Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार जिल्ला प्रहरी कार्यालय पर्सा वीरगंज महानगरपालिका नेशनल मेडिकल कलेज जिल्ला प्रशासन कार्यालय वीरगंज भन्सार कार्यालय नेकपा एमाले
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

‘बालेन लहर’को प्रभाव : चर्चित र स्थापित नेताहरू पनि चुनावमा पराजित !

वीरगंज टाइम्स
वीरगंज टाइम्स
फाल्गुन २७, २०८२
‘बालेन लहर’को प्रभाव : चर्चित र स्थापित नेताहरू पनि चुनावमा पराजित !

वीरगंज (पर्सा), २७ फागुन । जेन–जी आन्दोलनपछि फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा काम र लोकप्रियताका कारण चर्चामा रहेका धेरै स्थापित नेताहरूले समेत पराजय भोग्नुपरेको छ । यसपटकको निर्वाचनमा देखिएको ‘बालेन लहर’ले विकास निर्माणका कामका आधारमा लोकप्रिय बनेका नेताहरूलाई समेत चुनावी मैदानमा टिक्न कठिन बनाएको देखिएको छ ।

नेपाली काँग्रेसका सभापति गगन थापा पनि यसपटकको निर्वाचनमा पराजित भए । उम्मेदवारी दर्ता हुनुभन्दा केही दिनअघि मात्रै नेपाली कांग्रेस भित्र विद्रोह गर्दै विशेष अधिवेशनमार्फत सभापति बनेका थापा मधेशको सर्लाही–४ बाट प्रतिनिधिसभा सदस्यका लागि चुनावी प्रतिस्पर्धामा उत्रिएका थिए । तर उनलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार अमरेश कुमार सिंहले फराकिलो मतान्तरले पराजित गरे ।

त्यसैगरी देशमा लोडसेडिङ अन्त्य गरेर चर्चामा आएका कुलमान घिसिङ पनि यसपटक चुनाव जित्न असफल भए । कामकै मूल्यांकनका आधारमा उनी सुशीला कार्की नेतृत्वको सरकारमा महत्वपूर्ण मन्त्रालयको जिम्मेवारीमा समेत पुगेका थिए । पछि सो पदबाट राजीनामा दिएर आफ्नै राजनीति दल दर्ता गरी चुनाव लडेका घिसिङलाई रास्वपाका उम्मेदवार राजुनाथ पाण्डेले पराजित गरेका हुन् । भावी प्रधानमन्त्रीका रूपमा समेत चर्चा हुँदै आएका घिसिङको हारलाई धेरैले ‘बालेन लहर’को प्रभावसँग जोडेर हेरेका छन् ।

चितवनको भरतपुर महानगरपालिकाकी मेयर पदबाट राजीनामा दिई प्रतिनिधिसभा सदस्यका लागि प्रतिस्पर्धा गरेकी रेनु दाहाल पनि यसपटक पराजित भइन् । भरतपुरमा दोस्रो पटक मेयर बनेर विकास निर्माणका कामका कारण चर्चामा आएकी दाहाललाई रास्वपाकी उम्मेदवार सोविता गौतमले पराजित गरेकी हुन् । उनको हारलाई पनि विश्लेषकहरूले रास्वपाको बढ्दो प्रभावसँग जोडेर व्याख्या गरेका छन् ।

त्यसैगरी रौतहट जिल्लामा विकास निर्माणका कामले चिनिएका नेता प्रभु साह पनि यसपटक चुनाव हार्न पुगे । रौतहट–३ बाट लगातार चार पटक प्रतिनिधिसभा सदस्य निर्वाचित हुँदै आएका साहलाई रास्वपाका उम्मेदवार रविन्द्र पटेलले पराजित गरे । आम जनता पार्टी स्थापना गरी चुनावी मैदानमा उत्रिएका साहले यसपटक मतदाताको समर्थन कायम राख्न सकेनन् ।

यस्तै मधेशमा आफ्नो पार्टीलाई स्थापित गर्न सफल जनमत पार्टीका अध्यक्ष डा. सिके राउत पनि यसपटकको निर्वाचनमा पराजित भए । अघिल्लो निर्वाचनमा मधेशका प्रभावशाली नेता उपेन्द्र यादवलाई हराएर चर्चामा आएका राउतलाई यसपटक मतदाताले साथ नदिएको विश्लेषण भइरहेको छ । संघीय र प्रदेश सरकारमा जनमत पार्टी सहभागी भएपनि आफू मन्त्री नबनी अन्य नेताहरूलाई अवसर दिएका राउतको लोकप्रियता यसपटक मतमा परिणत हुन सकेन ।

अघिल्लो निर्वाचनमा मधेश प्रदेशमा जनमत पार्टीले समानुपातिकतर्फ उल्लेखनीय मत प्राप्त गरेको थियो । तर यसपटक समानुपातिक मतसमेत घटेको देखिएकाले पार्टीप्रति मतदाताको विश्वास केही कम भएको अनुमान गरिएको छ । राजनीति विश्लेषकहरूका अनुसार यसपटकको निर्वाचनले नयाँ राजनीति शक्तिको उदय र ‘बालेन लहर’ले पुराना तथा स्थापित नेताहरूलाई समेत कडा चुनौती दिएको स्पष्ट संकेत गरेको छ ।

Tags: प्रतिनिधिसभा निर्वाचन
वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

धान दिवस तामझामका साथ मनाइयो तर रौतहटका अधिकांश खेत बाँझै, रोपाइँ १० प्रतिशतमा सीमित

धान दिवस तामझामका साथ मनाइयो तर रौतहटका अधिकांश खेत बाँझै, रोपाइँ १० प्रतिशतमा सीमित

असार १५, २०८३
पार्किङ गरिएको ई–रिक्सा अचानक चल्दा बालकको मृत्यु

पार्किङ गरिएको ई–रिक्सा अचानक चल्दा बालकको मृत्यु

असार १५, २०८३
अदालतले निकास दिए वीरगन्जको मेनरोड ५० मिटर फराकिलो बनाइन्छ : मेयर सिंह

अख्तियारको कारवाही रोक्न माग गर्दै वीरगंजका निलम्बित मेयर सर्वोच्च अदालतमा

असार १५, २०८३
जबरजस्ती गर्भ तुहाउन खोज्दा बलात्कारको घटना सार्वजनिक

बन्धक बनाइएकी भारतीय युवतीको सकुशल उद्दार

असार १५, २०८३

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि