Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार जिल्ला प्रहरी कार्यालय पर्सा वीरगंज महानगरपालिका नेशनल मेडिकल कलेज जिल्ला प्रशासन कार्यालय वीरगंज भन्सार कार्यालय नेकपा एमाले
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

पर्सा क्षेत्र १ मा चुनावी दौड : जनमतका ओमप्रकाश सर्राफ अग्रस्थानमा, अन्य पछ्याउँदै

वीरगंज टाइम्स
वीरगंज टाइम्स
फाल्गुन १६, २०८२
घरदैलोदेखि आन्दोलनसम्मः क्षेत्र नं. १ मा युवा उम्मेदवार ‘ओमप्रकाश’ चुनावी बहसको केन्द्रमा

वीरगंज (पर्सा), १६ फागुन । यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचन नजिकिँदै जाँदा पर्सा जिल्ला निर्वाचन क्षेत्र नं. १ मा चुनावी माहोल तातेको छ । मुख्य प्रतिस्पर्धा जनमत पार्टीका उम्मेदवार ओमप्रकाश सर्राफ र नेकपा एमालेका उम्मेदवार प्रदीप यादवबीच हुने आँकलन गरिएको छ । यद्यपी चुनावी गतिविधि र जनसमर्थनको आधारमा सर्राफ हाल अग्रस्थानमा देखिएका छन् भने नेपाली कम्युनिष्ट पार्टी, जनता समाजवादी पार्टी र राष्ट्रिय स्वतन्त्र पार्टीले पछ्याइरहेको स्थानीय विश्लेषकहरूको भनाई छ ।

राजनीतिक वृत्तमा सक्रिय सर्राफ मधेश आन्दोलनकालदेखि नै मधेशका मुद्दामा निरन्तर आवाज उठाउँदै आएका नेता मानिन्छन् । मधेशको पहिचान, अधिकार र समृद्धिका सवालमा सडकदेखि सदनसम्म संघर्ष गर्ने प्रतिबद्धताले उनलाई क्षेत्रका मतदातामाझ छुट्टै पहिचान दिएको छ । विशेषगरी युवाहरूकाबीच उनको लोकप्रियता उल्लेख्य देखिन्छ । बेरोजगारी समस्यालाई केन्द्रमा राख्दै उनले विभिन्न स्वरोजगारमूलक तालिम कार्यक्रम सञ्चालन गराएका थिए । ती तालिममार्फत सयौँ युवाले सीप सिकेर आफ्नै व्यवसाय सुरु गरेको दाबी गरिएको छ ।

‘रोजगारी सिर्जना नै समृद्धिको आधार हो’ भन्ने नारासहित उनले अघि सारेका कार्यक्रमले युवा मतदाताको झुकाव आफ्नो पक्षमा पार्न सफल भएको विश्लेषण गरिन्छ । स्वास्थ्य क्षेत्र सुधारका सवालमा पनि सर्राफ सक्रिय रहँदै आएका छन् । वीरगंजस्थित नारायणी अस्पतालको सेवा सुधारका लागि उनले पटक पटक आवाज उठाउँदै आन्दोलनसमेत गरेका छन् । अस्पतालको सेवा, पूर्वाधार र व्यवस्थापन सुधारको माग गर्दै गरिएको दबाबपछि केही सकारात्मक परिवर्तन देखिएको भन्दै उनका समर्थकहरू दाबी गर्छन् ।

त्यसैगरी पर्साको ऐतिहासिक सिर्सिया नदी संरक्षण अभियानमा पनि उनी लामो समयदेखि संलग्न छन् । औद्योगिक प्रदूषण र अव्यवस्थित फोहोर व्यवस्थापनका कारण संकटमा परेको सिर्सिया नदी जोगाउन उनले जनचेतनामूलक अभियानदेखि सम्बन्धित निकायमा दबाब सिर्जना गर्ने काम गर्दै आएका छन् । वातावरण संरक्षणप्रति देखाएको सक्रियताले नागरिक समाजका विभिन्न तहबाट समर्थन बढेको देखिन्छ ।

चुनावी मैदानमा अन्य दलका उम्मेदवारहरू पनि सक्रिय छन् । नेपाली कम्युनिष्ट पार्टीका उम्मेदवार सि.ए. अजय चौरसिया तेश्रो स्थानमा रहेको आँकलन गरिएको छ भने जनता समाजवादी पार्टीका रामनरेश यादव र राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार हरि पन्त क्रमशः चौथो र पाँचौँ स्थानमा रहेको आँकलन गरिएको छ । यद्यपि अन्तिम परिणाम मतदाताको निर्णयमा निर्भर रहनेछ, हालसम्मको जनसम्पर्क, घरदैलो अभियान र सामाजिक सक्रियताका आधारमा ओमप्रकाश सर्राफ पर्सा क्षेत्र नं. १ को निर्वाचन दौडमा अग्रस्थानमा रहेको सन्देश स्पष्ट देखिएको छ । चुनाव नजिकिँदै जाँदा प्रतिस्पर्धा अझै रोचक बन्ने अपेक्षा गरिएको छ ।

पर्सा जिल्ला अन्तर्गत प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं. १ मा ९९ हजारभन्दा बढी मतदाता रहेका छन् । आगामी प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै मतदाता नामावली अद्यावधिक गरिएपछि क्षेत्र नं. १ मा कुल ९९ हजार ६३८ मतदाता कायम भएका छन् । उपलब्ध तथ्यांकअनुसार यस क्षेत्रमा पुरुष मतदाता ५० हजार ४०६ जना, महिला मतदाता ३९ हजार २३० जना तथा अन्य लिङ्गका २ जना मतदाता रहेका छन् ।

निर्वाचन तयारीसँगै मतदान स्थल र केन्द्रको व्यवस्थापन कार्यसमेत अघि बढाइएको छ । क्षेत्र नं. १ मा ३४ मतदान स्थल र १०३ मतदान केन्द्र निर्धारण गरिएको छ । पर्सा क्षेत्र नं. १ मा यसपटक मतदाता संख्या उल्लेखनीय रहेकोले प्रतिस्पर्धा पनि रोचक हुने आँकलन गरिएको छ ।

Tags: प्रतिनिधिसभा उम्मेदवारप्रतिनिधिसभा निर्वाचन
वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

कालोपत्रे सडक रातारात पुनः कालोपत्रे, रहस्यमय सडक निर्माणले उठायो बजेट दुरुपयोगको आशंका

कालोपत्रे सडक रातारात पुनः कालोपत्रे, रहस्यमय सडक निर्माणले उठायो बजेट दुरुपयोगको आशंका

असार १७, २०८३
पेट्रोलियम पदार्थको मूल्य घटेसँगै निजी पम्पहरुको मनोमानीः जिल्ला प्रशासनद्वारा छडके अनुगमन

पेट्रोलियम पदार्थको मूल्य घटेसँगै निजी पम्पहरुको मनोमानीः जिल्ला प्रशासनद्वारा छडके अनुगमन

असार १७, २०८३
चितवन राष्ट्रिय निकुञ्जमा बुधबारदेखि जङ्गल सफारी सेवा बन्द

चितवन राष्ट्रिय निकुञ्जमा बुधबारदेखि जङ्गल सफारी सेवा बन्द

असार १७, २०८३
ज्यान मुद्दामा निलम्बित सांसद अभिराम शर्माको जन्मकैदको फैसला घटाएर ५ वर्ष कैद सजाय

ज्यान मुद्दामा निलम्बित सांसद अभिराम शर्माको जन्मकैदको फैसला घटाएर ५ वर्ष कैद सजाय

असार १७, २०८३

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि