Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार जिल्ला प्रहरी कार्यालय पर्सा नेशनल मेडिकल कलेज वीरगंज महानगरपालिका नेकपा एमाले वीरगंज भन्सार कार्यालय जिल्ला प्रशासन कार्यालय
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

निजी विद्यालय र पसलको मिलेमतोमा अभिभावक माथि आर्थिक भार, प्रशासनद्वारा कडा चेतावनी

कतिपय निजी विद्यालयहरूले अभिभावकलाई अन्य पसलबाट सामान खरिद गर्न नदिई सीमित पसलमै किन्न दबाब दिने गरेको र उपभोक्ताले पाउनुपर्ने छुटसमेत रोक्दै विद्यालय प्रशासन तथा व्यवसायीबीच गैरकानूनी आर्थिक लाभको लेनदेन भइरहेकोबारे गुनासो प्राप्त भएको उल्लेख गरिएको छ ।

वीरगंज टाइम्स
वीरगंज टाइम्स
बैशाख २८, २०८३
निजी विद्यालय र पसलको मिलेमतोमा अभिभावक माथि आर्थिक भार, प्रशासनद्वारा कडा चेतावनी

वीरगंज (पर्सा), २८ वैशाख । जिल्ला प्रशासन कार्यालय पर्सा ले निजी विद्यालय र पुस्तक तथा पोशाक पसलबीचको मिलेमतोमार्फत भइरहेको आर्थिक शोषणप्रति गम्भीर चासो व्यक्त गर्दै यस्ता गतिविधि तत्काल बन्द गर्न चेतावनी दिएको छ ।

कार्यालयले सार्वजनिक सूचना जारी गर्दै विद्यार्थी तथा अभिभावकलाई निश्चित पसलबाट मात्रै पाठ्यपुस्तक र विद्यालय पोशाक खरिद गर्न बाध्य पार्ने कार्य कानूनविपरीत भएको स्पष्ट पारेको हो । सूचनामा कतिपय निजी विद्यालयहरूले अभिभावकलाई अन्य पसलबाट सामान खरिद गर्न नदिई सीमित पसलमै किन्न दबाब दिने गरेको र उपभोक्ताले पाउनुपर्ने छुटसमेत रोक्दै विद्यालय प्रशासन तथा व्यवसायीबीच गैरकानूनी आर्थिक लाभको लेनदेन भइरहेकोबारे गुनासो प्राप्त भएको उल्लेख गरिएको छ ।

सहायक प्रमुख जिल्ला अधिकारी कृष्ण थापा द्वारा जारी सूचनामा यस्ता सिन्डिकेट, एकाधिकार तथा आर्थिक शोषणजन्य गतिविधि तत्काल रोक्न निर्देशन दिइएको छ । चेतावनी अवज्ञा गरे सम्बन्धित विद्यालय र पसलमाथि प्रचलित ऐन तथा कानूनअनुसार कडा कानुनी कारवाही गरिने प्रशासनले जनाएको छ । प्रशासनले अभिभावक तथा सरोकारवालालाई यदि कुनै विद्यालयले निश्चित पसलबाट मात्रै किताब वा पोशाक खरिद गर्न दबाब दिएको प्रमाण, बिल वा अन्य आधार भए कार्यालयमा उजुरी दिन आग्रह गरेको छ ।

वीरगंजका अधिकांश निजी विद्यालयहरूले सीमित पुस्तक तथा कपडा पसलसँग मात्रै कारोबार गर्दै आएको आरोप लामो समयदेखि लाग्दै आएको छ । ती पसलहरूले विद्यालयलाई कमिशन उपलब्ध गराउने गरेको अभिभावकहरूको दाबी छ । चर्चित र नाम चलेका विद्यालयसमेत कमिशनको लोभमा निश्चित पसलसँग मात्रै जोडिएको भन्दै अभिभावकहरूले असन्तुष्टि जनाउँदै आएका छन् ।

यस विषयमा विभिन्न सञ्चारमाध्यममा समाचार सार्वजनिक भएपछि प्रशासनको ध्यानाकर्षण भएको बताइएको छ । प्रशासनको पछिल्लो कदमपछि अभिभावकमाथि हुने आर्थिक दबाब कम हुने अपेक्षा गरिएको छ । यसअघि वीरगंज महानगरपालिका शिक्षा महाशाखा ले पनि निजी विद्यालयहरूलाई यस्ता गतिविधिमा संलग्न नहुन चेतावनी दिइसकेको थियो ।

Tags: निजी विद्यालयको कमिशन खेलमा प्रशासन कडा
वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

कलैयामा संयुक्त बजार अनुगमनको क्रममा दुईवटा मिठाई पसललाई जरिवाना

कलैयामा संयुक्त बजार अनुगमनको क्रममा दुईवटा मिठाई पसललाई जरिवाना

बैशाख २८, २०८३
उपभोक्ता हित संरक्षण मञ्चको उजुरीको आधारमा कलश मिल्क इन्डस्ट्रिजमा छापा

उपभोक्ता हित संरक्षण मञ्चको उजुरीको आधारमा कलश मिल्क इन्डस्ट्रिजमा छापा

बैशाख २८, २०८३
विद्युत प्राद्यिकरण सप्तरीका प्रमुखविरुद्ध विशेष अदालतमा आरोपपत्र दायर

विद्युत प्राद्यिकरण सप्तरीका प्रमुखविरुद्ध विशेष अदालतमा आरोपपत्र दायर

बैशाख २८, २०८३
पर्सा र बारा जिल्लामा राष्ट्रिय औद्योगिक गणना संचालन गरिने

पर्सा र बारा जिल्लामा राष्ट्रिय औद्योगिक गणना संचालन गरिने

बैशाख २८, २०८३

Advertisement

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि