Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार जिल्ला प्रहरी कार्यालय पर्सा वीरगंज महानगरपालिका जिल्ला प्रशासन कार्यालय नेशनल मेडिकल कलेज वीरगंज भन्सार कार्यालय नेकपा एमाले
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

बारा–३ मा रास्वपाका इन्जिनियर अरविन्द साहको ऐतिहासिक जीत

वीरगंज टाइम्स
वीरगंज टाइम्स
फाल्गुन २३, २०८२
बारा–३ मा रास्वपाका इन्जिनियर अरविन्द साहको ऐतिहासिक जीत

कलैया (बारा), २३ फागुन । बारा निर्वाचन क्षेत्र नम्बर–३ बाट प्रतिनिधिसभा सदस्यमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार ई. अरविन्द साह भारी मतान्तरसहित विजयी भएका छन् । उद्यमी तथा ग्रामीण विकास क्षेत्रमा सक्रिय समाजसेवीका रूपमा परिचित साहले पहिलो पटक संसदीय निर्वाचनमा प्रतिस्पर्धा गर्दै नै प्रभावशाली प्रदर्शन गरेका हुन् ।

निर्वाचन परिणामअनुसार साहले ४० हजार ६ सय ९७ मत प्राप्त गरेका छन् । उनका निकटतम प्रतिस्पर्धी फर्मुल्लाह मन्सुरले १० हजार ५२ मत मात्रै प्राप्त गरेका छन् । यससँगै दुवैबीचको मतान्तर ३० हजार ६ सय ४५ पुगेको छ । मन्सुर पूर्वमन्त्री तथा नेपाली कांग्रेसका सह–महामन्त्री हुन्, जो गगन थापाको नेतृत्वमा सम्पन्न कांग्रेसको दोस्रो विशेष महाधिवेशनबाट उक्त पदमा निर्वाचित भएका थिए ।

तेस्रो स्थानमा जनता समाजवादी पार्टी (जसपा) नेपालका पूर्वसांसद रामबाबु यादव रहेका छन् । उनले ६ हजार ८ सय ८४ मत प्राप्त गरेका छन् ।

यसैगरी नेकपा (एमाले) की नेतृ तथा पूर्वमन्त्री ज्वाला कुमारी साह चौथो स्थानमा सीमित भएकी छन् । यसअघि यही क्षेत्रबाट निर्वाचित सांसद समेत रहेकी साहले ५ हजार २ सय ७१ मत प्राप्त गरेकी छन् । उनी एमाले अध्यक्ष केपी शर्मा ओली निकट मानिने नेतृ हुन् र पार्टीको जिल्ला कमिटीको निर्णय विपरीत उनलाई टिकट दिइएको चर्चा समेत चलेको थियो ।

त्यसैगरी जनमत पार्टीका प्रमोद प्रसाद गुप्ताले ३ हजार ८ सय १९ मत प्राप्त गरेका छन् । विभिन्न दल परिवर्तन गर्दै आएका गुप्ताले अन्तिम समयमा जनमत पार्टीबाट उम्मेदवारी दिएका थिए । विजयी उम्मेदवार इन्जिनियर साह नेपालको चर्चित डिजिटल भुक्तानी प्लेटफर्म खल्ती तथा स्पैरो एस.एम.एस. सञ्चालन गर्ने जानकी टेक्नलोजीका सह–संस्थापक समेत हुन् ।

प्रविधि र ग्रामीण विकासमा आधारित उद्यमशीलताको क्षेत्रमा सक्रिय रहेका साहले पहिलो प्रयासमै संसद प्रवेश गर्न सफल भएका हुन् । उनको फराकिलो जितले बारा–३ मा नयाँ पुस्ताको नेतृत्व उदय भएको र परिवर्तनको सन्देश दिएको स्थानीयवासीहरू बताउँछन् ।

Tags: प्रतिनिधिसभा निर्वाचन
वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

सगरमाथा एकेडेमीद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा २५ हजार सहयोग

सगरमाथा एकेडेमीद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा २५ हजार सहयोग

अशोज १३, २०८३
मधेश प्रदेश अन्तर्गतका कर्मचारीहरु दुई महिनादेखि पाएनन् तलब

मधेश प्रदेश अन्तर्गतका कर्मचारीहरु दुई महिनादेखि पाएनन् तलब

अशोज १३, २०८३
लोककल्याणकारी विज्ञापनको रोक्का बजेट फुकुवा गर्न पत्रकार महासंघको माग

लोककल्याणकारी विज्ञापनको रोक्का बजेट फुकुवा गर्न पत्रकार महासंघको माग

अशोज १३, २०८३
जीतपुरमा प्रहरीको नाम जोडेर रकम मागेको आरोप, प्रमाण भए कारबाही गर्ने बारा प्रहरीको चेतावनी

जीतपुरमा प्रहरीको नाम जोडेर रकम मागेको आरोप, प्रमाण भए कारबाही गर्ने बारा प्रहरीको चेतावनी

अशोज १३, २०८३

जनहितमा जारी सन्देश…

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि