Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार जिल्ला प्रहरी कार्यालय पर्सा वीरगंज महानगरपालिका जिल्ला प्रशासन कार्यालय नेशनल मेडिकल कलेज वीरगंज भन्सार कार्यालय राष्ट्रिय स्वतन्त्र पार्टी
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

गौर र इशनाथ नगरपालिका जोड्ने लालबकैया नदीको टिकुलियाघाट पुल निर्माणको काम सुस्त गतिमा

सडक डिभिजन कार्यालय रौतहटका प्रमुख अरुणकुमार लाल कर्णका अनुसार पर्याप्त बजेट अभावका कारण पुल निर्माणले गति लिन सकेको छैन । उनका अनुसार गौर नगरपालिका–४ स्थित लालबकैया नदीको टिकुलियाघाटमा निर्माणाधीन पुलका लागि चालु आर्थिक वर्षमा विनियोजित बजेट सकिएको छ ।

वीरगंज टाइम्स
वीरगंज टाइम्स
बैशाख २८, २०८३
गौर र इशनाथ नगरपालिका जोड्ने लालबकैया नदीको टिकुलियाघाट पुल निर्माणको काम सुस्त गतिमा

गौर (रौतहट), २८ वैशाख । रौतहटको गौर नगरपालिका र इशनाथ नगरपालिका जोड्ने लालबकैया नदीस्थित टिकुलियाघाट पुल निर्माणको काम सुस्त गतिमा अघि बढेको छ । पछिल्ला दिनहरूमा निर्माण कार्य थप ढिलाइ भएको सडक डिभिजन कार्यालय रौतहटले जनाएको छ ।

सडक डिभिजन कार्यालय रौतहटका प्रमुख अरुणकुमार लाल कर्णका अनुसार पर्याप्त बजेट अभावका कारण पुल निर्माणले गति लिन सकेको छैन । उनका अनुसार गौर नगरपालिका–४ स्थित लालबकैया नदीको टिकुलियाघाटमा निर्माणाधीन पुलका लागि चालु आर्थिक वर्षमा विनियोजित बजेट सकिएको छ ।

निर्माण कम्पनीले रनिङ बिल पेस गरेअनुसार करिब चार करोड रुपियाँ भुक्तानी दिन बाँकी रहेको उनले बताए । छ स्पानमध्ये पाँच स्पानको ढलान कार्य पूरा भइसकेको छ भने बाँकी काम बजेट अभावका कारण अघि बढ्न नसकेको कार्यालयले जनाएको छ । टिकुलियाघाट पुल भ्याटसहित २७ करोड ६६ लाख ८ हजार १७६ रुपियाँ लागतमा निर्माण गर्ने गरी २०८० असोज ९ गते आजाद दिपु एन्ड कम्पनी जेभीसँग सम्झौता गरिएको थियो ।

२०८३ असार ३० गतेभित्र निर्माण सम्पन्न गर्ने गरी जिम्मा दिइएको हो । निर्माण कम्पनीका प्रोपाइटर रामसागर चौरसियाले सामग्रीको मूल्य वृद्धि र भुक्तानी नहुँदा काम सुस्त भएको बताए । उनले सम्पन्न कामको रनिङ बिल पेस गरे पनि भुक्तानी नपाएको गुनासो गरे । कार्यालय प्रमुख कर्णले समयमै निर्माण सम्पन्न गर्न आवश्यक बजेट माग गरे पनि मन्त्रालयबाट ढिलाइ भइरहेको गुनासो गरे ।

यसअघि यही पुल निर्माणको जिम्मा पप्पु कन्स्ट्रक्सनले लिएको थियो । २०७१ असार २९ मा सम्झौता भएको उक्त योजना २०७४ असार २५ भित्र सम्पन्न गर्नुपर्ने थियो । तर समयमै काम पूरा नभएपछि २०८० असार १५ मा ठेक्का तोड्दै कम्पनीलाई कालोसूचीमा राखिएको थियो ।

Tags: लालबकैया नदी पुल
वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

एउटै महसुलमा दोहोरो जरिवानाः विद्युत् प्राधिकरण वीरगंज वितरण केन्द्रको बिलिङमा गम्भीर खेल !

एउटै महसुलमा दोहोरो जरिवानाः विद्युत् प्राधिकरण वीरगंज वितरण केन्द्रको बिलिङमा गम्भीर खेल !

अशोज २०, २०८३
समावेशी विद्यालय सुधार योजनामा तीन विद्यालयको प्रतिबद्धता

समावेशी विद्यालय सुधार योजनामा तीन विद्यालयको प्रतिबद्धता

अशोज १९, २०८३
१० वर्षअघि हराएका बालक दिल्लीबाट परिवारको सम्पर्कमा

१० वर्षअघि हराएका बालक दिल्लीबाट परिवारको सम्पर्कमा

अशोज १९, २०८३
मोटरसाइकल दुर्घटनामा परेका युवकको साथबाट पेस्तोल बरामद

मोटरसाइकल दुर्घटनामा परेका युवकको साथबाट पेस्तोल बरामद

अशोज १९, २०८३

एल.एस. हस्पिटल एण्ड मेडिकल कलेज…..

जनहितमा जारी सन्देश…

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि