Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार जिल्ला प्रहरी कार्यालय पर्सा वीरगंज महानगरपालिका जिल्ला प्रशासन कार्यालय नेशनल मेडिकल कलेज वीरगंज भन्सार कार्यालय राष्ट्रिय स्वतन्त्र पार्टी
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

३५ वर्षपछि पुनः सञ्चालनतर्फ पर्साका छोटी भन्सार, स्थानीय व्यापारमा नयाँ आशा

लामो समयदेखि सेवा बन्द हुँदा सीमा क्षेत्रको व्यापार, आवतजावत तथा रोजगारीमा प्रत्यक्ष असर परेको थियो । अहिले पुनः सञ्चालनको तयारी अघि बढेसँगै स्थानीय व्यवसायी र सर्वसाधारणमा उत्साह बढेको छ ।

वीरगंज टाइम्स
वीरगंज टाइम्स
बैशाख २४, २०८३
३५ वर्षपछि पुनः सञ्चालनतर्फ पर्साका छोटी भन्सार, स्थानीय व्यापारमा नयाँ आशा

वीरगंज (पर्सा), २४ वैशाख । पर्सा जिल्लामा लामो समयदेखि बन्द अवस्थामा रहेका महत्वपूर्ण छोटी भन्सारहरू पुनः सञ्चालनको तयारीमा जुटेका छन् । करिब ३५ वर्षदेखि निष्क्रिय रहेका ठोरी र भिस्वा छोटी भन्सार पुनः सञ्चालनमा ल्याउन प्रक्रिया तीव्र रूपमा अघि बढाइएको बताइएको छ ।

यस पहलमा सांसद टेक बहादुर शाक्यको विशेष सक्रियता रहेको जनाइएको छ । सांसद निर्वाचित भएको छोटो समयमै उनले बन्द भन्सार नाकाहरू पुनः सञ्चालनमा ल्याउने अभियानलाई प्राथमिकतामा राखेका हुन् ।

स्थानीयवासीका अनुसार लामो समयदेखि सेवा बन्द हुँदा सीमा क्षेत्रको व्यापार, आवतजावत तथा रोजगारीमा प्रत्यक्ष असर परेको थियो । अहिले पुनः सञ्चालनको तयारी अघि बढेसँगै स्थानीय व्यवसायी र सर्वसाधारणमा उत्साह बढेको छ ।

ठोरी र भिस्वा भन्सारसँगै वर्षौंदेखि बन्द रहेको जन्किटोला छोटी भन्सारलाई पनि पुनः सञ्चालनमा ल्याउने प्रयास जारी रहेको बताइएको छ । सम्बन्धित निकायहरूसँग आवश्यक समन्वय र प्रशासनिक प्रक्रिया अगाडि बढिरहेको स्रोतले जनाएको छ ।

भन्सार सेवा पुनः सञ्चालन भएपछि सीमावर्ती क्षेत्रको आर्थिक गतिविधि चलायमान हुने, स्थानीय व्यापार विस्तार हुने तथा रोजगारीका अवसर सिर्जना हुने अपेक्षा गरिएको छ । साथै, स्थानीय नागरिकलाई आवतजावत र दैनिक आवश्यक सामग्रीको आपूर्तिमा समेत सहजता पुग्ने विश्वास गरिएको छ ।

क्षेत्रीय विकास र जनताको आवश्यकतालाई केन्द्रमा राखेर अघि बढाइएको यो पहललाई पर्सावासीले सकारात्मक कदमका रूपमा हेरेका छन् । केही समयभित्रै यी छोटी भन्सारहरू पूर्ण रूपमा सञ्चालनमा आउने तयारी भइरहेको बताइएको छ ।

Tags: पर्साका छोटी भन्सार
वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

कानुन र जनप्रशासन सङ्काय पढाउने तयारीमा मधेस विश्वविद्यालय

मधेश विश्वविद्यालयः चार वर्षमै शैक्षिक फड्को, एमबीए, एलएलबी तथा बीबीएको पठनपाठन सुरु

अशोज २१, २०८३
मलङ्गवा नगरपालिकाका इन्जिनियर १ लाख रुपैयाँ घुससहित पक्राउ

मलङ्गवा नगरपालिकाका इन्जिनियर १ लाख रुपैयाँ घुससहित पक्राउ

अशोज २१, २०८३
वर्षौँको प्रतीक्षा, अब ड्राइपोर्ट गेटमै संघर्षः मुआब्जाको सुनिश्चितता खोज्दै श्रीसियावासी आन्दोलनमा

मुअब्जा विवाद समाधान गर्न सिफारिस गर्ने निर्णय

अशोज २१, २०८३
सरुवा भएको १४ दिनसम्म पनि पर्सा प्रशासनमैः मन्त्रालयको सरुवा आदेशलाई लत्याउँदै नासु गुप्ता

सरुवा भएको १४ दिनसम्म पनि पर्सा प्रशासनमैः मन्त्रालयको सरुवा आदेशलाई लत्याउँदै नासु गुप्ता

अशोज २१, २०८३

एल.एस. हस्पिटल एण्ड मेडिकल कलेज…..

जनहितमा जारी सन्देश…

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि