Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार जिल्ला प्रहरी कार्यालय पर्सा वीरगंज महानगरपालिका जिल्ला प्रशासन कार्यालय नेशनल मेडिकल कलेज वीरगंज भन्सार कार्यालय राष्ट्रिय स्वतन्त्र पार्टी
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

अदालतको आदेशलाई बेवास्ता गर्दै वीरगंजका राजमार्गमा निरन्तर कर असुली

वैशाख ११ गते पर्सा जिल्लाका राष्ट्रिय राजमार्ग, सहायक राजमार्ग तथा हुलाकी राजमार्गमा सवारी साधनबाट कर नउठाउन अन्तरिम आदेश जारी गरेको थियो । न्यायाधीशद्वय अर्जुन अधिकारी र दुर्गाप्रसाद ढुङ्गेलको संयुक्त इजलासले यस्तो आदेश दिएको थियो ।

वीरगंज टाइम्स
वीरगंज टाइम्स
बैशाख २२, २०८३
अदालतको आदेशलाई बेवास्ता गर्दै वीरगंजका राजमार्गमा निरन्तर कर असुली

वीरगंज (पर्सा), २२ वैशाख । अदालतले स्पष्ट रूपमा रोक लगाइसकेको भएपनि वीरगंजका विभिन्न राष्ट्रिय तथा सहायक राजमार्गहरूमा सवारी साधनबाट कर असुली अझै जारी रहेको तथ्य बाहिर आएको छ । उच्च अदालत जनकपुर अस्थायी इजलास, वीरगंजको आदेशलाई बेवास्ता गर्दै प्रभु कन्स्ट्रक्सनले कर संकलन गर्दै आएको देखिएको हो ।

उक्त इजलासले यही वैशाख ११ गते पर्सा जिल्लाका राष्ट्रिय राजमार्ग, सहायक राजमार्ग तथा हुलाकी राजमार्गमा सवारी साधनबाट कर नउठाउन अन्तरिम आदेश जारी गरेको थियो । न्यायाधीशद्वय अर्जुन अधिकारी र दुर्गाप्रसाद ढुङ्गेलको संयुक्त इजलासले यस्तो आदेश दिएको थियो । तर आदेश आएको ११ दिन बितिसक्दा पनि व्यवहारमा भने त्यसको कार्यान्वयन भएको छैन ।

स्थानीयहरूको भनाइअनुसार त्रिभुवन राजमार्ग, हुलाकी राजमार्ग अन्तर्गत ड्राइपोर्ट, बहुअरी, परवानीपुर लगायतका स्थानहरूमा अझैपनि सवारी करका नाममा रकम असुली भइरहेको छ । अदालतले भित्री सडकमा मात्र कर उठाउन सकिने व्यवस्था गरेको भए पनि राजमार्ग क्षेत्रमा समेत असुली रोकिएको छैन ।

यस विषयमा पर्साका प्रमुख जिल्ला अधिकारी भोला दाहालले अदालतको आदेश कार्यान्वयन गराउने दायित्व महानगरपालिकाको रहेको बताएका छन् । यता वीरगंज महानगरपालिकाका सूचना अधिकारी सुनिल कर्णले ठेकेदारलाई आवश्यक निर्देशन दिइसकिएको दाबी गर्दै आदेश उल्लंघन भएको अवस्थामा प्रहरी प्रशासनले कदम चाल्नुपर्ने बताएका छन् ।

तर स्थानीयवासीहरूले भने प्रहरी प्रशासनकै मिलेमतोमा ड्राइपोर्ट, जगरनाथपुर र परवानीपुरसहित एक दर्जनभन्दा बढी स्थानमा अनधिकृत असुली भइरहेको आरोप लगाएका छन् । उनीहरूका अनुसार सवारी कर मात्र होइन, कवाडी करका नाममा समेत अवैध रूपमा रकम उठाइँदै आएको छ ।

केही दिनअघि वीरगंज–२२ जगरनाथपुर चोकमा कवाडी कर संकलनका लागि बनाइएको संरचना प्रशासनले डोजर लगाएर हटाएको थियो । तर गण्डक नहरको जग्गामा बनाइएको सो संरचना हटाइएपछि पनि पुनः अस्थायी टहरो बनाएर असुली पुनः सुरु गरिएको स्थानीयको भनाइ छ ।

यसैबीच, अमित ठेक्का पट्टाले महानगरसँगको सम्झौता विपरीत खाली सवारी साधनबाट समेत कर असुली गरिरहेको आरोप छ । तर सम्बन्धित निकायहरू मौन रहेको भन्दै सर्वसाधारणले प्रशासनको भूमिकामाथि गम्भीर प्रश्न उठाउन थालेका छन् ।

Tags: ‘कबाडी कर’ कि ‘रंगदारी कर’ ? सडकमै कानूनको धज्जी उडाइँदैअवैध कर असुलीमा अदालतको रोक
वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

बजेट पारित भएपनि खाता बन्दः कर्मचारीको तलबदेखि सामाजिक सुरक्षा भत्तासम्म प्रभावित हुने जोखिम

बजेट पारित भएपनि खाता बन्दः कर्मचारीको तलबदेखि सामाजिक सुरक्षा भत्तासम्म प्रभावित हुने जोखिम

अशोज २६, २०८३
दुई किस्ता तिर्न नसक्दा अढाई कठ्ठा जग्गा लिलामः एनआईसी एसिया बैंकविरुद्ध महिलाहरूको धर्ना

दुई किस्ता तिर्न नसक्दा अढाई कठ्ठा जग्गा लिलामः एनआईसी एसिया बैंकविरुद्ध महिलाहरूको धर्ना

अशोज २६, २०८३
विद्युत प्राद्यिकरण सप्तरीका प्रमुखविरुद्ध विशेष अदालतमा आरोपपत्र दायर

सामाजिक सुरक्षा भत्ता अनियमितता प्रकरणः विशेष अदालतको फैसलाविरुद्ध अख्तियार सर्वोच्चमा

अशोज २६, २०८३
सप्तरीमा अवैध बालुवा उत्खननविरुद्ध वन कार्यालयको कारबाही, ४ ट्याक्टर र टिपर नियन्त्रणमा

सप्तरीमा अवैध बालुवा उत्खननविरुद्ध वन कार्यालयको कारबाही, ४ ट्याक्टर र टिपर नियन्त्रणमा

अशोज २६, २०८३

जनहितमा जारी सन्देश….

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

संचालक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि