Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार जिल्ला प्रहरी कार्यालय पर्सा वीरगंज महानगरपालिका जिल्ला प्रशासन कार्यालय नेशनल मेडिकल कलेज नेकपा एमाले वीरगंज भन्सार कार्यालय
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

सांसद कानुद्वारा वीरगंज-२६ का जनतासँग भेटघाट, स्थानीय समस्याको समाधान गर्ने प्रतिबद्धता

वीरगंज टाइम्स
वीरगंज टाइम्स
चैत्र २६, २०८२
सांसद कानुद्वारा वीरगंज-२६ का जनतासँग भेटघाट, स्थानीय समस्याको समाधान गर्ने प्रतिबद्धता

वीरगंज (पर्सा), २६ चैत । राष्ट्रिय स्वतन्त्र पार्टीका नेता एवं पर्सा जिल्लाको निर्वाचन क्षेत्र नं. २ का प्रतिनिधि सभा सदस्य सुशील कुमार कानुले बिहीबार वीरगंज महानगरपालिका वडा नं. २६ अन्तर्गत अठारहाँ टोलस्थित शिव मन्दिरको प्राङ्गणमा स्थानीय जनतासँग प्रत्यक्ष भेटघाट गरेका छन् । कार्यक्रममा वडा नं. २६ का स्थानीय बासिन्दाहरूले सांसद कानुलाई स्वागत गर्दै आफ्ना दैनिक जीवनसँग सम्बन्धित विविध समस्याहरू बुन्दागत रूपमा प्रस्तुत गरेका थिए ।

स्थानीयवासीहरूले विगत तीन वर्षभन्दा बढी समयदेखि करिब ५ सय बिघा कृषि भूमि डुबानमा परिरहेको गम्भीर समस्या उठाउँदै उक्त अवधिको गुठी/राजस्व मिनाहा गरिनुका साथै प्रभावित किसानहरूलाई उचित क्षतिपूर्ति उपलब्ध गराउन माग गरेका छन् । साथै, कृषिका लागि आवश्यक मल, बिउको समयमै उपलब्धता तथा सिँचाइको स्थायी समाधानका लागि नहरहरूको पुनः सञ्चालन सुनिश्चित गरिनुपर्नेमा जोड दिएका छन् ।

यसैगरी, युवाहरूका लागि ऐलानी जग्गामा खेल मैदान, पार्क, जिम तथा अध्ययनका लागि पुस्तकालय जस्ता संरचनाहरू निर्माण गर्नुपर्ने आवश्यकता पनि औंल्याइएको थियो । उक्त विषयहरूमा प्रतिक्रिया जनाउँदै सांसद कानुले प्रस्तुत सबै समस्याप्रति गम्भीर ध्यानाकर्षण भएको उल्लेख गर्दै यथाशीघ्र आवश्यक पहल गरी प्रभावकारी कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त गरे ।

उनले आफ्नो निर्वाचन क्षेत्रमा घरदैलोमै पुगेर जनताको समस्या बुझ्ने अभियानलाई तीव्रता दिँदै संसद् केवल सदनमै सीमित नभई जनताको घरदैलोमै पुग्नुपर्छ भन्ने सन्देश दिएको बताए । यस अभियानमार्फत जनप्रतिनिधि र जनताबीचको दूरी घटाउँदै प्रत्यक्ष रूपमा समस्या समाधानतर्फ अग्रसर हुने प्रयास गरिएको उनको भनाइ छ ।

Tags: सांसद सुशिल साह कानु
वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

बालेन सरकारले जनताको ढाड सेक्ने काम गर्‍योः डा. सिके राउत

बालेन सरकारले जनताको ढाड सेक्ने काम गर्‍योः डा. सिके राउत

भदौ २, २०८३
सुबोध स्मृत्ति पत्रकारिता पुरस्कारबाट गौतम सम्मानित

सुबोध स्मृत्ति पत्रकारिता पुरस्कारबाट गौतम सम्मानित

भदौ २, २०८३
वीरगंज चिनी कारखानाः संचालन हुन सक्ने अवस्था र प्रयास, सरकारको घोषणा कागजमै सीमित

वीरगंज चिनी कारखाना पुनः संचालनका लागि कार्यदल गठन

भदौ २, २०८३
सर्पदंश उपचारसेवाका लागि अनुमति दिन आग्रह

सर्पदंश उपचारसेवाका लागि अनुमति दिन आग्रह

भदौ १, २०८३

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि