Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार जिल्ला प्रहरी कार्यालय पर्सा वीरगंज महानगरपालिका जिल्ला प्रशासन कार्यालय नेशनल मेडिकल कलेज वीरगंज भन्सार कार्यालय राष्ट्रिय स्वतन्त्र पार्टी
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

किसानलाई प्रविधिको साथ, खेतीमा नयाँ युगको सुरुवात : समय र लागतको बचत, उत्पादनमा वृद्धि

‘परम्परागत ढङ्गले आलुखेती गर्दा प्रतिकठ्ठा तीन जनाभन्दा धेरै श्रमिक लगाउनुपर्ने हुन्थ्यो । प्रतिश्रमिक रु पाँच सयका दरले पनि पन्ध्र सय खर्च हुन्थ्यो’, उनले भने, ‘हाल मेसिनबाट रोप्दा प्रतिकठ्ठा रु पाँच सयले पुग्ने गरेको छ । एकातर्फ खर्च घटिरहेको छ भने अकोतर्फ श्रमिक नपाउने समस्याबाट पनि मुक्त भएका छौँ ।’

वीरगंज टाइम्स
वीरगंज टाइम्स
चैत्र ९, २०८२
किसानलाई प्रविधिको साथ, खेतीमा नयाँ युगको सुरुवात : समय र लागतको बचत, उत्पादनमा वृद्धि

वीरगंज (पर्सा), ९ चैत । एक दशकअघिसम्म बाराको फेटागाउँपालिका–३ त्रिवेणीका किसान पारस ठाकुरलाई परम्परागत तरिकाले आलुखेती गर्दा कामदार पाउनै मुस्किल हुन्थ्यो । कामदार पाइहालेमा लागत धेरै र समय बढी लाग्ने गर्थ्यों । अचेल भने उनले त्यो समस्याबाट केही मुक्ति पाएका छन् । त्यसको कारण हो प्रविधिको प्रयोग । हाल ठाकुरले आलु रोप्ने र खन्ने मेसिन (पोटाटो प्लान्टर र पोटाटो डिगर) प्रविधिको प्रयोग गर्छन्, त्यसले आलु रोप्दा र खन्दा लाग्ने आधाभन्दा धेरै खर्च जोगिएको छ ।

‘परम्परागत ढङ्गले आलुखेती गर्दा प्रतिकठ्ठा तीन जनाभन्दा धेरै श्रमिक लगाउनुपर्ने हुन्थ्यो । प्रतिश्रमिक रु पाँच सयका दरले पनि पन्ध्र सय खर्च हुन्थ्यो’, उनले भने, ‘हाल मेसिनबाट रोप्दा प्रतिकठ्ठा रु पाँच सयले पुग्ने गरेको छ । एकातर्फ खर्च घटिरहेको छ भने अकोतर्फ श्रमिक नपाउने समस्याबाट पनि मुक्त भएका छौँ ।’ ठाकुरले यसपालि सवा तीन बिघा क्षेत्रफलमा आलुखेती गरेको र प्रविधिले धेरै सहयोग पुगेको बताए । ‘परम्परागत ढङ्गले आलुखेती गर्दा वार्षिक रु एक लाख जोगाउन पनि मुस्किल हुन्थ्यो । प्रविधिको प्रयोग गरेरपछि सबै खर्च कटाएर रु तीन लाखभन्दा धेरै आम्दानी हुने गरेको छ’, उनले भने ।

फेटा गाउँपालिका अध्यक्ष रुस्तम अन्सारीले पालिकाले ठाकुरले मात्रै होइन, आलु रोप्ने मेसिन अनुदानमा उपलब्ध गराएपछि यहाँ अरु धेरै किसानले लाम लिएको बताए । ‘प्रविधिको प्रयोगपछि उत्पादनमा वृद्धि भएको छ । किसानलाई प्रोत्साहनका लागि आगामी आर्थिक वर्षको बजेटमा थप आधुनिक मेसिनको प्रयोग गरेर खेती गर्ने कार्यक्रम ल्याउँछौँ’, उनले भने ।

कृषि औजार अनुसन्धान केन्द्र रानीघाटका प्रमुख सचिनकुमार मिश्रले किसानलाई प्रविधिको प्रयोगले लागत र समय घटाउँदै किसानको आम्दानी बढाउन निकै सहयोग पुगिरहेको बताए । ‘लामो समयको अनुसन्धानपछि हामीले किसानको खर्च र समयको लागत घटाउँदै आम्दानी बढाउने प्रविधिको प्रयोगमा जोड दिन सहजीकरण गरेका हौँ । मेसिनको प्रयोग गर्दा किसानलाई निकै फाइदा पुगिरहेको छ । केन्द्रले आलुखेतीमा मात्रै नभएर गहुँखेतीमा पनि प्रविधिको प्रयोगमा जोड दिँदै आइरहेको छ’, उनले भने ।

पर्साको जगरनाथपुर गाउँपालिका–३ विजबनियाँका किसानले पनि ‘हारभेस्टर मेसिन’को सहायताले गहुँखेती गर्दा लागत र श्रमिकको खर्चमा न्यूनीकरण भएको बताएका छन् । स्थानीय किसान अभयप्रसाद यादवले मेसिनको प्रयोग गरेर गहुँखेती गर्दा पहिलाको तुलनामा बाली लगाउँदा लाग्ने लागतमा धेरै कमी आएको बताए । ‘परम्परागत ढङ्गले खेती गर्दा धेरै लागत लाग्ने गर्थ्यो । कामदारको पनि त्यस्तै अभाव झेल्नु परिरहेको थियोे’, उनले भने, ‘हाल मेसिनको प्रयोगले खर्च घटाउँदै थोरै लागतमा गहुँबाली उत्पादन गर्न थालेका छौँ ।’

कृषि अनुसन्धान निर्देशनालयका निर्देशक विश्वेश्वरप्रसाद यादवले सरकारले प्रविधि प्रयोग गरेर खेती गर्न प्रोत्साहन गर्दै आइरहेको बताए । ‘प्रविधिको प्रयोगले खेती गर्न धेरै सहज र सुलभ बनाइरहेको छ’, उनले भने, ‘स्थानीय सरकारले सामूहिक खेती गर्नका लागि किसानसमक्ष प्रविधि हस्तान्तरण गर्न जरूरी भइसकेको छ ।’ नेपाल कृषि अनुसन्धान परिषद्का कार्यकारी निर्देशक डा. कृष्ण तिम्सिनाले सरकारले उन्नत बीउबिजन र प्रविधिमैत्री कृषि गर्नका लागि किसानलाई प्रोत्साहन गर्दै आइरहेको बताए ।

‘अब पनि परम्परागत ढर्राले खेती गरेर किसानले अपेक्षाकृत लाभ लिनसक्दैनन् । त्यसैले अत्याधुनिक प्रविधिसँगै कृषि क्षेत्रलाई अघि बढाउन आवश्यक भइसकेको छ । यसका साथै अब सीमावर्ती क्षेत्रका किसानले भारतीय बीउबिजनभन्दा पनि स्वदेशी बीउबिजन प्रयोग गरेर खेती गर्न हाम्रो आग्रह छ’, उनको भनाइ छ । रासस

Tags: प्रविधिको प्रयोगले आलु र गहुँखेतीमा किसानको आम्दानी बृद्धि
वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

मधेशमा शिक्षा क्षेत्रको बजेट खर्चमा देखिएका कमजोरी सुधार्न अभिमुखीकरण

मधेशमा शिक्षा क्षेत्रको बजेट खर्चमा देखिएका कमजोरी सुधार्न अभिमुखीकरण

अशोज २८, २०८३
वीरगंज महानगरको आर्थिक हिसाब खोज्दै जेन-जी पर्साः आय-व्ययदेखि बैंक मौज्दातसम्मको विवरण माग

वीरगंज महानगरको आर्थिक हिसाब खोज्दै जेन-जी पर्साः आय-व्ययदेखि बैंक मौज्दातसम्मको विवरण माग

अशोज २८, २०८३
समस्या समाधान गर्न सांसद पन्तको पहलः प्रशासन र सम्बन्धित निकायलाई जवाफदेही बन्न आग्रह

समस्या समाधान गर्न सांसद पन्तको पहलः प्रशासन र सम्बन्धित निकायलाई जवाफदेही बन्न आग्रह

अशोज २८, २०८३
ई-जीपी हटाएर कागजी ठेक्का प्रणालीमा फर्किने सरकारी निर्णयप्रति प्रभु साहको आपत्ति

ई-जीपी हटाएर कागजी ठेक्का प्रणालीमा फर्किने सरकारी निर्णयप्रति प्रभु साहको आपत्ति

अशोज २८, २०८३

जनहितमा जारी सन्देश….

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

संचालक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि