला रूपमा प्रवेश गराई जुवा खेलाउने तथा इजाजतपत्रमा उल्लेख नभएका अवैध खेल सञ्चालन गरिरहेको गुनासो आएपछि विभाग सक्रिय बनेको हो । गत शनिबार राति वीरगंज का विभिन्न क्यासिनोमा प्रहरीले छापामारी गर्दा ६ जना नियन्त्रणमा परेका थिए । त्यसपछि क्यासिनो सञ्चालनमाथि निगरानी कमजोर भएको प्रश्न उठ्न थालेको थियो ।

यसैबीच मंगलबार संघीय संसद्को प्रतिनिधिसभा बैठकमा रहबर अंसारीले नेपालीहरू निर्वाध रूपमा क्यासिनो प्रवेश गरिरहेको विषय संसद्मा उठाएका थिए । उनले विशेषगरी सिमरा क्षेत्रका क्यासिनोमा दैनिक नेपाली युवाहरू पुगिरहेको भन्दै सरकारको ध्यानाकर्षण गराएका थिए । पर्यटन विभागका निर्देशक हिमाल गौतमद्वारा हस्ताक्षरित निर्देशनात्मक पत्र पर्सासहित बारा, झापा, मोरङ, भक्तपुर, काठमाडौं, कास्की, रुपन्देही, कपिलवस्तु, बाँके, कैलाली र कञ्चनपुरका जिल्ला प्रशासन कार्यालयमा पठाइएको छ ।

पर्यटन ऐन, २०३५ तथा क्यासिनो नियमावली, २०८२ अनुसार नेपाली नागरिकलाई क्यासिनोमा प्रवेश गरी खेल खेल्न पूर्ण प्रतिबन्ध रहेको विभागले स्मरण गराएको छ । त्यस्तै, क्यासिनो सञ्चालकहरूले सम्पत्ति शुद्धीकरण निवारण ऐन, २०६४ र नियमावली २०८१ लगायतका कानुनी व्यवस्थाको पूर्ण पालना गर्नुपर्ने पनि विभागले स्पष्ट पारेको छ ।

विभागले जिल्ला प्रशासन कार्यालयहरूलाई कानुनविपरीत नेपालीको प्रवेश, अवैध खेल सञ्चालन वा अन्य शंकास्पद गतिविधि फेला परे तत्काल कानुनी कारबाही गरी विभागलाई जानकारी गराउन समेत निर्देशन दिएको छ ।

Tags: क्यासिनोमा नेपालीको खुला प्रवेश ! सरकारको आकस्मिक हस्तक्षेप
वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

एउटै महसुलमा दोहोरो जरिवानाः विद्युत् प्राधिकरण वीरगंज वितरण केन्द्रको बिलिङमा गम्भीर खेल !

एउटै महसुलमा दोहोरो जरिवानाः विद्युत् प्राधिकरण वीरगंज वितरण केन्द्रको बिलिङमा गम्भीर खेल !

अशोज २०, २०८३
समावेशी विद्यालय सुधार योजनामा तीन विद्यालयको प्रतिबद्धता

समावेशी विद्यालय सुधार योजनामा तीन विद्यालयको प्रतिबद्धता

अशोज १९, २०८३
१० वर्षअघि हराएका बालक दिल्लीबाट परिवारको सम्पर्कमा

१० वर्षअघि हराएका बालक दिल्लीबाट परिवारको सम्पर्कमा

अशोज १९, २०८३
मोटरसाइकल दुर्घटनामा परेका युवकको साथबाट पेस्तोल बरामद

मोटरसाइकल दुर्घटनामा परेका युवकको साथबाट पेस्तोल बरामद

अशोज १९, २०८३

एल.एस. हस्पिटल एण्ड मेडिकल कलेज…..

जनहितमा जारी सन्देश…

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि