Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार जिल्ला प्रहरी कार्यालय पर्सा वीरगंज महानगरपालिका नेशनल मेडिकल कलेज जिल्ला प्रशासन कार्यालय वीरगंज भन्सार कार्यालय नेकपा एमाले
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

बीपी उद्यान रूपान्तरण अभियान तीव्रः वीरगंजमा आधुनिक हरियाली पार्क निर्माण हुँदै

हाल उद्यान परिसरमा माटो भर्ने, जमिन सम्याउने तथा नियमित सिँचाइ गर्ने कार्य भइरहेको महानगरपालिकाले जनाएको छ । आगामी चरणमा दुबो रोप्ने, विभिन्न जातका फूल तथा बिरुवा लगाउने र हरियाली व्यवस्थापनलाई थप व्यवस्थित गर्ने योजना रहेको छ, जसले पार्कलाई प्राकृतिक सौन्दर्यले भरिपूर्ण बनाउने अपेक्षा गरिएको छ ।

वीरगंज टाइम्स
वीरगंज टाइम्स
बैशाख २३, २०८३
बीपी उद्यान रूपान्तरण अभियान तीव्रः वीरगंजमा आधुनिक हरियाली पार्क निर्माण हुँदै

वीरगंज (पर्सा), २३ वैशाख । वीरगंज महानगरपालिकाले शहरको सौन्दर्य अभिवृद्धि र वातावरणीय सुधारलाई प्राथमिकतामा राख्दै बीपी उद्यानलाई व्यवस्थित हरियाली पार्कका रूपमा विकास गर्ने कामलाई तीव्र बनाएको छ । लामो समयदेखि अतिक्रमण र अव्यवस्थाको मारमा परेको उक्त क्षेत्रलाई अब स्वच्छ, खुला र आकर्षक सार्वजनिक स्थलका रूपमा परिणत गर्ने लक्ष्य लिइएको छ ।

हाल उद्यान परिसरमा माटो भर्ने, जमिन सम्याउने तथा नियमित सिँचाइ गर्ने कार्य भइरहेको महानगरपालिकाले जनाएको छ । आगामी चरणमा दुबो रोप्ने, विभिन्न जातका फूल तथा बिरुवा लगाउने र हरियाली व्यवस्थापनलाई थप व्यवस्थित गर्ने योजना रहेको छ, जसले पार्कलाई प्राकृतिक सौन्दर्यले भरिपूर्ण बनाउने अपेक्षा गरिएको छ ।

मेयर राजेशमान सिंहका अनुसार यो योजना केवल पार्क निर्माणमा सीमित नभई समग्र शहरी जीवनस्तर उकास्ने अभियान हो । उनले बीपी उद्यानलाई आधुनिक, सफा र व्यवस्थित हरियाली पार्कका रूपमा विकास गरिने उल्लेख गर्दै यसले शहरको सौन्दर्य बढाउनुका साथै नागरिकलाई स्वच्छ वातावरण र विश्रामका लागि उपयुक्त खुला स्थान उपलब्ध गराउने बताए ।

उनले थपे, ‘पार्क निर्माणले तापक्रम सन्तुलन, प्रदूषण न्यूनीकरण र स्वस्थ जीवनशैली प्रवद्र्धनमा महत्वपूर्ण भूमिका खेल्नेछ ।’ महानगरपालिकाले पार्कभित्र पैदल मार्ग, विश्रामस्थल, फूलबारी तथा हरियाली क्षेत्रको सुव्यवस्थित संरचना निर्माण गर्ने तयारी गरेको छ । साथै, उद्यानको उत्तरतर्फ रहेको पुरानो रेल्वे ट्रयाक क्षेत्रमा रेल्वे संग्रहालय स्थापना गर्ने योजना पनि अघि बढाइएको छ, जहाँ ऐतिहासिक महत्व झल्काउने उद्देश्यले जनकपुरबाट पुरानो रेल इन्जिन ल्याएर राख्ने तयारी भइरहेको छ ।

यसअघि उद्यान क्षेत्रमा अतिक्रमण गरी व्यवसाय सञ्चालन गर्दै आएका व्यापारीहरूलाई वैकल्पिक व्यवस्था स्वरूप छपकैयाँस्थित रेल्वे सडक क्षेत्रमा कृषि बजार स्थापना गरी स्थानान्तरण गरिसकिएको छ । यस कदमले उद्यान क्षेत्रलाई पूर्ण रूपमा खुला र व्यवस्थित बनाउन सहयोग पुगेको महानगरपालिकाले जनाएको छ ।

महानगरपालिकाले यसअघि वीरगंज भन्सार क्षेत्रमा वृक्षारोपण गर्दै हरियाली विस्तारको प्रयास गरिसकेको छ । बीपी उद्यानको विकास सम्पन्न भएपछि वीरगंजमा शहरी सौन्दर्य वृद्धि, वातावरण संरक्षण र आन्तरिक पर्यटन प्रवद्र्धनमा थप टेवा पुग्ने विश्वास लिइएको छ ।

Tags: बीपी उद्यान रूपान्तरण
वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

कालोपत्रे सडक रातारात पुनः कालोपत्रे, रहस्यमय सडक निर्माणले उठायो बजेट दुरुपयोगको आशंका

कालोपत्रे सडक रातारात पुनः कालोपत्रे, रहस्यमय सडक निर्माणले उठायो बजेट दुरुपयोगको आशंका

असार १७, २०८३
पेट्रोलियम पदार्थको मूल्य घटेसँगै निजी पम्पहरुको मनोमानीः जिल्ला प्रशासनद्वारा छडके अनुगमन

पेट्रोलियम पदार्थको मूल्य घटेसँगै निजी पम्पहरुको मनोमानीः जिल्ला प्रशासनद्वारा छडके अनुगमन

असार १७, २०८३
चितवन राष्ट्रिय निकुञ्जमा बुधबारदेखि जङ्गल सफारी सेवा बन्द

चितवन राष्ट्रिय निकुञ्जमा बुधबारदेखि जङ्गल सफारी सेवा बन्द

असार १७, २०८३
ज्यान मुद्दामा निलम्बित सांसद अभिराम शर्माको जन्मकैदको फैसला घटाएर ५ वर्ष कैद सजाय

ज्यान मुद्दामा निलम्बित सांसद अभिराम शर्माको जन्मकैदको फैसला घटाएर ५ वर्ष कैद सजाय

असार १७, २०८३

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि