Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार नेशनल मेडिकल कलेज नेकपा एमाले जिल्ला प्रहरी कार्यालय पर्सा वीरगंज भन्सार कार्यालय वीरगंज महानगरपालिका जिल्ला प्रशासन कार्यालय
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

अदालतको आदेश कागजमै सीमितः वीरगंजमा कवाडी करको नाममा खुला लुट, प्रशासन मौन !

उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगंजले वैशाख ११ गते नै राजमार्ग, सहायक राजमार्ग तथा हुलाकी राजमार्गमा सवारीसाधनबाट कर नउठाउन आदेश दिएको थियो । तर उक्त आदेश हालसम्म पनि प्रभावकारी रूपमा कार्यान्वयन हुन नसकेको देखिएको छ ।

वीरगंज टाइम्स
वीरगंज टाइम्स
बैशाख २३, २०८३
अदालतको आदेश कागजमै सीमितः वीरगंजमा कवाडी करको नाममा खुला लुट, प्रशासन मौन !

वीरगंज (पर्सा), २३ वैशाख । वीरगंज क्षेत्रमा कवाडी करको नाममा भइरहेको अवैध असुली रोक्न स्थानीय प्रशासन र प्रहरी असफल देखिएका छन् । महानगरपालिकासँग भएको सम्झौताको विपरीत राजमार्गका विभिन्न स्थानमा सवारीसाधनबाट मनपरी रूपमा रकम असुली भइरहेको गुनासो बढ्दै गएको छ ।

वीरगंज महानगरपालिका वडा नं. २२ जगरनाथपुर चोकस्थित गण्डक नहरको जग्गामा बनाइएको असुली केन्द्र प्रशासनले केही दिनअघि डोजर चलाएर हटाए पनि पुनः त्यही स्थानमा त्रिपाल टाँगेर असुली कार्य सुरु गरिएको स्थानीयले बताएका छन् । जगरनाथपुर चोक, रामगढवा र परवानीपुर क्षेत्रमा भारतीय नम्बर प्लेटका मालवाहक सवारीसाधनबाट प्रतिगाडी ४ सयदेखि ७ सय रुपैयाँसम्म असुली भइरहेको आरोप छ ।

चालकहरूका अनुसार कतिपय अवस्थामा रसिद नै नदिई रकम लिने, दिइएको रसिदभन्दा बढी रकम असुल गर्ने तथा अस्वीकार गर्दा दुर्व्यवहार र कुटपिटसमेत हुने गरेको छ । तर यस विषयमा प्रहरी प्रशासन मौन रहेको स्थानीयको आरोप छ ।

महानगरपालिकाको राजस्व शाखाका प्रमुख मनोज कर्णका अनुसार ठेकेदारले सम्झौताअनुसार पुरानो फलाम, प्लास्टिक, कागज, टायर–ट्युब जस्ता कबाडी सामग्रीमा मात्र कर उठाउन पाउने व्यवस्था भएपनि सोभन्दा बाहिर गएर खाली तथा मालवाहक सवारीसाधनबाट समेत असुली भइरहेको छ । उनले लिखित उजुरीपछि ठेकेदारलाई सचेत गराइएको भए पनि अटेर जारी रहेकाले अब आवश्यक कारबाही प्रहरीबाट हुनुपर्ने बताए ।

स्थानीयले महानगर, जिल्ला प्रशासन र जिल्ला प्रहरी कार्यालयलाई पटक–पटक जानकारी गराएपनि ठोस कदम नचालिएको गुनासो गरेका छन् । कतिपयले स्थानीय प्रहरीकै मिलेमतोमा अवैध असुली भइरहेको आशंका समेत व्यक्त गरेका छन् ।

यसैबीच, उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगंजले वैशाख ११ गते नै राजमार्ग, सहायक राजमार्ग तथा हुलाकी राजमार्गमा सवारीसाधनबाट कर नउठाउन आदेश दिएको थियो । तर उक्त आदेश हालसम्म पनि प्रभावकारी रूपमा कार्यान्वयन हुन नसकेको देखिएको छ ।

पर्साका प्रमुख जिल्ला अधिकारी भोला दाहालले अदालतको आदेशबारे सञ्चारमाध्यमबाट जानकारी पाएको भएपनि लिखित रूपमा प्राप्त नभएको बताएका छन् । यद्यपि अदालत स्रोतका अनुसार आदेश सम्बन्धित निकायहरू जिल्ला प्रशासन कार्यालय र वीरगन्ज महानगरपालिकामा पठाइसकिएको छ ।

चालु आर्थिक वर्षका लागि वीरगंज महानगरपालिकाले जडीबुटी, कबाडी तथा जीवजन्तु कर संकलनको ठेक्का ५ करोड ४ लाख ६७ हजार ४४६ रुपैयाँमा स्वीकृत गरेको छ । तर सम्झौताअनुसार दररेट सार्वजनिक हुने सूचना बोर्डसमेत नदेखिएको र नियमविपरीत असुली जारी रहेकाले प्रशासनको भूमिकामाथि प्रश्न उठ्दै गएको छ । अब अदालतको आदेश कार्यान्वयन हुन्छ वा बेवास्ता जारी रहन्छ भन्ने विषयमा सर्वसाधारणको चासो बढेको छ ।

Tags: राजमार्गमा कर आतंक: वीरगंजमा कानुनभन्दा माथि ठेकेदार ?
वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

भाडा घटेपछि सिमरा सेजमा औद्योगिक उछालः उत्पादन सुरु, दर्जनौँ उद्योग निर्माणाधीन

भाडा घटेपछि सिमरा सेजमा औद्योगिक उछालः उत्पादन सुरु, दर्जनौँ उद्योग निर्माणाधीन

बैशाख २३, २०८३
ट्युसन भन्दै घरबाट निस्किएका दुई बालिका पुगिन् भारतको छपराः प्रहरीको सक्रियतामा सकुशल उद्दार

ट्युसन भन्दै घरबाट निस्किएका दुई बालिका पुगिन् भारतको छपराः प्रहरीको सक्रियतामा सकुशल उद्दार

बैशाख २३, २०८३
ठोरी-माडी सडकमा बस चेकजाँचः ४७५ क्याप्सुलसहित युवक पक्राउ

ठोरी-माडी सडकमा बस चेकजाँचः ४७५ क्याप्सुलसहित युवक पक्राउ

बैशाख २३, २०८३
पर्सामा अतिक्रमणविरुद्ध कडा कदमः तीन गाउँपालिकाद्वारा समयसीमा तोक्दै चेतावनी

पर्सामा अतिक्रमणविरुद्ध कडा कदमः तीन गाउँपालिकाद्वारा समयसीमा तोक्दै चेतावनी

बैशाख २३, २०८३

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि