Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार जिल्ला प्रहरी कार्यालय पर्सा वीरगंज महानगरपालिका जिल्ला प्रशासन कार्यालय नेशनल मेडिकल कलेज वीरगंज भन्सार कार्यालय राष्ट्रिय स्वतन्त्र पार्टी
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

नीलगाईले अन्नबाली खाएर हैरान गरेपछि सर्लाहीका किसान चिन्तित

वीरगंज टाइम्स
वीरगंज टाइम्स
बैशाख २९, २०८३
नीलगाईले अन्नबाली खाएर हैरान गरेपछि सर्लाहीका किसान चिन्तित

मलंगवा (सर्लाही), २९ वैशाख । सर्लाहीका किसानलाई घोडगधा अर्थात् नीलगाईले असाध्य दुःख दिन थालेका छन्‌ । पछिल्लो समय यहाँको दक्षिणवर्ती क्षेत्रमा अत्यधिक मात्रामा घोडगधा देखा परेको किसानले बताएका छन्‌ । समूहमा देखापर्ने नीलगाईले हरेक अन्नबाली खाएर हैरान पारिरहेको कौडेना गाउँपालिका–३, पर्सा टोलका दीपलाल राय यादवले गुनासो गरे ।

नीलगाईले तरकारी, उखु र मकैबाली सखाप पारेको यादवले गुनासो गरे । अन्नबाली जोगाउन सर्लाहीका किसान रातदिन खेतमै बस्न थालेका छन्‌ । हुल बाँधेर आउने नीलगाईका कारण खेतबारीमा एक्लै जानसमेत जोखिम रहेको यादवले गुनासो गरे ।

दक्षिणवर्ती कौडेना, गोडैता, बलरा, रामनगर, धनकौल, बसबरियालगायतका पालिकामा नीलगाई धेरै नै देखा परिरहेको स्थानीय किसानको भनाइ छ । नीलगाईबाट बाली जोगाउन किसानले तारबार गर्ने र स्पिकर बजाउने गरेका छन्‌ । तर पनि नीलगाई जबरजस्ती पसेर बाली खान नछाडेको गोडैता नगरपालिका–६ का किसान हरिन्द्र साहले बताए ।

यसअघि महेन्द्र राजमार्गसँगै जोडिएको उष्ण प्रदेशीय बागवानी केन्द्रपरिसरभित्र धेरै देखिने नीलगाई अहिले जिल्लाभर नै जताततै देखा पर्न थालेका छन्‌ । जिल्लाको दक्षिणवर्ती क्षेत्रमा नीलगाई र उत्तरी भेगमा जङ्गली बँदेलले किसानको बालीनाली नष्ट पारिरहेका छन्‌ । दुई साताअघि उत्तरी चुरेवर्ती क्षेत्रमा पर्ने लालबन्दी नगरपालिका–१५, परवानीपुरको झरझरामा बँदेलको आक्रमणबाट एक जनाको मृत्यु भएको थियो ।

लालबन्दी नगरपालिका–१३, पत्थरकोटका अष्ट लामाले मकैलगायत प्रत्येक बालीमा बँदेल क्षति गर्ने गरेको गुनासो गरे । जिल्लाका किसानले व्यावसायिक मकै खेती बढाउँदै लगेको अवस्थामा बँदेलले दुःख दिएर हैरान पार्ने र नोक्सान पनि उत्तिकै गर्न थालेको हो ।

Tags: नीलगाईको आतंक
वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

एउटै महसुलमा दोहोरो जरिवानाः विद्युत् प्राधिकरण वीरगंज वितरण केन्द्रको बिलिङमा गम्भीर खेल !

एउटै महसुलमा दोहोरो जरिवानाः विद्युत् प्राधिकरण वीरगंज वितरण केन्द्रको बिलिङमा गम्भीर खेल !

अशोज २०, २०८३
समावेशी विद्यालय सुधार योजनामा तीन विद्यालयको प्रतिबद्धता

समावेशी विद्यालय सुधार योजनामा तीन विद्यालयको प्रतिबद्धता

अशोज १९, २०८३
१० वर्षअघि हराएका बालक दिल्लीबाट परिवारको सम्पर्कमा

१० वर्षअघि हराएका बालक दिल्लीबाट परिवारको सम्पर्कमा

अशोज १९, २०८३
मोटरसाइकल दुर्घटनामा परेका युवकको साथबाट पेस्तोल बरामद

मोटरसाइकल दुर्घटनामा परेका युवकको साथबाट पेस्तोल बरामद

अशोज १९, २०८३

एल.एस. हस्पिटल एण्ड मेडिकल कलेज…..

जनहितमा जारी सन्देश…

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि