Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार जिल्ला प्रहरी कार्यालय पर्सा वीरगंज महानगरपालिका जिल्ला प्रशासन कार्यालय नेशनल मेडिकल कलेज वीरगंज भन्सार कार्यालय नेकपा एमाले
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

रमेश रिजालको घोषणा : अब चुनाव नलड्ने, युवालाई नेतृत्व सुम्पने

वीरगंज टाइम्स
वीरगंज टाइम्स
फाल्गुन ३०, २०८२
रमेश रिजालको घोषणा : अब चुनाव नलड्ने, युवालाई नेतृत्व सुम्पने

वीरगंज (पर्सा), ३० फागुन । नेपाली कांग्रेस पर्सा क्षेत्र नम्बर–४ को प्रतिनिधिसभा निर्वाचन २०८२ को समीक्षा बैठक शनिबार सम्पन्न भएको छ । जगरनाथपुर गाउँपालिका–५ मसिहानी धर्मपुरमा आयोजित उक्त बैठकमा बोल्दै पूर्वमन्त्री तथा सो निर्वाचनका कांग्रेस उम्मेदवार रमेश रिजालले आगामी दिनमा कुनैपनि निर्वाचनमा उम्मेदवारी नदिने घोषणा गरेका छन् ।

निर्वाचनकै क्रममा गरेको प्रतिबद्धता स्मरण गराउँदै रिजालले अब आफू प्रत्यक्ष चुनावी प्रतिस्पर्धाबाट बाहिर रहने स्पष्ट पारे । फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा पर्सा–४ मा कांग्रेसले भोगेको पराजयको समीक्षा गर्न आयोजित क्षेत्रीय अगुवा तथा कार्यकर्ता भेलामा उनले यस्तो घोषणा गरेका हुन् ।

‘आजबाट म कुनै पनि चुनाव लड्दिनँ,’ रिजालले भने, ‘अबको नेतृत्व युवाले लिनुपर्छ, म उनीहरूलाई साथ र सहयोग गर्नेछु ।’ उनले चुनाव नलडेपनि क्षेत्रका जनताको सेवा र विकासका काममा निरन्तर सक्रिय रहने प्रतिबद्धता व्यक्त गरे ।

उनले निर्वाचनमा आफू तथा कांग्रेसलाई मत दिने मतदाताप्रति कृतज्ञता व्यक्त गर्दै परिवर्तनको लहरमा अन्य दल वा उम्मेदवारलाई मत दिएका कांग्रेस समर्थकप्रति कुनै असन्तुष्टि नरहेको बताए । पार्टी एकताको आवश्यकता औँल्याउँदै उनले सबैलाई पुनः कांग्रेसमा सक्रिय हुन आग्रह गरे । ‘जनताको निर्णयलाई सम्मान गर्नुपर्छ,’ रिजालले भने, ‘जनताको दुःख–सुखमा साथ दिने पार्टी कांग्रेस नै हो, त्यसैले सबै साथीहरूलाई पार्टीमा फर्किन आग्रह गर्छु ।’

कांग्रेस पर्सा क्षेत्रीय सभापति श्रीकान्त प्रसाद यादवको अध्यक्षतामा सम्पन्न बैठकमा मधेश प्रदेशका वनमन्त्री शंकर चौधरी, कांग्रेस मधेश प्रदेश महामन्त्री बृहस्पतिकृष्ण श्रेष्ठ, कांग्रेस पर्साका प्रवक्ता रमेश पाण्डे, जिल्ला सह–सचिव नविन सिंह, नेता बशिष्ठ नारायण कुर्मी, क्षेत्रीय सचिव बलिष्टर अहमदलगायत नेताहरूको उपस्थिति रहेको थियो ।

क्षेत्रीय कार्यसमितिको आयोजनामा सम्पन्न समीक्षा भेलामा महाधिवेशन प्रतिनिधि, महासमिति सदस्य, जिल्ला तथा प्रदेश कार्यसमितिका पदाधिकारी, गाउँपालिका र वडा स्तरका नेता–कार्यकर्ता, बुथ सभापति, निर्वाचित जनप्रतिनिधि तथा भ्रातृ संगठनका प्रतिनिधिहरूको उल्लेख्य सहभागिता थियो । भेलामा पर्सा क्षेत्र नम्बर–४ मा कांग्रेसको हारका कारणबारे पनि विस्तृत छलफल गरिएको बताइएको छ ।

Tags: प्रतिनिधिसभा निर्वाचन
वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

सगरमाथा एकेडेमीद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा २५ हजार सहयोग

सगरमाथा एकेडेमीद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा २५ हजार सहयोग

अशोज १३, २०८३
मधेश प्रदेश अन्तर्गतका कर्मचारीहरु दुई महिनादेखि पाएनन् तलब

मधेश प्रदेश अन्तर्गतका कर्मचारीहरु दुई महिनादेखि पाएनन् तलब

अशोज १३, २०८३
लोककल्याणकारी विज्ञापनको रोक्का बजेट फुकुवा गर्न पत्रकार महासंघको माग

लोककल्याणकारी विज्ञापनको रोक्का बजेट फुकुवा गर्न पत्रकार महासंघको माग

अशोज १३, २०८३
जीतपुरमा प्रहरीको नाम जोडेर रकम मागेको आरोप, प्रमाण भए कारबाही गर्ने बारा प्रहरीको चेतावनी

जीतपुरमा प्रहरीको नाम जोडेर रकम मागेको आरोप, प्रमाण भए कारबाही गर्ने बारा प्रहरीको चेतावनी

अशोज १३, २०८३

जनहितमा जारी सन्देश…

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि