Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार जिल्ला प्रहरी कार्यालय पर्सा नेशनल मेडिकल कलेज वीरगंज महानगरपालिका नेकपा एमाले जिल्ला प्रशासन कार्यालय वीरगंज भन्सार कार्यालय
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

‘सरकारको कर छुट, निगमको मूल्यवृद्धि’ पेट्रोलियम पदार्थ महङ्गीः राहतको नाममा जनतालाई झुक्याइँयो

भारतीय बजारसँग तुलना गर्दा नेपालमा इन्धनको मूल्य निकै महँगो देखिएको छ । नयाँदिल्लीमा पेट्रोल र डिजेल क्रमशः करिब १५१ र १४० रुपैयाँ (नेपाली मूल्यमा) हुँदा नेपालमा करिब ६६-६७ रुपैयाँ बढी महँगो छ ।

वीरगंज टाइम्स
वीरगंज टाइम्स
चैत्र २७, २०८२
‘सरकारको कर छुट, निगमको मूल्यवृद्धि’ पेट्रोलियम पदार्थ महङ्गीः राहतको नाममा जनतालाई झुक्याइँयो

वीरगंज (पर्सा), २७ चैत । सरकारले पेट्रोलियम पदार्थमा लाग्दै आएको कर ५० प्रतिशत घटाएर उपभोक्तालाई राहत दिने घोषणा गरेको दुई दिनमै नेपाल आयल निगमले इन्धनको मूल्यमा भारी वृद्धि गरेको छ । कर कटौतीले मूल्य घट्ने अपेक्षामा बसेका उपभोक्तालाई उल्टै मूल्यवृद्धिको झट्का लागेपछि सरकार र निगम दुवैको आलोचना चुलिएको छ ।

२४ चैतमा मन्त्रिपरिषद् बैठकले कर कटौतीको निर्णय सार्वजनिक गर्दै सरकार पारदर्शी रहेको र यसले मूल्य नियन्त्रणमा सहयोग पुग्ने दाबी गरेको थियो । तर, त्यसको प्रभाव देखिन नपाउँदै निगमले मध्यरातदेखि लागू हुने गरी पेट्रोलमा प्रतिलिटर १७ रुपैयाँ र डिजेल/मट्टीतेलमा २५ रुपैयाँ वृद्धि गर्‍यो । यससँगै पेट्रोलको मूल्य २१९ रुपैयाँ र डिजेल/मट्टीतेल २०७ रुपैयाँ पुगेको छ । एलपी ग्यासमा प्रतिसिलिन्डर १०० रुपैयाँ वृद्धि भई २,०१० रुपैयाँ पुगेको छ भने हवाई इन्धन पनि महँगिएको छ ।

भारतीय बजारसँग तुलना गर्दा नेपालमा इन्धनको मूल्य निकै महँगो देखिएको छ । नयाँदिल्लीमा पेट्रोल र डिजेल क्रमशः करिब १५१ र १४० रुपैयाँ (नेपाली मूल्यमा) हुँदा नेपालमा करिब ६६-६७ रुपैयाँ बढी महँगो छ । तर निगमले भने भारतसँग प्रत्यक्ष तुलना गर्न नमिल्ने तर्क गर्दै ढुवानी, कर र अन्य खर्चका कारण लागत उच्च हुने बताएको छ ।

निगमका अनुसार अन्तर्राष्ट्रिय बजारमा मूल्य वृद्धि हुँदा कर आधा घटाउँदा पनि घाटा रोक्न नसकिएको छ । निगमले पेट्रोलमा प्रतिलिटर १६.६५ रुपैयाँ, डिजेलमा १०९.५० रुपैयाँ र ग्यासमा ४१६ रुपैयाँ घाटा रहेको दाबी गर्दै १५ दिनमै १० अर्बभन्दा बढी नोक्सानी हुने अनुमान सार्वजनिक गरेको छ । मूल्य बढाएपछि पनि घाटा कायम रहने भन्दै उपभोक्तालाई इन्धनको मितव्ययी प्रयोग गर्न आग्रह गरिएको छ ।

कार्यकारी निर्देशक डा. चण्डिकाप्रसाद भट्टले कर छुटकै कारण ठूलो मूल्यवृद्धि टरेको दाबी गरेका छन् । उनका अनुसार कर छुट नभएको भए डिजेलको मूल्य ७०-७५ रुपैयाँसम्म बढ्न सक्थ्यो, तर अहिले २५ रुपैयाँमै सीमित भएकोले यसलाई राहतका रूपमा लिनुपर्ने तर्क उनले राखे ।

तर उपभोक्ता अधिकारकर्मीहरूले यसलाई ‘नाटक’ र ‘बदमासी’ भन्दै कडा विरोध गरेका छन् । उनीहरूका अनुसार अन्तर्राष्ट्रिय बजारमा मूल्य घट्दै गर्दा पुरानो महँगो मूल्यसूची देखाएर यहाँ मूल्य बढाइएको हो । विगतमा नाफा हुँदा बोनस बाँड्ने तर घाटा हुँदा सम्पूर्ण भार उपभोक्तामाथि थोपर्ने प्रवृत्ति अस्वीकार्य भएको उनीहरूको भनाइ छ ।

पूर्वसचिव तथा प्रशासनविद्हरूले पनि मूल्य निर्धारण प्रक्रियामा पारदर्शिताको अभाव रहेको औंल्याएका छन् । अन्तर्राष्ट्रिय बजारमा मूल्य घट्दा पनि निगमले पुरानो घाटा पूर्ति गर्ने नाममा मूल्य नघटाउने अभ्यासले उपभोक्ता सधैं मारमा पर्ने गरेको उनीहरूको निष्कर्ष छ ।अर्थविद्हरूले भने सरकार र निगमको विरोधाभासी निर्णयलाई ‘अपरिपक्व र अविश्वसनीय’ बताएका छन् । कर घटाउने निर्णय सकारात्मक भएपनि त्यसको तुरुन्तै मूल्यवृद्धिसँग जोडिँदा सरकारको विश्वसनीयतामाथि प्रश्न उठेको उनीहरूको भनाइ छ ।

इन्धन मूल्य नियन्त्रणको वास्तविक समाधान मूल्यवृद्धि मात्र होइन, सरकारी खर्च कटौती, सवारी साधनको दुरुपयोग नियन्त्रण, सार्वजनिक यातायात सुदृढीकरण र ‘क्रस–सब्सिडी’ जस्ता नीतिगत सुधारमा निर्भर छ । अन्यथा, राहतको नाममा लिइएका निर्णयहरूले उल्टै महँगी बढाएर उपभोक्तामाथि थप बोझ पार्ने क्रम जारी रहने छ ।

Tags: कर घट्यो भाउ बढ्यो : जनतालाई राहत कि धोका ?
वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

पत्रकारिता राज्यको दबाबमा पर्ने जोखिममाः अध्यक्ष गिरी

पत्रकारिता राज्यको दबाबमा पर्ने जोखिममाः अध्यक्ष गिरी

जेष्ठ १६, २०८३
वीरगंज मेनरोड भत्काउने कार्य रोक्न स्थानीयको माग, ‘विकासको नाममा सहरको पहिचान नमेटियोस्’

वीरगंज मेनरोड भत्काउने कार्य रोक्न स्थानीयको माग, ‘विकासको नाममा सहरको पहिचान नमेटियोस्’

जेष्ठ १६, २०८३
चुरे जोगाउने कि दोहन गर्ने ? चुरे संरक्षणको बजेटमा भारी कटौती, उत्खनन नीतिले बढायो चिन्ता !

चुरे जोगाउने कि दोहन गर्ने ? चुरे संरक्षणको बजेटमा भारी कटौती, उत्खनन नीतिले बढायो चिन्ता !

जेष्ठ १६, २०८३
निर्वाचन केन्द्रित ‘मिसन पार्टी जागरण’ अभियानमा एमाले, संगठन सुदृढीकरणमा जोड

निर्वाचन केन्द्रित ‘मिसन पार्टी जागरण’ अभियानमा एमाले, संगठन सुदृढीकरणमा जोड

जेष्ठ १६, २०८३

Advertisement

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि