Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार जिल्ला प्रहरी कार्यालय पर्सा वीरगंज महानगरपालिका जिल्ला प्रशासन कार्यालय नेशनल मेडिकल कलेज नेकपा एमाले वीरगंज भन्सार कार्यालय
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

सरकारी विज्ञापन नीतिविरुद्ध महासंघको आपत्तिः मुख्यमन्त्रीलाई बुझाइयो ज्ञापनपत्र

वीरगंज टाइम्स
वीरगंज टाइम्स
बैशाख ९, २०८३
सरकारी विज्ञापन नीतिविरुद्ध महासंघको आपत्तिः मुख्यमन्त्रीलाई बुझाइयो ज्ञापनपत्र

जनकपुरधाम (धनुषा), ९ वैशाख । नेपाल पत्रकार महासंघको केन्द्रीय समितिको परिपत्रअनुसार मधेश प्रदेश समितिले सरकारी विज्ञापन नीतिविरुद्ध मुख्यमन्त्री कृष्ण प्रसाद यादवलाई ज्ञापनपत्र बुझाएको छ । प्रदेश सचिव हदिश खुद्दारको नेतृत्वमा गएको टोलीले मुख्यमन्त्री कार्यालय पुगेर उक्त ज्ञापनपत्र हस्तान्तरण गरेको हो ।

महासंघले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट सचिवस्तरमा जारी गरिएको परिपत्रप्रति गम्भीर आपत्ति जनाएको छ । सो परिपत्रमार्फत संघीय मन्त्रालय, आयोग, सचिवालय, प्रदेश तथा स्थानीय तहलाई सरकारी विज्ञापन सरकारी सञ्चारमाध्यममार्फत मात्र प्रकाशन तथा प्रसारण गर्न निर्देशन दिइएको छ ।

महासंघका अनुसार विज्ञापन क्षेत्रमा देखिएका बेथितिहरू नियन्त्रण गर्ने प्रयास सकारात्मक भए पनि त्यसकै नाममा विज्ञापनलाई सरकारी सञ्चारमाध्यममा मात्र सीमित गर्ने नीति संविधान, प्रचलित कानुन, अन्तर्राष्ट्रिय मान्यता, खुला बजार अर्थतन्त्र तथा संघीयताको मर्मविपरीत छ । यस्तो व्यवस्थाले प्रेस स्वतन्त्रतामाथि अप्रत्यक्ष नियन्त्रण गर्न खोजिएको महासंघको आरोप छ ।

ज्ञापनपत्रमा उल्लेख गरिएअनुसार उक्त नीतिले निजी सञ्चारमाध्यमलाई आर्थिक रूपमा कमजोर बनाउने जोखिम बढाएको छ । देशभर सञ्चालनमा रहेका चार सयभन्दा बढी रेडियो, पत्रपत्रिका, टेलिभिजन तथा अनलाइन मिडियाको आर्थिक आधार प्रभावित हुने र यसले हजारौँ पत्रकार तथा सञ्चारकर्मीको रोजगारी संकटमा पार्न सक्ने चेतावनी महासंघले दिएको छ ।

दुर्गम क्षेत्रसम्म सूचना प्रवाहमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएका स्थानीय सञ्चारमाध्यमहरू बन्द हुने अवस्था आए नागरिकको सूचनाको हक कुण्ठित हुने र लोकतान्त्रिक अभ्यासमा समेत असर पर्ने महासंघको भनाइ छ । महासंघले विज्ञापन वितरण प्रणालीलाई पारदर्शी, समावेशी तथा समानुपातिक बनाउन माग गर्दै संविधानविपरीतको निर्देशन अस्वीकार गर्न प्रदेश र स्थानीय सरकारलाई आह्वान गरेको छ । माग पूरा नभए थप आन्दोलनका कार्यक्रम अघि बढाउने चेतावनीसमेत दिइएको छ ।

ज्ञापनपत्र बुझ्दै मुख्यमन्त्री यादवले मधेश प्रदेश सरकार मिडियामैत्री रहेको उल्लेख गर्दै विषयलाई मन्त्रिपरिषद्मा छलफल गरी आवश्यक निर्णय लिने आश्वासन दिएका छन् । ज्ञापनपत्र बुझाउन महासंघका केन्द्रीय सदस्य राजेश कर्ण, जिल्ला अध्यक्ष पुरण साह, उपाध्यक्ष अवधेश कामत, वरिष्ठ पत्रकार रामभरत साह, कैलास दास, प्रविण साह, अर्जुन मण्डल, नविण सिंह र भगलु मण्डललगायतको सहभागिता रहेको थियो ।

Tags: नेपाल पत्रकार महासंघ
वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

मिथिलाञ्चलमा सुरु भयो झुलोनोत्सव, जनकपुरधामका मठमन्दिरमा विशेष रौनक

मिथिलाञ्चलमा सुरु भयो झुलोनोत्सव, जनकपुरधामका मठमन्दिरमा विशेष रौनक

साउन ३१, २०८३
एन्टिबायोटिकको जथाभावी प्रयोग नियन्त्रण गर्न सचेतना अभियान

एन्टिबायोटिकको जथाभावी प्रयोग नियन्त्रण गर्न सचेतना अभियान

साउन ३१, २०८३
नवविवाहिताका लागि संस्कार, शिक्षा र मनोरञ्जनको पर्व ‘मधुश्रावणी’

नवविवाहिताका लागि संस्कार, शिक्षा र मनोरञ्जनको पर्व ‘मधुश्रावणी’

साउन ३१, २०८३
वीरगंजमा भरततालजस्तै ताल बनाउन पर्यटनमन्त्रीसँग सांसद पन्तको आग्रह

वीरगंजमा भरततालजस्तै ताल बनाउन पर्यटनमन्त्रीसँग सांसद पन्तको आग्रह

साउन ३१, २०८३

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि