Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार जिल्ला प्रहरी कार्यालय पर्सा वीरगंज महानगरपालिका नेशनल मेडिकल कलेज जिल्ला प्रशासन कार्यालय वीरगंज भन्सार कार्यालय नेकपा एमाले
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

वैशाख ५ गते वीरगंजमा ‘भविष्य मेला २०२६’ आयोजना हुँदै, हजारौँ विद्यार्थी लाभान्वित हुने

वीरगंज टाइम्स
वीरगंज टाइम्स
चैत्र २८, २०८२
वैशाख ५ गते वीरगंजमा ‘भविष्य मेला २०२६’ आयोजना हुँदै, हजारौँ विद्यार्थी लाभान्वित हुने

वीरगंज (पर्सा), २८ चैत । पर्सा, बारा, रौतहट तथा आसपासका जिल्लामा माध्यमिक शिक्षा परीक्षा (एसईई) उत्तीर्ण विद्यार्थी र उनीहरूका अभिभावकलाई लक्षित गर्दै ‘भविष्य मेला’ को दोस्रो संस्करण आगामी वैशाख ५ गते शनिबार वीरगंजमा आयोजना हुने भएको छ । वीरगंजस्थित सिद्धार्थ दियालो होटलमा बिहान ९ बजेदेखि साँझ ६ बजेसम्म सञ्चालन हुने एकदिने शैक्षिक तथा करियर मेला ‘एड्स बी मिडिया’ को आयोजनामा हुन लागेको हो ।

पहिलो संस्करणको सफलतापछि यसपटक मेलालाई अझ विस्तृत, व्यवस्थित र प्रभावकारी बनाउने तयारी गरिएको आयोजकले जनाएको छ । आयोजकका अनुसार यस वर्षको मेलामा आठ हजारभन्दा बढी विद्यार्थी तथा अभिभावकको सहभागिता रहने अपेक्षा गरिएको छ । कार्यक्रम निर्देशक नवीन कार्कीले ‘भविष्य मेला’ केवल शैक्षिक प्रदर्शनी नभई विद्यार्थीको शैक्षिक, व्यावसायिक र व्यक्तिगत भविष्य निर्माण गर्ने परिवर्तनकारी प्लेटफर्म भएको बताए ।

उनका अनुसार मेलाको मुख्य उद्देश्य ग्रामीण तथा शहरी क्षेत्रका विद्यार्थीलाई विज्ञान, व्यवस्थापन, कानुन, पत्रकारिता, इन्जिनियरिङ, चिकित्सा र प्राविधिक शिक्षालगायत विभिन्न शैक्षिक धारबारे विस्तृत जानकारी प्रदान गर्नु हो । साथै, विद्यार्थीलाई आफ्नो रुचि, क्षमता र आर्थिक अवस्थाअनुसार उपयुक्त शैक्षिक मार्ग छनोट गर्न सहयोग गर्ने लक्ष्य राखिएको छ ।

मेलामा निःशुल्क करियर काउन्सिलिङ, छात्रवृत्ति जानकारी, तथा विभिन्न शैक्षिक संस्थासँग प्रत्यक्ष अन्तरक्रियाको अवसर उपलब्ध गराइनेछ । ग्रामीण तथा विपन्न वर्गका विद्यार्थीलाई लक्षित गर्दै मेरिट तथा आवश्यकतामा आधारित छात्रवृत्ति, किफायती अध्ययन विकल्प र वित्तीय सहायता सम्बन्धी जानकारीसमेत प्रदान गरिनेछ ।

पहिलो संस्करण गत वर्ष वीरगंज नगर सभागृह (टाउन हल) मा सम्पन्न भएको थियो, जसमा पर्सा, बारा, रौतहटसहित १० जिल्लाबाट पाँच हजारभन्दा बढी विद्यार्थी सहभागी भएका थिए । उक्त मेलामा २८ वटा कलेजले स्टल राख्दै शैक्षिक परामर्श, छात्रवृत्ति र करियर अवसरबारे जानकारी दिएका थिए ।

दोस्रो संस्करणमा सहभागी विद्यार्थीका लागि आकर्षक पुरस्कारको व्यवस्था पनि गरिएको छ । एकजना विद्यार्थीले मोबाइल फोन, पाँच जनाले एयरबड्स तथा १० जनाले पावर बैंक, हाते घडी लगायतका उपहार जित्ने अवसर पाउनेछन् ।

मेलामा निःशुल्क बैंक खाता, डिम्याट खाता, आँखा जाँच शिविर तथा सिम कार्ड वितरण जस्ता सेवा पनि उपलब्ध हुनेछन् । यसले विद्यार्थीमा वित्तीय साक्षरता अभिवृद्धि गर्न सहयोग पुग्ने आयोजकको विश्वास छ । साथै, मेलामा सहभागी शैक्षिक संस्थाहरूले आफ्ना कार्यक्रम, पूर्वाधार, छात्रवृत्ति योजना, अन्तर्राष्ट्रिय अवसर तथा उद्योगसँगको सहकार्यबारे प्रस्तुति दिने अवसर पाउनेछन् ।

वीरगंज महानगरपालिका, विभिन्न शैक्षिक संगठन तथा उद्योग वाणिज्य संघको सहकार्यले कार्यक्रमलाई थप प्रभावकारी बनाउने अपेक्षा गरिएको छ । आयोजक नवीन कार्कीले दोस्रो संस्करणलाई अझ भव्य र परिणाममुखी बनाउने प्रतिबद्धता जनाउँदै ‘भविष्य मेला’ नेपाली युवाको शैक्षिक भविष्य निर्माण गर्ने महत्वपूर्ण मञ्च बन्ने विश्वास व्यक्त गरेका छन् ।

Tags: भविष्य मेला २०२६
वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

आत्महत्या दुरुत्साहन मुद्दामा एकजना पक्राउ

आत्महत्या दुरुत्साहन मुद्दामा एकजना पक्राउ

असार १८, २०८३
जगरनाथपुरका २८ सामुदायिक विद्यालयका प्रधानाध्यापकलाई ‘ई.एम.आई.एस.’ सम्बन्धी प्रशिक्षण

जगरनाथपुरका २८ सामुदायिक विद्यालयका प्रधानाध्यापकलाई ‘ई.एम.आई.एस.’ सम्बन्धी प्रशिक्षण

असार १८, २०८३
६ महिनादेखि रोकिएको विपद् राहत वितरण पुनः सुरु, १५ परिवारले राहत पाउने

६ महिनादेखि रोकिएको विपद् राहत वितरण पुनः सुरु, १५ परिवारले राहत पाउने

असार १८, २०८३
यातायात कार्यालय वीरगंजमा पक्राउ परेका सेवाग्राही महतो ५ हजार धरौटीमा रिहा

यातायात कार्यालय वीरगंजमा पक्राउ परेका सेवाग्राही महतो ५ हजार धरौटीमा रिहा

असार १८, २०८३

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि