वीरगंज (पर्सा), १५ चैत । जगरनाथपुर गाउँपालिका–१ पिंडारी गुठीस्थित श्री नेपाल राष्ट्रिय प्राथमिक विद्यालयको परिसरमा सञ्चालन गरिएको निःशुल्क स्वास्थ्य शिविरबाट ३२५ जना स्थानीयवासी लाभान्वित भएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीको पहलमा तथा उत्तम पोली क्लिनिक र लड्डु गोपाल फार्मेसीको प्राविधिक सहयोगमा युवा नेता बृजेश्वर प्रसाद चौधरीको अध्यक्षतामा शिविर सम्पन्न गरिएको हो ।
कार्यक्रममा राष्ट्रिय स्वतन्त्र पार्टीका मधेश प्रदेश संगठन विभाग प्रमुख प्रमोद सहनी प्रमुख अतिथिका रूपमा उपस्थित थिए । त्यस्तै, मधेश प्रदेश शिक्षा विभाग प्रमुख सोनालाल पटेल, शिविर संयोजक शेषनाथ सिंह, डा. रञ्जित यादव, डा. दीपेश साह, डा. रामबाबु साह, डा. बबली प्रिया पाण्डे, डा. रामसुफल राम तथा डा. प्रघुमन चौधरी लगायत विशिष्ट अतिथिहरूको सहभागिता रहेको थियो ।
यसैक्रममा विशुनपुरवा प्रहरी चौकीका प्रमुख सई राजेश कुमार सिंहसहित भरत आचार्य, शिव साह कलवार, कृष्णा साह, मोहीलाल राउत गदी, पन्नालाल महतो कोइरी, बाली साह, फूलवा देवी, रामजी यादव, लालु महतो लगायत स्थानीयवासीहरूको उल्लेखनीय उपस्थिति देखिएको थियो ।
शिविरमा आएका बिरामीमध्ये २०५ पुरुष र १२० महिला गरी कुल ३२५ जनाको स्वास्थ्य परीक्षण गरिएको आयोजकले जानकारी दिएको छ । चिकित्सकहरूको टोलीले बिरामीहरूको अवस्थाअनुसार आवश्यक परामर्श प्रदान गर्नुका साथै उपलब्ध औषधि निःशुल्क वितरण गरेको थियो । ग्रामीण क्षेत्रका नागरिकलाई सहज रूपमा स्वास्थ्य सेवा उपलब्ध गराउने र आर्थिक रूपमा कमजोर वर्गलाई राहत पुर्याउने उद्देश्यले आयोजना गरिएको उक्त शिविर प्रभावकारी सावित भएको आयोजकको भनाइ छ ।









प्रतिक्रिया दिनुहोस् !