Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार जिल्ला प्रहरी कार्यालय पर्सा वीरगंज महानगरपालिका जिल्ला प्रशासन कार्यालय नेशनल मेडिकल कलेज वीरगंज भन्सार कार्यालय राष्ट्रिय स्वतन्त्र पार्टी
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

संसद्मा भाषिक विविधताको उत्सव : ६३ सांसदले मातृभाषामा शपथ लिँदै

वीरगंज टाइम्स
वीरगंज टाइम्स
चैत्र १२, २०८२
संसद्मा भाषिक विविधताको उत्सव : ६३ सांसदले मातृभाषामा शपथ लिँदै

नवनिर्वाचित प्रतिनिधिसभा सदस्य यादव प्रतिनिधिसभा सदस्यको पद तथा गोपनीयताको सपथ लिने क्रममा बिहीबार सिंहदरबारस्थित सङ्घीय संसद भवन परिसरमा नवनिर्वाचित प्रतिनिधिसभा सदस्य पुरुषोत्तम यादव। रासस

काठमाडौँ, १२ चैत । संघीय संसद्मा भाषिक विविधताको उपस्थिति फेरि बलियो रूपमा देखिएको छ । यसपटक प्रतिनिधिसभाका ६३ जना सांसदले नेपाली बाहेक आफ्नै मातृभाषामा शपथ लिने निर्णय गरेका छन् । संघीय संसद् सचिवालयका अनुसार उनीहरूले इमेल तथा प्रत्यक्ष उपस्थित भई यसबारे औपचारिक जानकारी गराएका हुन् ।

नवनिर्वाचित सांसदहरूको पद तथा गोपनीयताको शपथ आज दिउँसो २ बजे सञ्चालन हुँदैछ । शपथ गराउने जिम्मेवारी प्रतिनिधिसभाका ज्येष्ठ सदस्य अर्जुननरसिंह केसी ले सम्हाल्नेछन् । शपथ कार्यक्रमलाई व्यवस्थित बनाउन संघीय संसद् सचिवालयले सांसदहरूलाई आवश्यक कागजातसहित समयभन्दा कम्तीमा दुई घण्टा अगावै उपस्थित हुन निर्देशन दिएको छ । यसमा निर्वाचन आयोगबाट प्राप्त प्रमाणपत्र, नेपाली नागरिकताको प्रतिलिपि तथा हालसालै खिचिएको पासपोर्ट साइजको फोटो अनिवार्य गरिएको छ ।

नेपालको संसदीय अभ्यासमा मातृभाषामा शपथ लिने परम्परा विस्तारै बढ्दो क्रममा देखिएको छ । २०६३ सालको अन्तरिम संसद्मा ५८ सांसदले मातृभाषा रोजेका थिए भने २०६४ को संविधानसभामा यो संख्या ह्वात्तै बढेर २६४ पुगेको थियो । त्यसयता २०७० मा ३५, २०७४ मा ४६ र २०७९ मा २८ सांसदले नेपालीबाहेकका भाषामा शपथ लिएका थिए । यसपटक भने ६३ जनाले मातृभाषा रोज्नुले भाषिक पहिचान र समावेशिताप्रति सांसदहरूको झुकाव झनै बलियो भएको संकेत गरेको छ ।

मैथिली, भोजपुरी, मगर, गुरुङ, थारू, नेवारी, तामाङ, लिम्बु, राई, उर्दू, शेर्पा लगायत दर्जनौं भाषामा शपथ लिने तयारी भएको छ । यो प्रवृत्तिले नेपालको बहुभाषिक पहिचानलाई संस्थागत रूपमा स्वीकार गर्ने अभ्यासलाई मजबुत बनाउँदै लैजाने विश्लेषण गरिएको छ । साथै, संसद्भित्र भाषिक समावेशिता बढ्दै जानु लोकतान्त्रिक संस्कृतिको सकारात्मक संकेतका रूपमा हेरिएको छ ।

Tags: मातृभाषामा शपथको लहर : संसद्मा ६३ सांसदले रोजे आफ्नै भाषा
वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

मधेशमा शिक्षा क्षेत्रको बजेट खर्चमा देखिएका कमजोरी सुधार्न अभिमुखीकरण

मधेशमा शिक्षा क्षेत्रको बजेट खर्चमा देखिएका कमजोरी सुधार्न अभिमुखीकरण

अशोज २८, २०८३
वीरगंज महानगरको आर्थिक हिसाब खोज्दै जेन-जी पर्साः आय-व्ययदेखि बैंक मौज्दातसम्मको विवरण माग

वीरगंज महानगरको आर्थिक हिसाब खोज्दै जेन-जी पर्साः आय-व्ययदेखि बैंक मौज्दातसम्मको विवरण माग

अशोज २८, २०८३
समस्या समाधान गर्न सांसद पन्तको पहलः प्रशासन र सम्बन्धित निकायलाई जवाफदेही बन्न आग्रह

समस्या समाधान गर्न सांसद पन्तको पहलः प्रशासन र सम्बन्धित निकायलाई जवाफदेही बन्न आग्रह

अशोज २८, २०८३
ई-जीपी हटाएर कागजी ठेक्का प्रणालीमा फर्किने सरकारी निर्णयप्रति प्रभु साहको आपत्ति

ई-जीपी हटाएर कागजी ठेक्का प्रणालीमा फर्किने सरकारी निर्णयप्रति प्रभु साहको आपत्ति

अशोज २८, २०८३

जनहितमा जारी सन्देश….

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

संचालक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि