Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार जिल्ला प्रहरी कार्यालय पर्सा वीरगंज महानगरपालिका नेशनल मेडिकल कलेज जिल्ला प्रशासन कार्यालय वीरगंज भन्सार कार्यालय नेकपा एमाले
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

पोखरिया नगरपालिकामा ठगी र आर्थिक अनियमितता बढ्दो, निष्पक्ष छानबिनको माग

वीरगंज टाइम्स
वीरगंज टाइम्स
चैत्र ९, २०८२
पोखरिया नगरपालिकामा ठगी र आर्थिक अनियमितता बढ्दो, निष्पक्ष छानबिनको माग

वीरगंज (पर्सा), ९ चैत । पर्साको पोखरिया नगरपालिकामा पछिल्ला दिनहरूमा संगठित रूपमा ठगीका गतिविधि बढ्दै गएको भन्दै चिन्ता व्यक्त गरिएको छ । विशेषगरी बेरोजगार युवाहरूलाई लक्षित गर्दै रोजगारीको प्रलोभन देखाएर रकम असुल्ने र काम लगाएर पनि पारिश्रमिक नदिने घटनाहरू वृद्धि भएको गुनासो आएको छ । यस विषयमा राष्ट्रिय मुक्ति पार्टीका सह–महासचिव नेजामुद्दिन समानीले सोमबार विज्ञप्ति जारी गर्दै नगरपालिकाभित्र विभिन्न शीर्षकमा आर्थिक अनियमितता र ठगी भइरहेको आरोप लगाएका छन् ।

उनका अनुसार कर वृद्धि गर्ने बहानामा अनावश्यक शुल्क उठाइएको छ भने ३०० रुपैयाँ रहेको सम्पत्ति करलाई बढाएर १५०० रुपैयाँसम्म पुर्‍याइएको र विरोधपछि सामान्य रूपमा मात्र घटाइएको जानकारी प्राप्त भएको छ । त्यसैगरी नगर विस्तार र विकास योजनाका नाममा सर्वसाधारणबाट रकम उठाउने तथा भ्रम सिर्जना गर्ने गतिविधि पनि भइरहेको आरोप लगाइएको छ । डिटेल प्रोजेक्ट रिपोर्ट (डि.आर.पी.) तयार पार्ने प्रक्रियामा समेत आर्थिक अपारदर्शिता र अनियमितता भएको दाबी गरिएको छ ।

सम्बन्धित निकायलाई पटक–पटक ध्यानाकर्षण गराएपनि कुनै ठोस कदम नचालिएको भन्दै उनले असन्तुष्टि व्यक्त गरेका छन् । जनताको सेवामा समर्पित हुनुपर्ने निकायबाटै आर्थिक शोषण भइरहेको भन्दै स्थानीयस्तरमा असन्तोष बढ्दै गएको उनको भनाइ छ । विज्ञप्तिमार्फत तत्काल निष्पक्ष छानबिन गर्न, दोषीलाई कडा कानुनी कारबाही गर्न, पीडितलाई उचित क्षतिपूर्ति दिन तथा कर प्रणालीलाई पारदर्शी र जनमैत्री बनाउन माग गरिएको छ । साथै, यस्ता गतिविधि दोहोरिन नदिन प्रभावकारी अनुगमन र नियन्त्रण व्यवस्था लागू गर्नुपर्नेमा जोड दिइएको छ ।

अन्त्यमा उनले नागरिकलाई आफ्ना अधिकारका लागि सचेत र एकजुट हुन, अन्याय र भ्रष्टाचारविरुद्ध आवाज उठाउन तथा सत्य र न्यायको पक्षमा उभिन आग्रह गरेका छन् ।

Tags: पोखरिया नगरपालिका
वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

आत्महत्या दुरुत्साहन मुद्दामा एकजना पक्राउ

आत्महत्या दुरुत्साहन मुद्दामा एकजना पक्राउ

असार १८, २०८३
जगरनाथपुरका २८ सामुदायिक विद्यालयका प्रधानाध्यापकलाई ‘ई.एम.आई.एस.’ सम्बन्धी प्रशिक्षण

जगरनाथपुरका २८ सामुदायिक विद्यालयका प्रधानाध्यापकलाई ‘ई.एम.आई.एस.’ सम्बन्धी प्रशिक्षण

असार १८, २०८३
६ महिनादेखि रोकिएको विपद् राहत वितरण पुनः सुरु, १५ परिवारले राहत पाउने

६ महिनादेखि रोकिएको विपद् राहत वितरण पुनः सुरु, १५ परिवारले राहत पाउने

असार १८, २०८३
यातायात कार्यालय वीरगंजमा पक्राउ परेका सेवाग्राही महतो ५ हजार धरौटीमा रिहा

यातायात कार्यालय वीरगंजमा पक्राउ परेका सेवाग्राही महतो ५ हजार धरौटीमा रिहा

असार १८, २०८३

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि